काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता कायम गरेका छन् । कुल मतमध्ये १८ हजार ९ सय १४ गणना हुँदा पराजुलीले ११ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् । यस्तै, एमालेबाट प्रकाश श्रेष्ठले १ हजार ७८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले १ हजार ५ सय ९५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वसन्तप्रसाद मानन्धरले १ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् ।
Read MoreCategory: राजनीति
झापा ५ : बालेन ओलीभन्दा दोब्बर मतभन्दा बढीले अगाडि
काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन् । बालेन केपी ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् । एमालेका अध्यक्ष ओलीले १ हजार २४८ मत पाएका छन् ।
Read Moreगुल्मी–१ : रास्वपाका सागर ढकालको अग्रता, प्रदीप दोस्रो स्थानमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले गुल्मी १ मा अग्रता लिएका छन् । ढकालले २४३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले ११८ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी भने १०५ मत प्राप्त गरेका छन् ।
Read Moreकाठमाडौं ३ मा राजुनाथ पाण्डेको अग्रता कायमै
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम राखेका छन् । पाण्डेको प्रतिस्पर्धीका रुपमा उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ रहेका छन् । पाण्डे ३६ सय ३६ मतको अग्रताले लिएका हुन् । रास्वपाका गोकर्णेश्वर नगरपालिकाका सभापति भागवत सापकोटाका अनुसार गोकर्णेश्वर नगरपालिकाको १ देखि ७ नम्बर वडा सम्मको मत गणना समापन भइसकेको छ । ‘८ नं वडाको मत गणना सुरु भएको छ । रास्वपाका पाण्डेको हाल ९ हजार २३ र कुलमान ५ हजार ३८७ मत प्राप्त भएको छ । कांग्रेस तेस्रो स्थानमा एमाले चौथो…
Read Moreकाठमाडौं ९ मा रास्वपाका अर्याल भारी मतले अगाडि
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा मत गणना जारी छ । पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्यालले ५५५९ मत प्राप्त गरेका छन् । हालसम्म ८५९२ मत गणना हुँदा अर्यालले ५५५९ मत प्राप्त गरेका हुन् । अर्यालका प्रतिस्पर्धी कांग्रेसकी नानुमैया बास्तोलाले ११२६ मत प्राप्त गरेकी छिन् । यस्तै एमालेका अजयक्रान्ति शाक्यले ९७० मत पाएका छन् ।
Read Moreधनुषा ३ मा रास्वपाका मनिष झाको अग्रता
धनुषा । धनुषाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिइएको छ । रास्वपाका उम्मेदवार मनिष झाले १४ हजार १८९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले हालसम्म ४ हजार ०८० मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा १ हजार ७९१ मत प्राप्त गरेकी छन् ।
Read Moreधादिङ १ : आशिका तामाङ अग्रता, एमाले दोस्रो
काठमाडौं । धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी आशिका तामाङले २ हजार ६०८ मत प्राप्त गरेर अग्रता कायम राखेकी छिन् । अहिलेसम्म ६ हजार ९४ मत गणना हुँदा आशिकाले २ हजार ६०८ मत पाएकी छिन् । एमालेका भूमि त्रिपाठीले १ हजार ५२२ मत प्राप्त गरेका छन् । नेकपाका राजेन्द्र पाण्डेले ८४४ मत प्राप्त गर्दा कांग्रेसका कृष्ण आचार्यले ७३० मत पाएका छन् ।
Read Moreललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम
काठमाडौं । ललितपुर क्षेत्र नं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता कायम गरेकी छन् । मत गणना अन्तिमतिर पुग्दा रास्वपाकी कार्कीले ७ हजार १३५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १ हजार १७३ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका सन्दन थापाले ५६१, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले ५६२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन कुमार खड्काले ३१० मत प्राप्त गरेका छन् ।
Read Moreचितवन २ : रविकाे अग्रता कायमै, कांग्रेस तेस्रो
काठमाडौं । चितवन २ मा रास्वपाका सभापति रवि लामिछानले अग्रता कायमै राखेका छन् । १४ हजार २२ मतगणना हुँदा लामिछानेले ६७०० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपाका प्रताप गुरुङले १५५७ मत ल्याएका छन् ।
Read Moreकाठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने विजयी भएकी छन् । निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार उक्त निर्वाचनमा कुल २९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । मतगणनाको अन्तिम परिणाम अनुसार यस क्षेत्रमा कुल २९ हजार ७ सय ७४ मत खसेको थियो । निर्वाचन अधिकृत खड्काले जानकारी दिँदै भने, ‘हिजो भएको प्रतिनिधिसभाको निर्वाचनमा २९ जनाले उम्मेदवारी दिएका थिए । जसमा मतगणना अनुसार काठमाडौं क्षेत्र नं १ मा २९ हजार ७ सय ७४ मत खसेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव…
Read More