काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा सभापति गगन थापासहितका उपसभापति र महामन्त्रीहरू उपस्थित थिए । प्रतिनिधिसभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सांसद्हरुलाई संसदीय अभ्यास र पार्टीको रणनीतिबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको थियो ।
Read MoreCategory: राजनीति
हतारमा गरिएको निर्णयले अस्थिरता बढाउन सक्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा पूर्वराष्ट्रपति भण्डारीले सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले गठन गरेको ‘भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२’ को प्रतिवेदन कार्यान्वयन गर्ने वर्तमान सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएकी हुन् । उक्त आयोगको प्रतिवेदन पूर्ण नभएको विभिन्न अध्ययनहरूले देखाएको उल्लेख गर्दै सरकार गठन भएको पहिलो दिनमै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिनु हतारपूर्ण भएको बताएकी छन् । साथै, सोही निर्णयअन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषय…
Read Moreपक्राउपछि ओली त्रिवि अस्पतालमा भर्ना
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षणको ‘एनेक्स वान’ को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । शनिबार बिहान पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
Read Moreगृहमन्त्री गुरुङले गरे प्रहरी र सशस्त्र प्रहरी कार्यालयहरुको निरीक्षण
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ललितपुरको सातदोबाटोमा रहेको सशस्त्र प्रहरी बलको निरीक्षण गरेका छन् । शनिबार उनले सशस्त्र प्रहरी बलसँगै ललितपुर प्रहरी कार्यालयको समेत निरीक्षण गरेका हुन् । मन्त्री आफैं गाडी चलाएर काठमाडौँ र ललितपुरका विभिन्न स्थानको अनुगमनमा निस्केका छन् । मन्त्री गुरुङ शनिबार बिहानै पहिला रामहापथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेका थिए । यसैगरी गृहमन्त्री सुधन गुरुङले उपत्यका ट्राफिक प्रहरी कार्यालयको समेत निरीक्षण गरेका छन् ।
Read Moreच्यासलमा एमाले सचिवालयको आकस्मिक बैठक, चावहिलमा प्रदर्शन
काठमाडौं । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक जारी छ । बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको हो । पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ परेपछि आकस्मिक बैठक बोलाइएको थियो । एमाले नेताहरुले अहिलेको सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै यसको प्रतिवाद गर्ने बताएका छन् । पार्टीले राजनीतिक प्रतिवाद गर्ने र कानुनी लडाईं लड्ने नेताहरुको भनाइ छ । यता, ओली पक्राउको विरोधमा काठमाडौंका विभिन्न स्थानमा कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहिल क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् ।
Read Moreओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि अस्पताल लगियो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट ओली र लेखकको स्वास्थ्य परीक्षणको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको हो । मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ओलीलाई शनिबार बिहान भक्तपुरबाट र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको थियो । प्रहरीले नियमित स्वास्थ्य परीक्षण अन्तर्गत उनीहरूलाई त्रिवि शिक्षण अस्पताल लगेको बताइएको छ । अस्पतालबाट ल्याएर उनीहरूलाई हिरासतमा राखिनेछ । शुक्रबार बालेन शाह…
Read Moreप्रतिशोध होइन, केवल न्यायको सुरुवात हो : सुधन गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेकखलाई निययन्त्रणमा लिनु प्रतिशोध नभएको बताएका छन् । आज सामाजिक संजालमा लेख्दै गुरुङले कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात भएको बताएका हुन् । गुरुङले लेखेका छन्, ‘माथि कोही छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’ जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णयलगत्तै गुरुङले प्रहरी परिचालन गरी ओली र लेखकलाई…
Read Moreपक्राउ पछि केपी ओली जिल्ला प्रहरी परिसर काठमाडौंमा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पक्राउ परेका छन् । ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको छ । शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यससँगै ओली र लेखकलाई पक्राउ गरेको छ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको…
Read Moreपूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो । पूर्वगृहमन्त्री लेखकलाई पक्राउका लागि गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेनजी आन्दोलन दमन आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ । गृहको किटानी जाहेरीपछि प्रहरीले जरुरी पक्राउ पुर्जी दिएर लेखकलाई पक्राउ गरेको हो ।
Read Moreपूर्व प्रधानमन्त्री केपी ओली पक्राउ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ छन् । प्रहरीले ओलीलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ ।
Read More