काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनले कांग्रेस–कम्युनिष्टलाई सबक सिकाउने मात्र नभई विचार बिहीन प्रियतावादबाट पनि राजनीतिलाई जोगाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक माहोल तथा चुनावी अभियानबारे टिप्पणी गर्दै बस्नेतले उक्त धारणा राखेका हुन् । बस्नेतले भने, ‘निर्वाचनको माहोल हेर्दा मतदाताले यसपटक कांग्रेस–कम्युनिष्टले गरेका राजनीतिक कर्मको फल पाउँछन् नै जस्तो छ तर त्यसको विकल्पमा मतदाता विचार विहीनता रोज्ने र प्रीयतावादमा फस्ने खतरा पनि देखिन्छ ।’ भूमि विधेयकका विरुद्धमा पार्टीले लिएको अडान निर्वाचनमा जसपा नेपाललाई भोट दिनुपर्ने मुख्य आधार भएको उनी बताउँछन्…
Read MoreCategory: राजनीति
महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन : नीशा अधिकारी
काठमाडौं । अभिनेत्री तथा काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार नीशा अधिकारीले महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरू व्यक्तिगत आलोचना नभई समाजमा गहिरो रूपमा जरा गाडेको महिला–विरोधी सोचको प्रतिबिम्ब भएको बताएकी छन् । गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार अधिकारीले सामाजिक सञ्जालमा लेख्दै यस्ता शब्द र अभिव्यक्तिलाई असहमति वा बहसको रूपमा लिन नसकिने उल्लेख गरेकी छन् । उनले यो सार्वजनिक जीवनमा सक्रिय महिलालाई डराउन, चुप गराउन र राजनीतिबाट हटाउन प्रयोग गरिने हिंसात्मक भाषा भएको बताएकी छन् । अधिकारीले आफूले पाएको समर्थन, विश्वास र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै त्यसले घृणाभन्दा ठूलो…
Read Moreकांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस कम्युनिस्टले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण देशमा असहज अवस्था आएको बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३, हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले असहज अवस्थाको जिम्मेवार ती दुबै पार्टीको भएका बताए । २०४६ सालको जनआन्दोलन पश्चात गठन भएका सरकारहरुमा कांग्रेस र कम्युनिस्ट जिम्मेवार रहेको बताउँदै उनले भने, ‘देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण पछिल्लो समय युवा पुस्ता आन्दोलित भएको र देश असहज अवस्थामा पुग्न बाध्य भएको हो…
Read Moreभक्तपुर २ मा कसैलाई हराउन होइन, जित्न आएको हुँ : राजिव खत्री
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजिव खत्रीले चुनावी अभियानलाई तिब्र बनाएका छन् । देशभर निर्वाचनको माहोल चलेसँगै आफू पनि सोही गतिमा अघि बढिरहेको उल्लेख गर्दै उनले वडा–वडामा, समूह–समूहमा भेटघाट र प्रशिक्षणका कार्यक्रमहरूलाई निरन्तरता दिइएको बताए । उनले वडादेखि नै संगठन मजबुत बनाउने रणनीतिमा पार्टी लागेको उल्लेख गर्दै घर–घर पुग्ने तयारीसमेत अन्तिम चरणमा पुगेको बताए । ‘इन्टरनल तयारी, वडा तहमा संगठन सुदृढीकरण र त्यसपछि घरदैलो कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने हाम्रो तयारी छ,’ उनले भने । खत्रीले प्रतिनिधिसभा सदस्यको भूमिकालाई नीतिगत तहसँग…
Read Moreकांग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछ : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने अपेक्षा गरेका छन् । काठमाडौं ५ मा क्षेत्रीय कार्य समितिले आयोजना गरेको सदस्य भेलामा बोल्दै सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका उनले भदौ २३ को आन्दोलनले आफूहरुलाई नै खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रुपान्तरण गरेर पार्टी निर्वाचनमा होमिएको बताए । ‘हामीले सबैलाई तपाईंले भने जस्तो कांग्रेस बन्यो । खोेजेजस्तो कांग्रेसले नै देश रुपान्तरण गर्छ । मत दिएर सघाउनुस् भनेर भन्न जरुरुी छ,’ महामन्त्री…
Read Moreभदौ २३ र २४ को घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा पर्यो : गगन थापा
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले घटनाको जिम्मेवारी लिनु पर्छ भनेर भदौ २३ र २४ गतेको घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं– ५ को सदस्य भेला कार्यक्रममा उनले जिम्मेवारी लिने आँट नभएको भदौ २३, २४ को घटनालाई षडयन्त्र चलखेल भन्ने र अस्वीकार गर्ने प्रवृत्ति देखा परेको बताए । यसका साथै, उनले आन्दोलनमा बलेको आगोमा तेल हालेर, भड्काउने, उचाल्ने र त्यसबाट लाभ लिने, प्रवृत्ति पनि आएको भन्दै नेपाली काङ्ग्रेसमा यस्तो प्रवृत्ति नरहेको दाबी गरे । उनले भने, ‘भदौ २३ र २४…
Read Moreनेताले बोलेको पूरा नगरे जनताले सजाय दिनुपर्छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेताले बोलेको कुरा तोकिएको समयमा पूरा नगरे जनताले सजाय दिनुपर्ने बताएका छन् । चितवनस्थित पोखरा बसको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले नेताहरूले प्रतिबद्धता पूरा नगरी हाँसेर हिड्न नपाउने स्पष्ट पारेका हुन् । ‘भनेको कुरा पुरा नगर्दा, भाका पुरा नगर्दा जनताले अन्य क्षेत्रमा सजाए पाउने । नेताले बोल्दो हिड्दो सकियो पूरा नगरी यतिकै हासेर हिड्न पाइन्छ, पाइन्न् ।’ उनले भने । आगामी निर्वाचनलाई लक्षित गर्दै लामिछानेले यसपटक पार्टीले नागरिकसँग प्रत्यक्ष करार गरेर अघि बढ्न लागेको बताए । पार्टी सभापतिको हैसियतले…
Read Moreराजनीति जितिसकें, अब मतदाताले जिताउने छन् : निरज लामा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार निरज लामाले आफू परिवर्तनका एजेन्डालाई व्यवहारमा उतार्न उम्मेदवारी दिएको बताएका छन् । उनले २०६२/६३ को जनआन्दोलनदेखि निरन्तर बामपन्थी राजनीतिमा सक्रिक रहेको उल्लेख गर्दै देशमा देखिएको द्वन्द्व, अन्योल र असमानताकै बीच राजनीतिमा होमिएको बताए । लामाका अनुसार सशस्त्र द्वन्द्वको कारण, जनताको पीडा र राजनीतिक परिवर्तनका मुद्दाले आफूलाई राजनीतितर्फ आकर्षित ग¥यो । धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, समावेशी र समानुपातिक प्रतिनिधित्वजस्ता एजेन्डाबाट प्रेरित भई जनआन्दोलनपछि निरन्तर राजनीतिमा लागेको उनको भनाइ छ । उनले भने ‘अब चुप लागेर बस्ने समय थिएन । समाज परिवर्तनको…
Read Moreरुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी रहेको दाबी गरेका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले आयोजना गरेको निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी रहेको भन्दै रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था नहरेको बताएका हुन् । ‘१६५ वटा निर्वाचन क्षेत्रमा एउटै चुनाव चिन्हमा मतदान गर्न पाइन्छ भने त्यो केवल रुख चिन्ह मात्रै हो। कुनै पनि निर्वाचन क्षेत्रमा रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन,’ उनले भने । उनले अन्य दलका हकमा भने…
Read Moreसंखुवासभामा नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा : कसले मार्ला बाजी ?
संखुवासभा । देशका अन्य निर्वाचन क्षेत्रमा जस्तै संखुवासभामा औपचारिक चुनावी अभियान सुरु नभएता पनि उम्मेदवारहरुले मतदाताको घर दैलोमा भेटघाट तीव्र परेका छन्। प्रारम्भिक विवरण अनुसार आगामी फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। संखुवासभामा यस पटक नयाँ अनुहार प्रतिस्पर्धामा छन् । एमालेबाट डा.अर्जुन कार्की, कांग्रेसबाट दीपनकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङमा शेर्पा, नेपाली कम्युनिष्ट पार्टीबाट सरिता खड्काबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट उम्मेदवार बनेका डा.कार्की नेपालका अनुभवी कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुन् । संखुवासभामा जन्मे…
Read More