सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूह आजबाट प्रदर्शनमा उत्रिँदै

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले आजबाट आजबाट विरोध प्रदर्शन गर्दैछ । ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने जनाएको छ । सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहले बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने छ । आफैँले बनाएको सरकारले जेनजीका माग र मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्रीको १०० दिन पुगेकै दिन आन्दोलनको घोषणा गरेका हुन् । वर्तमान सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको मर्म नबोकेको उनको भनाइ छ ।

Read More

जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप

काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको गतिविधिको चर्को आलोचना गरेका छन् । आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा सभामा उनले सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए । उनले भने, ‘सुशीलाजीले के गर्नुभयो र ? केही पनि गर्नुभएको छैन । समस्या के हो सरकारले कहिल्यै राम्रोसँग हेरेन । सुरुमा उदाहरणीय देखिएको भएपनि अहिले सरकार कामचोर हो कि जस्तो लाग्छ । यस्तो सरकार देखिएको थिएन ।’ उनले सरकारले गरेको कामको चित्त नबुझेर नै आन्दोलनका उत्रिन लागेको बताए । ढुंगानाले प्रधानमन्त्री पदमा कसको समर्थनमा पुगेको हो भन्ने प्रश्न उठाउँदै…

Read More

कानूनका भाषा र ढाँचाहरुमा एकरुपता ल्याउन तालिमको व्यवस्था गर्न निर्देशन

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कानून निर्माणको ढाँचा, शब्द आदीको विषयमा एकरुपता ल्याउनको लागि तालिमको व्यवस्था गर्ने निर्देशन दिएको बताएका छन् । आइतबार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा उनले कानून निर्माणको सन्दर्भमा थुप्रै विषयहरु उठेको भन्दै कानुनका भाषा र ढाँचाहरुमा सकेसम्म एकरुपता ल्याउन जनशक्तिहरुलाई तालिमको व्यवस्था गर्न निर्देश गरेको बताए । उनले भने, ‘मेरो तर्फबाट पनि कमी कमजोरीहरु धेरै देखिएका छन् । आफैंले पनि मूल्यांकन गर्दैछु । कानून निर्माणको सन्दर्भमा उठेका विषयमा, त्यसको ढाँचा, शब्दको विषयमा एकरुपता…

Read More

जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने बताए । जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्ने पनि उनको प्रतिबद्धता छ । उनले भने, ‘जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी छ । जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुदैँन् । सिंहदरबार…

Read More

निर्वाचन तोकिएकै समयमा हुन्छ :प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनको लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन् । उनले भनिन्,‘हामी चुनाव गराउनै लागिरहेका छौँ । असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ । अबको हाम्रो लक्ष्य चुनाव गराउने हो, चुनाव भए मात्र…

Read More

‘राजस्व र स्रोत साधनको न्यायोचित बाँडफाँटमा आयोगको भूमिका उल्लेख्य’

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आयोगले तीनै तहका सरकारको खर्च, जिम्मेवारी र राजस्व असुली सुधारका उपाय सुझाउने बताएका छन् । आइतबार काठमाडौंमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशन गरेको ‘वित्तीय सङ्घीयता दर्पण–२०८२’ को लोकार्पण गर्दै उनले आयोगको ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ मा व्यवस्था भए अनुसार आयोगले संघ, प्रदेश र स्थानिय तहबीच राजस्व र स्रोत साधनको न्यायोचित बाँडफाँटका लागि आधार र ढाँचा तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको आएको बताए । उनले भने, ‘आयोगको ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन…

Read More

एमडिएमएस प्रणाली भ्रष्टाचारको जालोभित्र जकडिएको छ, त्यो च्यात्नैपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)का विषयमा आफू मन्त्री बनेपछि अध्ययन, बुझाइ र समीक्षा गरेको बताएका छन् । शनिबार नेपाल मोबाईल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले एमडिएमएस भ्रष्टाचारको जालोभित्र जकडिएको र त्यस जालोलाई च्यात्नैपर्ने बताए । ‘एमडिएमएसको कुरा म मन्त्री भएर आउने बित्तिकै सोधे, बुझे, पढे । भष्ट्रचारको जालोभित्र जकडिएर बसेको रहेछ । त्यो भष्ट्रचारको जालोभित्र भएको एमडिएमएसलाई त्यो जालो च्यात्यौँ भनेर खोजेको स्वस्थानी ब्रतकथामा महादेवले झुपडी च्यातेर सुनै सुनको महल बनाए जस्तो त हँुदो रहेनछ,’…

Read More

उज्यालो नेपाल पार्टीले दलित समुदायबाट पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउँछ : किरण बिक

काठमाडौं । उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने बताएको छ । शनिबार राजधानीमा पार्टीका युवा नेता किरण बिकले कार्यक्रम गरि दलित समुदायबाट राज्यको शिर्षस्थानमा नहुँदा न्याय नपाएको भन्दै आफ्नो पार्टीले आउँदो चुनावमा मुख्य एजेण्डा बनाउनेसमेत जनाए । बिकले देशभर रहेका करिब ७० लाख दलितलाई अधिकार दिने राजनीतिक कार्यदिशा रहेको बताउँदै भने,‘मुख्य पुराना दलहरुले दलित समुदायलाई सत्तामा पुग्ने भर्याङ र भोट बैंकको रूपमा मात्र प्रयोग, तर उज्यालो नेपाल पार्टीले उनिहरुलाई निर्णायक नेतृत्वमा पुर्याउने छ ।’ उनले जेन्जी आन्दोलनका क्रममा भएका दलित सहिद तथा दलित घाइतेको उच्च सम्मान गरिने र…

Read More

मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको चौबीसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफू एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन् । हिजोमात्रै भैरहवा कारागारबाट रिहा भएका लामिछानेले चितवनबासीले अन्यायका विरुद्ध निरन्तर आवाज उठाउँदै आएको भन्दै आभार व्यक्त गरे । उनले चितवनले आफूलाई मात्र होइन, देशलाई नै न्याय गर्ने विश्वास व्यक्त गरे । सभालाई सम्बोधन गर्दै उनले भने, ‘आज पर्यन्त अन्यायका विरुद्ध चितवनबासीले यहीँबाट आवाज उठ्दै आएको छ । यो गुन तपाईंहरूले मलाई मात्रै होइन, देशकै लागि लगाउनुभएको हो । म…

Read More

विगतका कमजोरी सच्चाएर इमान्दारिताका साथ देश रुपान्तरण गर्छौंः माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले विगतमा गरेका कमजोरीलाई सच्चाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पार्टी देशलाई सन्तुलित विकासको बाटोमा अघि बढाउने हिसाबले अघि बढेको भन्दै र विगतको कमजोरीलाई सच्चाएर इमान्दारिताका साथ देश रुपान्तरण गर्ने बताए । उनले भने, ‘हामी सबै क्षेत्रमा ध्यान पु¥याएर देशलाई सन्तुलित विकासको बाटोमा अघि बढाउन चहान्छौ । यीनै विचार र मान्यताका साथ हामी तपाईहरुको माझमा आएका पनि छौ । तपाईहरुले हामीलाई विश्वास पनि गर्नु भएको छ । हामीलाई हौसला दिनु भएको…

Read More