काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)लाई बधाई दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीमा नियुक्त भएका शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । साथै, उनले आजै नियुक्त भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई दिएका छन् । उनले लेखेका छन्,‘राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । साथै, आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई तथा सफलताको शुभकामना ।’ त्यस्तै शाहलाई एमाले अध्यक्ष ओलीद्वारा बधाई तथा…
Read MoreCategory: राजनीति
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई ।’ मोदीले बालेनको नियुक्तिले नेपाली जनता उनको नेतृत्वमाथि राखेको विश्वास प्रतिबिम्बित गरेको उल्लेख गरेका छन् । ‘हाम्रा दुवै देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न म उत्सुक छु’, मोदीले लेखेका छन् । साथै, दुई देशबीचको मैत्री सम्बन्ध र सहकार्यलाई अझ…
Read Moreकृषि मन्त्री गिता चौधरीले गरिन् पदबहाली
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की चौधरी अधिवक्ता (कानुन व्यवसायी) हुन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् ।
Read Moreभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् । उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् ।
Read Moreसञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली
काठमाडौं । नवनियुुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् । उनी नुवाकोट १ बाट निर्वाचित सांसद हुन् । अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन् ।
Read Moreनवनियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)को सिफारिसमा १४ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका छन् । त्यस्तै, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन गरेका छन् साथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिएको हो । यस्तो छ,बालेन नेतृत्वको सरकारका १४ जना मन्त्रीहरूको नाम : बालेन्द्र शाह, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्वर्णिम वाग्ले, अर्थ मन्त्रालय शिशिर खनाल, परराष्ट्र मन्त्रालय…
Read Moreबालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म
युवा वर्गमा लोकप्रिय बालेन शाहले आफ्नो अभियानमा पारदर्शिता, जवाफदेहिता र नवप्रवर्तनलाई जोड दिने गरेका छन् । संगीतकार र इञ्जिनियर पनि हुन्, जसले आफ्नो बहुआयामिक व्यक्तित्वका कारण सामाजिक र राजनीतिक क्षेत्रमा द्रुत प्रभाव छाडेका छन् । काठमाडौं । र्यापर, इञ्जिनियर र समाजसेवी बालेन शाह(बालेन्द्र) नेपालको ४३औं प्रधानमन्त्री बनेका छन् । उनका लागि यो यात्रा केवल राजनीतिक पदमात्रै होइन, आन्दोलन, संघर्ष र परिवर्तनको कथापनि हो । नेपाली राजनीतिक नेतृत्वमा बालेन शाहको नाम युवाप्रेमी र नवप्रवर्तनकारी सोचका प्रतिनिधिका रुपमा लिइने गरिन्छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सामाजिक संजालमार्फत अभिव्यक्ति…
Read Moreप्रधानमन्त्री तथा मन्त्री परिसदको कार्यालय परिसरमा सरसफाई (तस्विरहरु)
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको स्वागतका लागि प्रधानमन्त्री तथा मन्त्री परिसदको कार्यलयमा सरसफाई गरिएको छ । शीतल निवासमा प्रधामन्त्री एवम अन्य मन्त्रीहरु पद तथा गोपनियताको शपथ ग्रहण चलिरहँदा सिंहदरबारमा सरसफाइ गरिएको हो ।
Read Moreनवनियुक्त प्रधानमन्त्री शाहले लिए शपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिएका हुन् । यस लगत्तै मन्त्रीहरुले शपथ लिने छन् । शपथ कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका थिए । १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचनसाथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिएको छ ।
Read Moreबालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । शुक्रबार उनले नेपालको संविधानको धारा ७६ (उपधारा १) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति भवन, महाराजगञ्जबाट जारी विज्ञप्तिमा भनिएको् छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।’ उनी नेपालको ४३औँ प्रधानमन्त्री बनेका हुन् । शाहको नियुक्तिसँगै मन्त्रिपरिषद् विस्तारको तयारी पनि भइरहेको छ । आजै…
Read More