काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन सक्रिय सुरक्षाकर्मीहरुको प्रशंसा गरेका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित प्रशंसा पत्र वितरण कार्यक्रममा गृहमन्त्री अर्यालले निर्वाचन सफल बनाउन सक्रिय केन्द्रदेखि जिल्ला तहसम्मको सुरक्षा समितिहरु, निर्माण कमाण्ड फोर्स, सुरक्षा सेल र जिम्मेवार सरकारी अधिकारीहरुले खेलेको भूमिका ऐतिहासिक र राज्यका लागि उत्तरदायी भएको बताए । ‘निर्वाचनमा खटिएका अधिकारीहरुको सिर्जनशिलता र क्षमता प्रशंसनीय छ । विगतका कतिपय घट्नाहरु नेतृत्वले घट्नाबारे नबुझिकन निर्देशन दिए होलान । कसैका भनाइहरुलाई स्क्रिनिङ नै नगरी, कुरा नबुझिकन निर्देशन भए होलान…
Read MoreCategory: राजनीति
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे उनले भने, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ । यो सामान्य कुरा होइन । यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु ।’ उनले भने, ‘यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो । विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण,…
Read More‘प्रचण्डले हल नगरेको टिआरसी, अब रवि–बालेनको काँधमा’
काठमाडौं । जनयुद्धकालीन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी)मार्फत हल गर्न प्रचण्डसहितका पुराना दलहरु चुकेको र त्यसको जिम्मा रबि–बानेलको काँधमा आएको वक्ताहरुले बताएका छन् । बिहीबार राजधानीमा अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले रास्वपा नेतृत्व सरकारका राम्रा कार्यमा साथ दिनेसमेत बताएका छन् । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विस्तृत शान्ति सम्झौतालाई तार्किक निकष्कर्षमा पुर्याउनुको सट्टा पुराना दलहरु शत्ता र शक्तिको खेलमै समय बिताएको आरोप लगाएका छन् । भण्डारीले जनयुद्धको मुख्य नेतृत्व माओवादी र प्रचण्डनै गैरजिम्मेवार बन्दा आजको अवस्था आएको जिकिर गरेका छन् । जनयुद्ध हाँकेर आएको नेतृत्व गैरजिम्मेवार…
Read Moreसमानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु :अध्यक्ष साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक विषयमा रोइलो गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि हानाथाप भएपछि उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै यस्तो चेतावनी दिएका हुन् । उनले लेखेका छन्,‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो ।’ हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सीट प्राप्त गरेको छ…
Read Moreस्वर्णिम वाग्लेको चुनाव खर्च सार्वजनिक, २६ लाख ९० हजार खर्च
काठमाडौं । प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेको आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनले चुनावको लागि २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन् । उनको प्रचार प्रसार सामग्री खरिद तथा प्रिन्टको लागि सबैभन्दा बढि ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको देखिएको छ । त्यसैगरी विद्युतिय प्रचार प्रसार ३ लाख ४८ हजार ४६४ रुपैयाँ,खाना खाजा तथा अस्थायी बसोवास ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको छ ।
Read Moreचुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा
काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय अग्रता लिइरहेको छ । पछिल्लो अपडेट अनुसार रास्वपाले ३६ सिट जितेको छ । यसले पुराना दलहरूलाई चुनौती दिएको छ । जसमध्ये नेपाली कांग्रेस हालसम्म ६ सिटमा विजयी बन्दै दोस्रो स्थानमा खुम्चिएको छ । प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेसबाट जित हासिल गर्ने उम्मेदवारहरूमा डोटी– १ बाट भरतबहादुर खड्का १४,८९७ मतले बिजय हुँदा दैलेख– १ बाट बासना थापा १२,३७२ मत, सन्तोष सुब्बा –तेह्रथुम – १ बाट ११,५६१ मतले विजय भएका छन् । यस्तै,…
Read Moreर्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
काठमाडौं । पछिल्ला केही वर्षमा नेपालको राजनीतिमा तीव्र परिवर्तन देखिएको छ । यही परिवर्तनको केन्द्रमा छन् काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), जो ¥याप संगीतको मञ्चबाट राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गर्दै अहिले प्रधानमन्त्री बन्ने सम्भावित नेताका रूपमा चर्चाको केन्द्रमा छन् । २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै उनले काठमाडौं महानगरपालिकाको मेयर पदमा ऐतिहासिक जित हासिल गरेका थिए । लौरो चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका बालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए । उनकी मुख्य प्रतिस्पर्धी कांग्रसकी सिर्जना सिंहले…
Read Moreउज्यालो नेपाल निर्माणका लागि थप सक्रिय रहने कुलमानको प्रतिवद्धता
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डेलाई बधाई दिएका छन् । उनले आगामी दिनमा उज्यालो नेपाल निर्माणका लागि थप सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । पराजित भएपछि सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै निर्वाचनमा विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै चुनावको परिणाम जे जस्तो भए पनि क्षेत्रको समग्र विकास, सुशासन, समृद्धिसहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।…
Read Moreललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्। खरेलले ११ हजार ५४७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले एक हजार ५२१ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले एक हजार १३६ मत प्राप्त गरेका छन्।
Read Moreभक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार रुकेश रन्जित विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन् । यससँगै उनीहरूबीचको मतान्तर पाँच हजार २८९ पुगेको छ । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपाने चार हजार २२८ मत ,नेकपा (एमाले) का सोमप्रसाद पाण्डेले तीन हजार ७२१ मत ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भरतबहादुर…
Read More