नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भदौ मसान्तमा गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालका प्रस्ताव गरेका छन्। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा उनले कार्यतालिका प्रस्ताव गरेका हुन् । सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले भदौ अन्तिम साता महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका हुन्। प्रस्तावमा चैतबाट महाधिवेशन प्रक्रिया सुरु गरी भदौ मसान्तमा सक्ने उल्लेख छ। विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ । गत पुसमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो। यसअघि कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिर २४ देखि २८ मा भएको थियो। महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका…

Read More

पार्टी एकता र वैचारिक पुनर्जागरण नै कांग्रेसको मुख्य शक्ति : नेता महर

चितवन । नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई थप सुदृढ बनाउन पार्टी एकता नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस चितवनद्वारा आयोजित ‘भेटघाट तथा विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसको गौरवशाली इतिहास र यसले स्थापनाकालदेखि अङ्गालेको मध्यममार्गी लोकतान्त्रिक विचारलाई अझै उचाइमा पु¥याउनुपर्नेमा जोड दिए । उनले पार्टीभित्रको वैचारिक बहुलता र आन्तरिक लोकतन्त्रलाई नै कांग्रेसको ुसर्वाङ्गीण शक्तिु का रूपमा व्याख्या गरे । बीपी कोइराला र सुवर्ण शमशेरले दुई भिन्न शक्तिलाई एकीकृत गरेर कांग्रेस निर्माण गरेको ऐतिहासिक तथ्य स्मरण गर्दै नेता महरले सोही एकताको जगमा…

Read More

कांग्रेसले देशलाई दुर्घटना, द्वन्द्व वा अतिवादमा पर्न नदिनेगरी काम गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले निर्वाचनमा गरेको प्रतिज्ञा अनुसार नै प्रतिपक्षको भूमिका जिम्मेवार ढंगले निर्वाह गर्ने बताएका छन्। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले मतदाताले सरकार सञ्चालन गर्न मत नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको बताएका हुन्। उनले भने, ‘हामी नागरिकहरूको बीचमा पाँच वर्ष मतको सम्मान गर्ने प्रतिबद्धता लिएर गएका थियौं । त्यो मतले सरकार सञ्चालन गर्न नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको छ, र हामी त्यस प्रतिज्ञामा बाधिएका छौं ।’ उनले सरकारमा हुँदा मात्र होइन, प्रतिपक्षमा हुँदा पनि प्रतिवद्धताबाट पछि हट्न नहुने स्पष्ट पारे । ‘हामी सरकारमा हुँदा मात्र प्रतिज्ञामा…

Read More

ट्रक यातायात व्यवसायी महासङ्घको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको आठौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । गत पुस २७ गते सम्पन्न महासङ्घको सत्रौँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो । सोही अवसरलाई केन्द्रमा राख्दै सोमबार आयोजित कार्यक्रममा नव-नेतृत्वलाई स्वागत गर्दै सिप्रदीले सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको हो । कार्यक्रममा सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठले नयाँ नेतृत्वसँग निरन्तर सहकार्य गर्दै यातायात क्षेत्रको विकासमा योगदान दिने प्रतिबद्धता जनाए । उनले बदलिँदो समयसँगै भित्रिएको…

Read More

उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त

काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति सदस्य इन्जिनियर किरण केसीलाई पार्टीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)पदमा नियुक्त गरिएको छ। उक्त निर्णय सोमबार सम्पन्न उच्चस्तरीय बैठकबाट औपचारिक रूपमा घोषणा गरिएको हो । जसले पार्टीको संगठनात्मक नेतृत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। इन्जिनियर केसी पार्टीभित्र रणनीतिक योजना तथा संगठन विकासमा सक्रिय र प्रभावशाली भूमिका निर्वाह गर्दै आएका छन्। उनको यो नियुक्तिले पार्टीको प्रशासनिक कार्यक्षमता अभिवृद्धि गर्दै समग्र लक्ष्य प्राप्तिमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। पार्टीका शीर्ष नेताहरूले उनको नेतृत्व क्षमताप्रति पूर्ण विश्वास व्यक्त गर्दै अनुभव, समर्पण र नविन सोचका कारण…

Read More

रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक

रास्वपाले बोलायो चैत्र १२ गतेका लागि केन्द्रीय समितिको बैठक काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले चैत्र १२ गते पार्टी केन्द्रीय कार्यालयमा ४ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा संसदीय दलको नेताको सम्बन्धमा छलफल हुनेछ । बैठकमा संसदीय दलको नेता र विविध समसामुयीक विषयमा छलफल हुने भएको छ । त्यही दिन रास्वपाका सांसदहरुले पद तथा गोपनियताको शपथ लिँदैछन् ।

Read More

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा सीमा व्यापार तयारीप्रति आपत्ति

काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र हुँदै भारत र चीनबिच पुनः सीमा व्यापार सञ्चालन गर्ने तयारीप्रति एक विद्यार्थी संगठनले गम्भीर आपत्ति जनाएको छ । संगठनका अध्यक्ष विरेन्द्र शाहद्वारा जारी प्रेस वक्तव्यमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष सम्बन्ध राख्ने उक्त क्षेत्रमा नेपाललाई जानकारी नै नदिई भारत र चीनबिच द्विपक्षीय सहमतिका आधारमा व्यापार पुनः सञ्चालन गर्ने तयारी हुनु नेपालको अधिकारमाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘नेपालको भूमि सम्बन्धी संवेदनशील विषयमा नेपाललाई पूर्ण रूपमा बेवास्ता गरी गरिने यस्ता गतिविधि अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मूल्य–मान्यता र पारस्परिक सह–अस्तित्वको…

Read More

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जनाकारी दिए । यसअघि आइतबार बसेको बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको थियो ।

Read More

प्रदीप पौडेलको प्रश्न कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै उनले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानविनका लागि गठित आयोगबाट प्राप्त भएको लामो समय भैसकेको अवस्थामा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भन्दै यसले आशङ्का जन्माएको भनेका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले सरकारलाई बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशङ्का र उपशङ्का जन्माएको…

Read More

मौसम सम्बन्धी जानकारीका लागि पूर्वअनुमान र सूचना प्रणाली आधुनिक बनाउन जरुरी छ : मन्त्री सिन्हा

काठमाडौं । कानुन मन्त्री अनिलकुमार सिन्हाले मौसम सम्बन्धी जानकारी समयमै प्राप्त गर्न पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने औंल्याएका छन् । विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हालले हाल चुनौतीको अवस्था रहेको औल्याउँदै जल तथा मौसम सम्म्वैज्ञानिक जानकारी समयमै प्राप्त हुनेगरी पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अयत्नतै जरुरी रहेको बताएका हुन् । उनले पूर्व सूचना प्रणाली सिस्टमलाई अझ सुदृढ पार्न जोखिमयुक्त समुदायलाई समयमै सूचना पु¥याउने कामलाई प्राथमिकतामा राखेको बताए । उनले पूर्व अनुमान प्रणाली अझ वैज्ञानिक र प्रभावकारी बनाउन मौसमरविद्हरुको अवलोकन गर्ने उपकर विस्तार साथै सञ्चालन र…

Read More