मनोहरा जग्गा एकीकरण आयोजना विरुद्ध उत्रिए पीडित, आन्दोलन चर्काउने

काठमाडौं । मनोहरा जग्गा एकीकरण आयोजना निर्णय भएको २४ बर्ष वित्नलाग्दा पनि आयोजना सम्पन्न नभएकोप्रति सरोकारवाला एवम प्रभावितहरुले विरोध जनाएका छन् । शुक्रबार लोकन्थलीस्थित मनोहरा जग्गा एकीकरण आयोजना अगाडि भेला भएका सरोकारवाला एवम प्रभावितहरुले सरकारी ढिलासुस्तीको विरोध गरेका हुन् । मध्यपुरथिमीस्थित दिश्वेश्वरी मनोहरनगर समाजले आयोजना प्रमुख र कर्मचारीतन्त्रको तत्परताको अभावमा काम ढिलासुस्ती भएको जनाएको छ । समाजका अध्यक्ष उमानाथ रिजालले आयोजनाको कर्मचारीहरुले अकर्मन्यता, ढिलासुस्ती र कर्तव्यमुख काम गरिरहेकाले त्यसलाई व्यवस्थत तरिकाले काम गर्न दबाब बढाउन आन्दोलनमा जानुपर्ने बताए । उनले आयोजना समिति र पालिकाले गरेको निर्णय समेत कार्यान्वयनमा नआएको बताए…

Read More

प्रधानमन्त्रीद्वारा पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दाहरुसँग अन्तरक्रिया

काठमाडौं । आगामी निर्वाचनको तयारी र हिमाली जिल्लाहरुको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरुसँग अन्तरक्रिया गरेकी छन् । बिहानै प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनपछि प्रधानमन्त्री कार्कीले त्यहाँ भेला भएका स्थानीय तथा विभिन्त्र क्षेत्रका दर्शनार्थीहरुसँग अन्तरक्रिया गरेकी हुन् । उनले भनिन्, ‘म यहाँ चुनाव सफल होस् भन्नका लागि आएकी हुँ । तपाईँहरु सबै जना मतदान गरिदिनुहोला । चुनावलाई शान्तिपूर्ण बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोला । यसपालीको चुनाव अरु नियमितजस्तो सामान्य चुनाव होइन, यो विशेष अवस्थामा हुन लागेको चुनाव हो । यसले…

Read More

अध्यागमन ऐन संशोधन र भिसा प्रणाली डिजिटलाइजेसनमा गृहमन्त्रीको जोड

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमनसम्बन्धी कानुनी व्यवस्था परिमार्जन गरी समयानुकूल ऐन जारी गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिबाट पेस भएको अध्यागमन ऐन, २०४९ तथा त्यसअन्तर्गत बनेका विधायनसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गर्दै मन्त्रालयबाट भइरहेका कामकारबाहीबारे जानकारी दिएका हुन् । उनले अध्यागमन ऐन, २०४९ तथा अध्यागमन नियमावली, २०५१, अध्यागमन कार्यविधि, २०६२ र परिपत्रका विषयमा गम्भीर तथा सार्वभौम प्रकृतिका व्यवस्थाहरू ऐनमै समेटिनुपर्नेमा नियमावली र कार्यविधिमा राखिएको उल्लेख गरे । प्रत्यायोजनको दायरा पुनःनिर्धारण गरी यस्ता गम्भीर विषयहरू ऐनमै समावेश…

Read More

स्वतन्त्र मतदानले मात्र मुलुकमा सुशासन प्रवाह हुन्छ : निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौंमा शुक्रबार आयोजित निर्वाचन र आम सञ्चार विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठीमा मतदातालाई सचेत गराउनुपर्नेमा जोड दिएका छन् । भण्डारीले कार्यक्रममा भजेर्, अहिले मुख्य रूपमा मतदातालाई प्रशिक्षण दिनु अत्यावश्यक छ। भदौ २३ र २४ मा भएको बिद्रोह र त्यसको विषम परिस्थितिमा यस निर्वाचनको घोषणा गरिएको हो। यो आवधिक निर्वाचन नभई अग्रिम निर्वाचन हो। यस निर्वाचनको उद्देश्य मुलुकलाई अनुशासनको लयमा फर्काएर शान्ति, सुरक्षा कायम गर्दै सुशासन प्रवाह गर्न सक्षम व्यक्ति चयन गर्नु हो।’ उनले थप भनेर्, यदि मतदाता मतदान गर्नबाट…

Read More

आजपाले सार्वजनिक गर्याे घोषणापत्र, व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’ सम्मका एजेन्डा

काठमाडौं । आम जनता पार्टी (आजपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘घोषणापत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले मुलुकको वर्तमान राजनीतिक अस्थिरता, आर्थिक संकट र दलतन्त्रको असफलतालाई प्रमुख आधार बनाउँदै ‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नारासहित व्यापक संरचनात्मक सुधारको प्रस्ताव अघि सारेको छ । घोषणापत्रमा देश हाल अस्थिर राजनीतिक संक्रमणबाट गुज्रिरहेको उल्लेख गरिएको छ । दुई–तिहाइको सरकार बर्खास्त, संसद् विघटन र ‘जेनजी आन्दोलन’पछि निर्धारित समयभन्दा अगाडि निर्वाचन गर्नुपर्ने अवस्था आएको दाबी गरिएको छ । हाल सुशीला कार्की नेतृत्वको चुनावी सरकार रहेको उल्लेख गर्दै आजपाले प्रत्यक्ष निर्वाचित कार्यकारी…

Read More

कांग्रेसको प्रतिज्ञापत्रमा स्वास्थ्य सेवाबारे ४१ बुँदा समेट्न आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रतिज्ञापत्र लेखिरहेको छ । उक्त प्रतिज्ञापत्र लेखन अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ । पार्टीका अनुसार हरेक क्षेत्रलाई समेटेर प्रतिज्ञापत्र बन्दैछ । यसैबीच स्वास्थ्य क्षेत्रमा समेट्नु पर्ने विषयमा शुभेच्छुक लोकतन्त्रवादी स्वास्थ्यकर्मीका तर्फबाट नेपाल स्वास्थ्यकर्मी संघका पूर्व महासचिव दीपक मुडभरीले सुझावपत्र बुझाएका छन् । उनले ४१ बुँदामा समेटेर स्वास्थ्यका विषय समेट्न आग्रह गर्दै पार्टी प्रवक्ता देवराज चालिसेलाई सुझावपत्र बुझाएका हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्र पछिल्ला वर्षहरूमा पहुँचको हिसाबले विस्तार भए पनि गुणस्तर, समानता र दिगोपनको दृष्टिले…

Read More

काठमाडौं ६ को क्षेत्रगत, व्यक्तिगत र सामूहिक मुद्दाबारे जानकार छु, चुनाव जित्छु : सबुज बाँनिया

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार सबुज बाँनिया(कृष्ण)ले काठमाडौंको भुगोल, जातिय क्लष्टर र मतदाताको भावना नजिकबाट बुझेको उम्मेदवार भएकाले मतदाताले विश्वास जित्ने बताएका छन् । विशेष चुनावी संवादमा उनले चुनावी अभियानका क्रममा हाल शुभेच्छुक, मतदाता र कार्यकर्ताहरुसँगको भेटले उत्साह थपेको बताउँदै विजयी हुनेमा विश्वास व्यक्त गरे । ‘हाल मतदाताहरुसँग भेट्ने काम गरिरहेका छौं । क्लस्टर क्लस्टरमा गएर भेट्ने, सुझाव लिने र प्रश्नहरुको उत्तर दिने साथै सहकार्य गर्दै अगाडि बढ्ने काम गरिरहेका छौं । यसक्रममा विशेषगरि राष्ट्रको समृद्धिको, सबै किसिमका जटिलता, त्यसको व्यवस्थापन…

Read More

प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा

सुर्खेत । आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन् । प्रमूख ठुला दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका पूर्वसहकर्मीहरु अहिले प्रमूख प्रतिस्पर्धामा छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा १० जना पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले कर्णालीको चुनावी माहोल रोचक बनेको छ । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ र २ मा नेपाली काँग्रेस, दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका र कालिकोट र रुकुमपश्चिममा तत्कालिन नेकपा माओवादीका पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने छ । नेपाली काँग्रेसकाका बिष्णुबहादुर खड्का र टेकबहादुर सिंह पूर्वसहकर्मी हुन् । नेपाली काँग्रेस सुर्खेतका उपसभापति…

Read More

एमाले उम्मेदवार सुहाङ नेम्बाङ निकट युवाद्वारा पत्रकारलाई ज्यानमार्ने धम्कीप्रति आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघ कारोबार दैनिक शाखाका सदस्य तथा वरिष्ठ पत्रकार सचित राईलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको ध्यानाकर्षण भएको छ । इलामको दमक–चिसोपानी सडक निर्माणसम्बन्धी विषयमा इलाम क्षेत्र नम्बर–२ का नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङले सांसद बहाल रहँदै ‘सात दिनभित्र ठेक्का लगाइने’ भनी दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा सेयर गर्दै राईले प्रश्न गरेका थिए । सोही विषयमा इलामको माङसेबुङ गाउँपालिका निवासी विनोद साम्बाले फेसबुकमार्फत राईलाई समाचार नलेख्न चेतावनी दिँदै ज्यान मार्ने धम्की दिएको महासंघको आरोप छ । धम्की दिने विनोद साम्बा…

Read More

गोरेलाई थप १० बर्ष कैद, तर सुन काण्डमा संगठित अपराध पुष्टि भएन

मोरङ । मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ । तर बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा भने अदालतले संगठित अपराध पुष्टि हुन नसक्ने ठहर गरेको छ । न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरेको हो । यससँगै उप्रेतीले कर्तव्य ज्यान मुद्दामा पाएको जन्मकैद (२० वर्ष) बाहेक थप १० वर्ष कैद भोग्नुपर्ने भएको छ । जिल्ला अदालतले…

Read More