काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्चालन गरिरहेको बताएकी छन् । मंगलबार राष्ट्रिय सेवा दल सिनियर डिभिजन (सि.सं.२०) तालिमको दीक्षान्त कवाज समारोहमा उनले सरकारले यस आर्थिक वर्षमा देशभरका २५७ वटा विद्यालयहरुबाट ७ हजार ७१० जनालाई तालिम प्रदान गरिएको बताइन् । उनले भनिन्, ‘राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुरुप हरेक वर्ष क्याडेट छात्र छात्राहरुको संख्या क्रमशः वृद्धि गर्दै दुर्गम र पछाडि परेका स्थानहरुमा समेत तालिम सञ्चालन गरिरहेको छ । यस…
Read MoreCategory: राजनीति
देश ओभरहोलिङ गर्नुपर्ने बिन्दुमा पुगेको छ : रविन्द्र मिश्र
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट आफू विजयी हुनेमा अत्यन्तै विश्वस्त रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्रले यसपटक आफू एकसय प्रतिशत मात्र होइन, दुईसय प्रतिशत नै विश्वस्त रहेको दाबी गरे । उनले विगतमा विभिन्न पार्टीलाई मतदान गर्दै आएका मतदाताहरूबाट समेत व्यापक माया, स्नेह र समर्थन प्राप्त भइरहेको बताए । ‘काठमाडौं क्षेत्र नम्बर १ मा पहिले अन्य पार्टीलाई भोट हालेका मतदाताहरूले नै मलाई माया गरेर कार्यक्रमहरू आयोजना गरिदिनु भएको छ,’ उनले भने, ‘दुईवटा चुनावमा…
Read Moreसपनाको लड्डु बाँड्न कैलाली–४ आएको होइन, काम गरेर देखाउँछु : गोरख बहादुर बिष्ट ‘आनन्द’
गोरखबहादुर बिष्ट ‘आनन्द’ नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवी बनाएका बिष्ट चार दशक लामो समयदेखि कांग्रेसमा आवद्ध छन् । उनले कांग्रेसको पूर्वआमन्त्रित केन्द्रीय सदस्य रहनुका साथै नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति भएर काम गरिसकेका छन्। डोटीमा जन्मिएका बिष्ट अध्ययनको सिलसिलामा कैलाली पुगेका थिए। उनीपछि अध्ययनकै लागि भारत, काठमाडौं हुँदै अमेरिका पुगे। तर, जहाँ पुगेपनि बिष्टले मातृभूमि नेपाल र जन्मभूमि सुदूरपश्चिप्रतिको ममता कहिले मारेनन्। उनले भूकम्प, कोरोना महामारी, बाढी–पहिरो जस्ता विभिन्न असहज अवस्थामा थुप्रै सहयोग गरेका छन्। जन्मभूमि डोटीमा एम्बुलेन्स प्रदान गरेका छन्। विभिन्न विद्यालयमा सहयोग गर्नुका…
Read Moreपूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले पूराना पार्टीका सानातिना कमी कमजोरीहरुलाई माध्यम बनाएर नेपालको संविधानमाथि आक्रमण भइरहेको बताएका छन् । प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले पुरानो पार्टीहरु असान्दर्भिक भयो भन्ने हल्ला गलत भएको भन्दै पुराना पार्टीका कमजोरीहरुलाई बहाना बनाएर संविधानमाथि आक्रमण भएको बताए । साथै, उनले एमालेमाथिको आक्रमण नेपालको संविधान र राजनीतिक व्यवस्थामाथिको आक्रमण भएको पनि बताए । उनले भने, ‘पूराना पार्टीहरु असान्दर्भिक भयो भन्ने जुन हल्ला आइ रहेको छ । त्यो गलत हो । पूराना पार्टीका सानातिना कमि कमजोरीहरुलाई बहाना बनाएर, त्यसलाई…
Read Moreमन्त्रालयलाई श्रमिकमैत्री बनाउन आत्मसमिक्षा आवश्यक : मन्त्री भण्डारी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारीले मन्त्रालयलाई श्रमिकमैत्री बनाउन आत्मसमिक्षा आवश्यक रहेको बताएका छन्। मंगलबार श्रम मन्त्रालय र अन्तर्गतका निकायहरुको आ.व. २०८२।०८३ को अर्ध वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले मन्त्रालयभित्र देखिएका समस्या र सुधारका विषयलाई तीन तहमा वर्गीकरण गरेर समाधान गर्नुपर्ने बताएका हुन् । उनले मन्त्रालयभित्रै प्रशासनिक तहबाट समाधान गर्न सकिने विषयहरू जस्तै कर्मचारी सरुवा, बढुवा लगायतका मुद्दा सम्बन्धित सचिव वा बोर्ड अध्यक्षमार्फत समाधानका लागि अघि बढाउन निर्देशन दिए । ती तहबाट समाधान हुन नसकेमा माथिल्लो निकायमा पठाउन सकिने उनले बताए । ‘यही मन्त्रालयभित्रकै एक्टिीमिस्टीभ…
Read Moreसमानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य ठहर गरेको छ । आयोगले कानुनी मापदण्ड पूरा नगरेका, दोहोरो नाम समावेश भएका तथा आर्थिक तथा प्रशासनिक कारणले अयोग्य ठहरिएका उम्मेदवारहरूको नाम सूचीबाट हटाएको हो । निर्वाचन आयोगका अनुसार नाम हटाइएकामध्ये सबैभन्दा धेरै २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् भने २५ जनाको नाम प्रदेश सभा सदस्यको समानुपातिक बन्दसूचीमा समेत दोहोरिएको पाइएको छ। यस्तै, आयोगले तोकेको जरिवाना नतिरेका १० जना, २५ वर्ष उमेर पूरा नगरेका…
Read Moreकांग्रेसले निर्वाचनका लागि खटायो सातै प्रदेशमा नेताहरू
काठमाडौँ । दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ । कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेकोे ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तोकेका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेश भित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने छन् । उनका अनुसार कांग्रेसले कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापा जिल्लामा सहमहामन्त्री डा. डीला संग्रौलालाई खटाएको…
Read Moreराष्ट्रपति पौडेल र जापानका सम्राटबीच भेट, जापानिज सहयोगको प्रशंसा
जापान (टोकियो) । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितो बीच यहाँ शीष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितो बीच इम्पेरियल प्यालेस टोकियोमा शीष्टाचार भेटवार्ता भएको हो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुगेका हुन् । सोही क्रममा राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच भेटवार्ता भएको हो । सो भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा…
Read Moreगृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न गरेको छ । गृह सचिव राज कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारीहरुसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारी साधन र मतपेटिका ढुवानी लगायतका विषयमा छलफल भएको हो । बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा…
Read Moreराष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
जापान (टोकियो ) । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउँदै यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताएका छन् । जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री तकाइची सनायले आज गरेको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेको हो । उनले भने, ‘हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौं, दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग…
Read More