नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा बिहीबार प्रतिनिधि सभामा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा नेता बादलले दलका तर्फबाट राखेको विचार पार्टीको स्थापित नीति, मान्यताविरीत रहेको भन्दै आज सचिवालय बैठक बसेर छलफल गर्ने बताइएको छ । त्यसका साथै अन्य राजनीतिक तथा समसामयिक विषयबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

Read More

बादलको अभिव्यक्तिप्रति पाण्डेको आपत्तिः दोष खोज्नु भन्दा सरकारको अकर्मण्यता स्वीकार्नुपर्छ

काठमाडौं । बिहीबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेका नेता राम बहादुर थापा बादलको अभिव्यक्तिप्रति नेता सुरेन्द्र पाण्डेले आपत्ति जनाएका छन् । पाण्डेले शुक्रबार सामाजिक सञ्जालमार्फत संसदमा बादलले दिएको अभिव्यक्तिप्रति आलोचना गरेका हुन् । उनले लेखेका छन्, ‘हिजो संसदमा लामा कथाहरू सुनिए, जसमा दोष सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो – सबै अरूलाई दिइएको थियो। पाण्डेका अनुसार, यसरी दोष अरूमा मात्र हाल्ने प्रवृत्ति गलत हो र यसमा सरकारको अकर्मण्यता पनि जिम्मेवार रहेको स्पष्ट गर्नुपर्छ।’ उनले राजनीतिमा कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राख्ने र अतिवादतिर धकेल्ने काम नगर्न पनि आह्वान गरेका छन्।…

Read More

जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पताल पुगेका छन्। घाइतेहरूलाई निःशुल्क उपचार प्रदान गर्दै आएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद समेत दिएका थिए । गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै अस्पताल पुगेका थिए । उनले घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै केही अझै होसमा नआएकाले अस्पतालमै राखेर उपचार भइरहेको जानकारी लिए । डा. शर्माले घाइते भएका सबैको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको र बिरामीको अवस्था बुझिरहेको बताए । उनले डा. शर्मालाई राति करिब…

Read More

कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका जनकराज गिरीले बाजुरामा भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगती भएपनि स्थानीय जनताको आयआर्जन र रोजगारीको अवस्था अझै कमजोर रहेको बताएका छन् । उनले बाजुरा भौगोलिक रूपमा दुर्गम र विकट भएपनि पछिल्लो समय सडक, सञ्चार र विद्युत् पहुँच विस्तार भएको उल्लेख गरे । उनले भने, ‘०५६ सालमा म सांसद हुँदा २७ वटा गाविसमध्ये कतैपनि मोटर पुगेको थिएन । तर अहिले ६ वटाबाहेक सबै वडामा गाडी पुगेको छ । उनका अनुसार विगतमा टेलिफोन र बिजुलीसमेत नपुगेका गाउँहरूमा अहिले टावर र विद्युत् सेवा विस्तार भइसकेको छ, जसले…

Read More

एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् । साम्पाङले आफूले आफैंलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै समयको मूल्य बुझ्नुपर्ने बताएका छन् । उनले भने, ‘सबैभन्दा पहिले आफूले आफैंलाई परिवर्तन गर्नुपर्छ । अघिल्लो सपथ ग्रहणको दिन पनि १२ मिनेट ४६ सेकेण्ड ढिलो थियौं भने आज १६ मिनेट ५५ सेकेण्ड हामी ढिलो भएका छौं । जनताले हामीलाई यसरी ढिलो गर भनेर पठाएको हो जस्तो लागेन । त्यसैले…

Read More

देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा (बादल)

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘बाह्य दृष्टिले कसले निर्णायक भूमिका गरे ? असंख्य तथ्यहरुले के स्पष्ट गर्दछन् भने अदृश्य शक्तिहरु टिओबी, एआई, अल्गोरिदम जसले राष्ट्रियता लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुंकार खलनायक र हत्याराका रुपमा स्थापित गरे । जसले देश जलाउने, आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई महानायक बनाए । ति संस्था…

Read More

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । विहीबार बिहान उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन् । दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन पनि गरेका हुन् । गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक पशुपतिनाथ दर्शनका लागि पुगेका हुन् । आजकै दिन हनुमान जयन्ती परेको अवसर पारेर उनी मन्दिर पुगेको बताइएको छ । यसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष दिनका रूपमा हेरिने गरिन्छ । हनुमान जयन्ती हिन्दु धर्मावलम्बीका लागि अत्यन्त महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । यस दिन भगवान् हनुमानको जन्म भएको विश्वास गरिन्छ ।…

Read More

भदौ २४ गतेको घट्नालाई अनुसन्धान गर्न भ्याइएन भन्ने कस्तो तरिका हो ? : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै राष्ट्रिय एकता र लोकतन्त्रप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै दल भिन्न भए पनि देश एउटै भएकाले कसैले देशमा रगत बगाउन नपरोस् भन्ने संकल्प गर्नुपर्ने बताए । उनले भने, ‘डुबे सबै डुब्छौं, उठे सबै उठ्छौं । र सँगै उठ्छौं । दल भिन्न होला तर देश एउटै हो । संकल्प गरौं अब कसैले रगत बगाउन नपरोस् । फागुन २१ को निर्वाचनमा उत्साहका साथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपालीहरूले…

Read More

मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् । आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखिरहेका छन् । लामो समयदेखि बचत फिर्ता नपाउँदा मारमा परेका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था सुनाउने अवसर पाएका छन् । छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताइन् । ‘पीडितहरूको सम्बोधन कसरी प्रभावकारी…

Read More

सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममार्फत मात्रै सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ । कार्यालयको चैत १८ गतेको सचिवस्तरीय निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सार्वजनिक निकायलाई यस्तो व्यवस्था लागू गर्न अनुरोध गरिएको हो । अब सार्वजनिक खरिदलगायतका सबै सूचना प्रकाशन वा प्रसारण गर्दा गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यममै सीमित गर्नुपर्ने उल्लेख गरिएको छ । निर्देशनमा सरकारी वा सार्वजनिक कोषबाट हुने भुक्तानी सम्बन्धित…

Read More