आन्दोलनको आगोबाट उदाएको नेतृत्व : सुशीला कार्कीको परीक्षा र सफलता

काठमाडौं । काठमाडौंको आकाश अझै धुवाँले धमिलिएको छ । सडकमा जलेका टायरका दागहरू मेटिएका छैनन्, र सिंहदरबारका गल्छीहरूमा एक किसिमको असामान्य सुनसान छ । केही समयअघि यही शहर युवा ऊर्जा, आक्रोश र परिवर्तनको मागले गुञ्जिएको थियो जेन–जी आन्दोलनका रूपमा । भदौ २३ र २४ गते सुरु भएको त्यो आन्दोलन केवल विरोध थिएन, व्यवस्थामाथिको गहिरो असन्तुष्टिको विस्फोट थियो । भ्रष्टाचार, कुशासन र पूरानो राजनीतिक संरचनाप्रतिको वितृष्णाले सडक भरियो । प्रदर्शन चर्किँदै जाँदा अवस्था नियन्त्रण बाहिर गयो, जसको मूल्य देशले ठूलो क्षतिका रूपमा चुकायो । ७२ जनाको ज्यान गुम्यो, सयौँ घाइते भए…

Read More

आज बालेन शाह प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै

काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री पदको शपथ गराउदै छन् । शपथअघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिनेछ । जनताको प्रत्यक्ष समर्थनबाट उदाएको शक्तिका रूपमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व सम्हाल्दै छ । नेपालको संविधानको धारा ७६ (१) अनुसार स्पष्ट बहुमतसहित एकल सरकार गठन हुन लागेको हो, जसले लामो समयदेखि चल्दै आएको गठबन्धन राजनीतिको अभ्यासलाई चुनौती दिएको विश्लेषण भइरहेको छ । गत प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै अप्रत्याशित बहुमत हासिल गरेको थियो। त्यसपछि बिहीबार…

Read More

नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरुलाई शपथ गराएका हुन् । नवनिर्वाचित सासंदहरु थरीथरी भेषभूषामामा शपथ लिन सिंहदरबारस्थित संसद् भवनको हलमा पुगेका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सदस्यले प्रतिनिधिसभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।

Read More

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पदभार ग्रहण गरेका छन् । ज्येष्ठ सदस्य केसीले शपथ लिए लगत्तै संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका थिए । ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ गराउने छन् । नेपाली कांग्रेसका सांसद केसी गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।

Read More

उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छ : कुलमान घिसिङ

काठमाडौं । कुलमान घिसिङले उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार सञ्चालन गर्ने बताउँदै राजनीतिक अभियानलाई थप सशक्त बनाउने घोषणा गरेका छन्। उज्यालो नेपाल पार्टी द्वारा बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले देशको स्थायित्व र समृद्धिका लागि जनताले दिएको करिब दुई तिहाइ बहुमतको अभिमत सबैले स्वीकार गर्नुपर्ने धारणा राखे। उनले भने,‘चुनावबाट अत्यधिक मतले करिब दुई तिहाइको बहुमत एउटा पार्टीलाई दिएको छ । उज्यालो नेपाल पार्टीलाई सडकमा बसेर सरकार चलाउनु भनेर म्यानडेट दिएको छ । सडकको सरकार उज्यालो नेपाल पार्टी हुने छ, हामी सडकबाट सशक्त रूपमा…

Read More

जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठुलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको बताएका छन् । निर्वाचन आयोग नेपालले बुधबार यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । ‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठुलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ, लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले…

Read More

‘संविधान विपरित सुकुम्बासी बस्तीमा डोजर, अब संघर्ष हुन्छ’

काठमाडौं । हालै काठमाडौंको सिफल र टोखामा सुशीला कार्की सरकारले जबरजस्ती डोजर लगाएकोमा पीडितहरूले आक्रोश व्यक्त गरेका छन् । बुधबार राजधानीमा अखिल नेपाल सुकुम्बासी संघले पत्रकार सम्मेलनको आयोजना गरी संविधान विपरीतको कार्य भन्दै संघर्षको चेतावनीसमेत दिएको छ । राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्काले हालै काठमाडौंका सुकुम्बासी बस्तीहरुमा सरकारले डोजर लगाएर राज्य आतंक फैलाएकोे आरोप लगाए । नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत रहेका खड्काले कार्की नेतृत्वको चुनावी सरकारले संविधान विपरित कार्य मात्रै नगरेर अमानवीय हर्कत गरेकोसमेत भएको बताएका छन् । खड्काले देशमा ७० लाख सुकुम्बासी तथा भूमिहीन रहेको र ती सबै…

Read More

तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो खुशी र गर्व व्यक्त गरेकी छन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन् । उनले निर्वाचन आयोग र सुरक्षाकर्मीहरूको प्रयासलाई उच्च सम्मान दिँदै लोकतान्त्रिक उपलब्धिका रूपमा यसलाई चित्रित गरिन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘गत भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’ पछि मुलुकले चुनौतीपूर्ण परिस्थितिको सामना गर्नु परेको थियो । त्यसबीच असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ,…

Read More

ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विजयबहादुर स्वाँरले ट्रेड युनियन खारेजीको बहसप्रति आपत्ति जनाउँदै सुधारको बाटो रोज्न आग्रह गरेका छन् । बुधबार बसेको कांग्रेसको केन्द्रिय कार्यसम्पादन बैठकमा बोल्दै उनले ट्रेड युनियन खारेज गर्ने विषय संवैधानिक अधिकारसँग जोडिएको महत्वपूर्ण मुद्दा भएको बताएका हुन् । उनले भने, ‘ट्रेड युनियनको विषयमा धेरै कुरा आएको छ, खारेज गर्ने भन्ने । यसमा ट्रेड युनियनमा भएका विकृतिहरू सुधार गर्नुपर्छ, त्यसमा कुनै समस्या छैन । तर ट्रेड युनियन नै खारेज गर्ने भनेको त संवैधानिक अधिकार नै खारेज गर्ने हो । नेपाली कांग्रेसको जन्मदाता नै ट्रेड युनियन हो,…

Read More

इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ । महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल आयल निगमले चैत २ गते राति १ बजेदेखि लागू हुने गरी डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघका अनुसार मूल्यवृद्धिपछि तत्काल भाडा समायोजनको माग गर्दै सम्बन्धित निकायमा अनुरोध गरिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उल्लेख गरिएको छ । यसैबीच यातायात व्यवस्था विभागले पनि भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरिसकेको छ…

Read More