काठमाडौँ । बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले पदबहाली गरेपछि बैठक सुरु भएको हो । आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका शाहले आजै १४ सदस्यीय मन्त्रिपपरिषद् बनाएका छन् ।
Read MoreCategory: राजनीति
स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्री बनेकी निशा मेहताले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् । मधेशी क्लस्टरबाट उनी प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।
Read Moreनयाँ सरकार गठन : कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री
विराटनगर । शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा कोशी प्रदेशले प्रधानमन्त्री पद बाहेक अन्य कुनै पनि मन्त्रालयमा प्रतिनिधि पाउन सकेको छैन । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रधानमन्त्री शाहको नेतृत्वमा बनेको १५ सदस्यीय मन्त्रिपरिषद् कोशी प्रदेशबाट अन्य प्रत्यक्ष निर्वाचित सांसदहरूलाई समेटिएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशमा उल्लेख्य जनमत पाउँदै २८ मध्ये १७ सिट जितेको भए पनि सो क्षेत्रबाट निर्वाचित अन्य सांसदहरू मन्त्री बन्नबाट बाहिर परेका छन् । नयाँ मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री, रक्षामन्त्री र उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेका छन् भने स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर…
Read Moreगृहमन्त्री सुदन गुरुङले गरे पदबहाली
काठमाडौं । नवनियुुक्त गृहमन्त्री सुदन गुरुङले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् । यसअघि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट उनी चर्चामा आएका थिए । गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका सुदन गुरुङ गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका थिए ।
Read Moreनवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे तीनवटा महत्वपूर्ण निर्णय
काठमाडौं । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपतिबाट सपथ ग्रहरण गरेलगत्तै दिउँसो मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै तीन निर्णय गरेका छन् । सिंहदरबारमा पदभार ग्रहण लगत्तै उनले आर्थिक स्थितिपत्र सार्वजनिक गर्ने, १५ वटा ऐन खारेज गर्ने र आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने निर्णय गरेका हुन् । निर्णयमा तत्काल स्थितिपत्र तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने अर्धवार्षक र वार्षिक कार्ययोजना बनाउने उल्लेख छ । यस्तै,…
Read Moreबालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बालेनको शपथ ग्रहण समारोहमा सहभागी भए पनि ओली अनुपस्थित भएका हुन् । पिता मोहनप्रसादको निधनपछि सेतो वस्त्रमा रहेका ओलीले आफू शपथ समारोहमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपतिको सचिवालयलाई गराएका थिए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा रहेका कारण समारोहमा उपस्थित भएनन् ।
Read Moreपरराष्ट्रमन्त्री शिशिर खनालले गरे पदबहाली
काठमाडौं । नवनियुुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् । खनाल रास्वपा पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख हुन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खनाल शिक्षामन्त्री पनि बनेका थिए । यसपालिको चुनावमा उनी काठमाडौं–६ बाट निर्वाचित भएका थिए ।
Read Moreजोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई सामाजिक सञ्जालमार्फत हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा आफूलाई थप खुसी लागेको बताएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन,‘नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई । ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा मलाई थप हर्षित बनाएको छजोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस, अपार शुभकामना ।’
Read Moreपदबहाली गर्दै सोविता गौतमले भनिन् : सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पदबहाली गरेकी हुन् । पदबहाली पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि लैजाने बताइन् । उनले कानुन निर्माणमा आफ्नो मन्त्रालय छिटो भन्दा छिटो काम गर्न तत्पर रहेको बताइन् । उनले भनिन्, ‘हाम्रो मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा सुधारको बाटोमा लैजाने छौं । कानुन निर्माणमा मेरो मन्त्रालय छिटो भन्दा छिटो काम गर्न तत्पर छ । आज के काम गर्दैछौं भन्दा छलफल गर्न बाँकी नै…
Read Moreनवनिर्वाचित मन्त्रीहरूले पहिलो निर्णयमा हस्ताक्षर नगर्ने
काठमाडौं । पदभारग्रहण कार्यक्रममा नवनिर्वाचित मन्त्रीहरूले पहिलो निर्णयमा हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। शुक्रबार शितलनिवासमा आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्रीसँगै पद तथा गोपनीयताको सपथ लिएका मन्त्रीहरूले तत्काल कुनै नीतिगत निर्णयमा हस्ताक्षर नगर्ने जनाएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालका अनुसार सबै मन्त्रीले आफ्नो मन्त्रालयको ब्रिफिङ लिएर मन्त्रिपरिषद्को बैठक बसेपछि मात्रै निर्णय सार्वजनिक गरिने छ । ‘पहिला सबै मन्त्रालय र मातहतका निकायबाट हरेक मन्त्रीले ब्रिफिङ लिएर त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मात्र निर्णय लिने र सार्वजनिक गर्नेछौं ।’
Read More