कारागारबाट भागेका कैदीहरुको संख्या १३ हजार ५ सय ८९ जना

काठमाडौं । गत भदौ २३ र २४ गते देशभरी भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारहरुबाट कैदीबन्दीहरु भागेका छन् । जसमा २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन् । जसमध्ये २९ हजार २ सय २४ जना कारागारका छन् भने १ हजार ४ सय २२ जना सुधारगृहका कैदी हुन् । यसमध्ये, जेनजी आन्दोलनमा कुल १४ हजार ५ सय ५६ जना कैदी भागेका थिए ।  जसमा कारागारबाट भागेका कैदी १३ हजार ५ सय ८९ जना छन् भने सुधारगृहबाट भागेका…

Read More

शहीद परिवारले बुझाए दुई मन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारले गृह र अर्थमन्त्रीलाई भेटेर न्यायका लागि दबाब दिएका छन् । शनिबार उनीहरुले सिंहदरबार पुगेर गृहमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । गत भदौ २३ र २४ गतेको आन्दोलनमा आफ्ना परिवारका सदस्य गुमाएका पीडितहरुले सरकारबाट न्याय, क्षतिपूर्ति र छानबिनको माग गर्दै मन्त्रीहरूसँग प्रत्यक्ष भेटवार्ता गरेका हुन् । ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शहीद परिवारका सदस्य गणेश चौलागाईंले माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनले भने, ‘दुई–चार दिनमा हामीले बुझाएको ध्यानाकर्षण पत्रको नतिजा आएन…

Read More

कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले असोज १८ गतेभित्र सबै जिल्लास्थित कार्यालय प्रमुखहरूले कार्यस्थलमा पुगिसक्ने व्यवस्था मिलाउन भनेको हो । सम्भावित विपद्का जोखिमलाई मध्यनजर गर्दै सतर्कता, पूर्वतयारी र प्रतिकार्यमा जुट्न समेत मन्त्रालयले निर्देशन दिएको छ । यस सन्दर्भमा मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेद्वारा जारी सूचनामा जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका…

Read More

खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले खोला किनारामा राखिएका हाइड्रोपावर प्रोजेक्टहरुका उपकरणहरु तत्कालै हटाई सुरक्षित ठाउँमा राख्न अनुरोध गरेका छन् । शनिबार आयोजित बैठकमा बोल्दै उनले भारी वर्षाले सडक, सिंचाइ, हाइड्रोपावर लगायत संरचनाहरुमा धेरै क्षति पुग्ने भन्दै त्यसका उपकरणहरु सुरक्षित स्थानमा राख्न आग्रह गरेका हुन् । ‘देशका सुदुरपश्चिम र कर्णालीका भूभाग बाहेक अन्य क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखिएको छ । यसले गर्दा सडक सञ्जाल, सिँचाईका सञ्जालहरु, हाइड्रोपावरका संरचनाहरुमा धेरै क्षति पुग्न सक्छ । तत् निकायले आफ्नो संरचनाहरुलाई जोगाउने हिसावले…

Read More

जेनजी आन्दोलनमा ज्यान गुमाएका धिरज श्रेष्ठका बुवाको आक्रोश: ‘हाम्रा छोराको बलिदानलाई बेवास्ता नगरियोस्’

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बालाजुमा प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठले शहीदहरुको सपना सरकारले पूरा गर्नुपर्ने बताएका छन् । शनिबार अविरल बर्षा भइरहेका बेला सिंहदरबार अगाडि शहीद परिवार भेला कार्यक्रममा बोल्दै श्रेष्ठले आफ्ना छोरालगायत धेरै युवाले देशका लागि बलिदान दिएको स्मरण गराए । श्रेष्ठले भने, ‘मेरो छोरोको जेनजी आन्दोलनको दोस्रो दिन बालाजु चौकी नजिकै गोली लागेर मृत्यु भयो । उजस्तै धेरैका छोराछोरीले देशका लागि बलिदान दिएका छन् । यिनै बलिदानकै आधारमा अहिलेको सरकार बनेको हो ।’ उनले सरकारलाई जेनजी…

Read More

जेन–जी घाइते भेट्न पुगेका पूर्वगृहमन्त्री श्रेष्ठले भने : संघर्ष खेर जान दिने छैन्

काठमाडौं । जेन–जी विद्रोहात्मक आन्दोलनका क्रममा सरकारको गोली प्रहारबाट घाइते भएका युवा आन्दोलनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज(शनिबार) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुगेका छन् । श्रेष्ठले उपचाररत घाइतेहरूसँग भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।  उनले अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको निष्ठापूर्ण सेवाप्रति आभार व्यक्त गर्दै घाइतेहरूको अवस्थामामा क्रमिक सुधार भइरहेको जानकारी पाएको बताए । अस्पतालका अनुसार हालसम्म ४१ जना घाइते उपचारपछि घर फर्किसकेका छन्, भने ५ जना विभिन्न वार्डमा उपचाररत छन्। पूर्वगृहमन्त्री श्रेष्ठले घाइतेहरूको सौर्यमय संघर्ष खेर जान नदिई उपलब्धिमूलक बनाउन आफू निरन्तर लागिरहने…

Read More

आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आज(शनिबार) देखि भोलि(आइतबार) विहानसम्म अत्ति भारी बर्षा हुने संभावना रहेको बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङद्वारा शनिबार आयोजित बैठकमा बोल्दै उनले शनिबार साँझ ८ बजेदेखि आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षा र राति १० बजेदेखि विहान २ बजेसम्म बढी जोखिम हुने संभावना रहेको बताए । बागमती, मधेश, लुम्बिनी, गण्डकी प्रदेशका वासिन्दाहरुलाई सचेत रहन उनले आग्रह गरे । उनले नदी किनारमा बस्ने र यातायातमा रहनुभएका सर्वसाधारणहरुलाई आग्रह गरेका छन् ।

Read More

कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द

काठमाडौं । हाल देशभर विशेषगरी बागमती प्रदेशमा मनसुन सक्रिय भई उच्च मात्रामा वर्षा भइरहेको सन्दर्भमा सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ताजा मौसम पूर्वानुमान अनुसार आगामी दिनहरूमा झनै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । सोही आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई समेत ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन चलाउन पूर्ण रोक लगाइएको जनाएको छ । सहायक प्रमुख जिल्ला…

Read More

विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित

काठमाडौं । वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौं र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन् । नेपाल प्रहरीको विपद् सूचना व्यवस्थापन प्रणाली (म्क्ष्च्क्) अनुसार बिहान ११ बजेसम्म विभिन्न जिल्लामा राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेका छन् । कोशी प्रदेशमा पूर्ण अवरोध संखुवासभा जिल्लामा वर्षाका कारण कोशी राजमार्गका दुई स्थानहरूमा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ । भोटेखोला गाउँपालिका–४ स्थित बरुण खोलामा २०८२ जेठ ६…

Read More

बाढी र पहिरोको जोखिम उच्च, जनधनको सुरक्षा र सतर्कता अपनाउन रास्वपाको आह्वान

काठमाडौं ।  देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्को जोखिम उच्च बनेको सन्दर्भमा नागरिक सतर्कता र साझा प्रयासको खाँचो औंल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक विज्ञप्ति जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आगामी केही दिन अझैपनि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । यस्तो अवस्थामा बाढी, पहिरो, डुबानलगायतका घटनाबाट जनधनको क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउन विज्ञ सरकारी निकायहरूले अनुरोध गरेका छन् । यसै सन्दर्भमा पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शनिबार एक…

Read More