काठमाडौं । काठमाडौंमा राष्ट्रिय जनमोर्चाद्वारा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा हालसालै सम्पन्न चुनाव र नेपालको परराष्ट्र नीतिका विषयमा छलफल गरिएको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले चुनावको राजनीतिक प्रक्रिया र त्यसले परराष्ट्र नीतिमा पार्ने प्रभावबारे चर्चा गरेका छन् । उनले जेनजी आन्दोलन, संसद विघटन, नयाँ चुनाव, एमसीसी सम्झौता र छिमेकी देशहरूसँगको सम्बन्धलाई उठाएका छन् । सिंहले भने, ‘हाल सम्पन्न चुनावको राजनीतिक प्रकृति विगतका चुनावभन्दा फरक र असाधारण छ । त्यसैले अहिलेको चुनाव र परराष्ट्र नीतिबीचको सम्बन्ध पनि पहिलेभन्दा गम्भीर र विचारणीय…
Read MoreCategory: राजनीति
जरा अभियानमार्फत महाधिवेशन तयारीमा केन्द्रित कांग्रेस : ७७ जिल्लामा सदस्यता अभियान सञ्चालन हुने
काठमाडौं । नेपाली कांग्रेसले आजदेखि १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ । पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले शनिबारदेखि १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो । कांग्रेसको १५ औँ महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर ‘जरा अभियान’ सञ्चालन गरिएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जरा अभियानमार्फत महाधिवेशनको तयारीसँगै सांगठनिक सुदृढीकरण, नागरिकसँग समीक्षा तथा सामाजिक गतिविधिसँग पार्टीलाई जोड्ने उद्देश्य रहेको स्पष्ट पारे । उनले भने, ‘हामीले १५ औँ महाधिवेशनको तयारी सँगसँगै जरा अभियान भनेर तोकेको स्थिती छ । जरा अभियानभित्र हाम्रो…
Read Moreसरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसी : अमरेस कुमार सिंह
काठमाडौं । अमरेस कुमार सिंह ले सरकार गठनसँगै सुरु भएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको अभ्यासप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार गठन भएपछि आफूले विगत केही वर्षदेखि उठाउँदै आएका विषयमा कारबाही सुरु भएकोप्रति खुसी व्यक्त गरेका हुन् । सिंहले लेखेका छन् कि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने दिशामा सरकारले थालेको प्रयास आमजनताले पनि महसुस गरिरहेको छ । उनले उक्त अभियानलाई निरन्तरता दिन सरकारलाई आफ्नो पूर्ण समर्थन रहने उल्लेख गरेका छन् । उनका अनुसार केवल सरकारले मात्रै परिवर्तन चाहेर सम्भव…
Read Moreव्यवसायी शंकर अग्रवाल पक्राउ
काठमाडौं । व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अग्रवाललाई शुक्रबार पक्राउ गरेको हो । अग्रवाललाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको व्यूरोले जनाएको छ । अहिले अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ । बिहीबारमात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो ।
Read Moreसभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने : संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु
काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले आफू संविधान र कानुनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘हामीसँग संविधान छ, कानुन छ । सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेका छन्, म त्यही अनुसार अघि बढ्नेछु ।’ उनले सभामुखको जिम्मेवारी पाउने प्रक्रिया जारी रहेको उल्लेख गर्दै प्रक्रिया पूरा भई जिम्मेवारीमा पुगेमा संविधान, कानुन, जनताको हित र राष्ट्रियताको पक्षमा रहेर काम गर्ने स्पष्ट पारे । साथै,…
Read Moreसभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । शुक्रबार रास्वपाबाट सभामुख पदमा मनोनयन दर्ता गराइको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनले भने, ‘पार्टीको उपसभापति डोलप्रसाद अर्याललाई हामीले पार्टीको तर्फबाट सभामुखको उम्मेदवारमा प्रस्ताव गरेर दर्ता गरेका छौं । यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल भइरहेको छ । उपसभामुखको लागि अहिले छलफल गरेका छैनौं । यो सभामुखको निर्वाचन पश्चात मात्रै यो विषयले प्रवेश लिनेछ । अहिले सभामुखमै केन्द्रित छौं ।’ उनको प्रस्तावकमा प्रतिनिधिसभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने…
Read More७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो
काठमाडौं । स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली हटाउन सरकार अघि बढेको छ । प्रशासनिक सुधारको अभियान अन्तर्गत ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत र अतिरिक्त समूहमा रहेका ७८ जना शाखा अधिकृतलाई गाउँपालिकाहरूमा पठाउँदै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो । स्थानीय तहहरूमा लामो समयदेखि निमित्तको भरमा प्रशासन सञ्चालन हुँदा निर्णय प्रक्रियामा ढिलाइ, जिम्मेवारीको अन्योल तथा सेवा प्रवाहमा कमजोरी देखिँदै आएको थियो। यही अवस्थालाई सुधार गर्न सरकारले ‘निमित्त अन्त्य’…
Read Moreनेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अध्ययनका लागि नेपाली कांग्रेसले गठन गरेको अध्ययन समितिलाई पूर्णता दिएको छ । बिहीबार पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदनको अध्ययन गरी राय, सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी उक्त समितिलाई दिइएको छ । अध्ययन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल रहेका छन्। समितिमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम (आर.सी.) तथा युवा अभियन्ता यजश्वी राई सदस्य रहेका छन् । नेपाली कांग्रेसले आन्दोलनसँग सम्बन्धित…
Read Moreगृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । पटक–पटक सर्वसाधारणबाट आएको गुनासो र असुविधालाई मध्यनजर गर्दै उनले हिजो साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल अनुगमन गरेका हुन् । अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको असुविधा नपरोस् भन्ने सुनिश्चित गर्दै सम्बन्धित कर्मचारीलाई निर्देशन दिइएका छन् । उनले विदेशबाट फर्किने नागरिकले विमानस्थलमै दुःख भोग्न नपरोस् भन्नेमा जोड दिँदै यस्तो गुनासो दोहोरिन नदिन सचेत गराएका छन् । साथै, सामान्य लत्ताकपडा र व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच नगरी सेवाग्राहीलाई सहजता प्रदान गर्नसमेत निर्देशन दिइएको छ ।
Read Moreनिर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। निर्वाचन समितिको घोषणा अनुसार पाण्डेले ५१४ मत ल्याउदै अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी आङदोर्जी लामाले ४१३ मत पाएका थिए । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए । यसैगरी, मंगल शाही नीतिगत उपमहासचिवमा र सन्तोष शाह आन्तरिक उपमहासचिवमा विजयी भएका छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम र सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा…
Read More