घोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी निर्वाचनका सन्दर्भमा सबै राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्रमा शिक्षा क्षेत्रप्रति स्पष्ट, सन्तुलित र दीर्घकालीन दृष्टिकोण समेट्न आग्रह गरेको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सार्वजनिक, निजी र सामुदायिक क्षेत्रको साझा प्रयासबाट नेपालको शिक्षा प्रणाली विकास हुँदै आएको उल्लेख गर्दै निजी विद्यालयहरू समस्या नभई शिक्षा सुधारका महत्वपूर्ण साझेदार भएको बताए। उनले शिक्षा क्षेत्रलाई राजनीतिक प्रयोगको विषय नबनाई राष्ट्र निर्माणको आधारका रूपमा हेर्नुपर्नेमा जोड दिए । अध्यक्ष अधिकारीले शिक्षा क्षेत्रलाई सार्वजनिक–निजी–सामुदायिक सहकार्यको मोडेलमा अघि बढाउने स्पष्ट नीति…

Read More

गृहमन्त्री अर्यालसँग र मधेसका गृहमन्त्री महतोको भेटवार्ता

सर्लाही । नेपाल सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल र मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोबीच आइतबार भेटवार्ता भएको छ । मधेसका गृहमन्त्री फकिरा महतोको सचिवालयका अनुसार भेटमा आगामी निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था, सवारी साधनको व्यवस्थापन र सुरक्षा तयारीबारे छलफल गरिएको छ । साथै, मधेस प्रदेशको महान पर्व होलीलाई शान्तिपूर्ण र उत्साहपूर्वक मनाउने विषयमा पनि छलफल भएको थियो। त्यसैगरी, प्रहरी समायोजन सम्बन्धी विषयमा पनि छलफल भएको छ । मन्त्रीहरूले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै आपसी समन्वयलाई बलियो बनाउने सहमति…

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) ३५ रुपैयाँ र गोलभेँडा सानो (तराई) ३५ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २५ रुपैयाँ, आलु रातो (भारतीय) २६ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ कायम गरिएको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) ४० रुपैयाँ, बन्दा (लोकल) ४५ रुपैयाँ, बन्दा (नरिवल) २५ रुपैयाँ, काउली (स्थानीय) २० रुपैयाँ, काउली…

Read More

सीआईबीको ‘असई’ बनेर ठगी गर्ने महिला रौतहटबाट पक्राउ

रौतहट । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी सहायक निरीक्षक (असई) बनेर विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर निवासी ३५ वर्षीया निर्मला महतोलाई पक्राउ गरेको हो। पक्राउ परेकी महतोले नेहा, निशा र पुनम कुमारी जस्ता विभिन्न उपनामहरू प्रयोग गरी सर्वसाधारणलाई भ्रममा पारेर रकम असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार महतोले विभिन्न व्यक्तिहरूलाई प्रलोभन र विश्वासमा पारेर लाखौँ रुपैयाँ ठगी गरेकी छिन् । उनले सर्लाहीका अटो चालक राजेश्वर साहसँग चिनजान गरी भन्सारबाट ‘स्कारपियो’ गाडी…

Read More

२ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले २ किलो लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । यही माघ महिनाको २३ गते दिउँसो करिब १ः३० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित सडकमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार ना ४५ प ६४१८ नम्बरको पल्सर मोटरसाइकलमा सवार भई आएका राक्सिराङ गाउँपालिका–४ निवासी २८ वर्षीय रबिन्द्र सिन्तान र सोही स्थानका ३६ वर्षीय रामबहादुर डिम्डुङलाई शंका लागी रोकी रितपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो फेला…

Read More

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मत बदर हुने जोखिम न्यूनिकरण र मतदातालाई सचेत बनाउने लक्ष्यसहित निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गरेको छ । डिजिटल माध्यमबाट सञ्चालन हुँदै आएको मतदाता शिक्षालाई अब वडास्तरसम्म पु¥याउने उद्देश्यले आयोगले माघ १९ गतेदेखि विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। यस कार्यक्रमअन्तर्गत प्रत्येक स्थानीय तहका सबै वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिनेछ । आयोगका अनुसार मतदातालाई मतदान प्रक्रिया, सही मतसङ्केत प्रयोग र मिथ्या सूचना पहिचान गर्न सक्षम बनाउने उद्देश्यले शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो। यसले मत बदर हुने अवस्था घटाउने र मताधिकारको सही…

Read More

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर…

Read More

कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम शुरू गर्ने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२’ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ । ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ ÷उसले खट्ने त्यहाँझ नीति अन्तर्गत पार्टीका…

Read More

भूमिहीनको आवाज ओलीसमक्षः ‘फेरि जितेर धनीपुर्जा दिलाइदिनुहोस्’

झापा । झापाको कमल गाउँपालिकामा बसोबास गर्दै आएका भूमिहीन परिवारहरूले आफ्ना दीर्घकालीन समस्या समाधानका लागि नेकपा (एमाले) र त्यसको नेतृत्वको विकल्प नरहेको बताएका छन् । उनीहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै आगामी निर्वाचनमा पुनः विजयी भई आफूहरूलाई जग्गाको धनीपुर्जा दिलाइदिन आग्रह गरेका छन् । कमल गाउँपालिकाका विभिन्न बस्तीमा आयोजित भेटघाटका क्रममा भूमिहीन परिवारहरूले भूमिसम्बन्धी समस्या समाधानमा एमाले नेतृत्वले देखाएको पहल स्मरण गर्दै निरन्तरता आवश्यक रहेको धारणा राखेका हुन् । स्थानीय भन्छन्,‘आयोग गठनदेखि नीतिगत निर्णयसम्मको स्पष्ट इच्छाशक्ति एमालेले मात्र देखाएको छ ।’ भेटका क्रममा अध्यक्ष ओलीले एमाले…

Read More

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो। शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोवार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

Read More