मुगु । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि जिल्लामा गरिएको प्रतिनिधि छनोट प्रक्रिया अपारदर्शी, पक्षपातपूर्ण र मापदण्ड विपरीत भएको आरोपसहित स्थानीय नेता–कार्यकर्ताहरूले विरोध जनाएका छन् । आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने एमालेको केन्द्रीय महाधिवेशनका लागि मुगुबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन प्रक्रिया टुंगो लागेको भए पनि एकै गाउँका तीन जना प्रतिनिधि छनोटमा पर्नु जालझेल र मापदण्ड विपरीत भएको भन्दै विरोध गरिएको हो । मुगुमा खुला, महिला, युवा र दलित समावेशी समूहबाट प्रतिनिधि चयन भए पनि सो प्रक्रिया अपारदर्शी र पक्षपातपूर्ण रहेको भन्दै केही स्थानीय तथा कार्यकर्ताहरूले असन्तोष व्यक्त गरेका छन्…
Read MoreCategory: राजनीति
जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । मंसिर १४ गते बसेको नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन, आयोजक कमिटीको पहिलो बैठकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्ने र भदौ २४ गते सरकारी सम्पत्ति र निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरूलाई छानविन गरी दोषीमाथि कारवाही गर्न माग गर्ने प्रस्ताव पारित गरेको नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जानकारी दिएका छन् । साथै, हिजोको राजनीतिलाई परिस्कार गर्न, त्यसका गलत कुरालाई सुधार…
Read Moreनेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा(फेसबुक) लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा गरेको संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा व्यवसाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्ने बताएका हुन् । उनले भने, ‘हाम्रो देशको आफ्नो स्वाधिनता छ । रेगुलेशन अत्यन्तै आवश्यक छ । राष्ट्रिय स्वाधिनतको हिसाबले नेपालमा व्यवसाय गर्न आउने सबैले नेपालमा दर्ता हुनुपर्छ कि पर्दैन ? नेपालको संविधान मान्न पर्छ कि पर्दैन ? नेपालको कानुन मान्न पर्छ कि पर्दैन…
Read Moreकांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनका लागि आवश्यक कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ । बैठकपछि पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिँदै महाधिवेशन आगामी २०८२ पुस २६, २७ र २८ गते गर्ने निर्णय भएको बताए । उनका अनुसार बैठकले पार्टी संरचना सुदृढिकरण तथा महाधिवेशन तयारीका विषयमा विस्तृत छलफल गरेको थियो । महतले भने, ‘बैठकले लामो छलफलपछि १५ औँ महाधिवेशनका सन्दर्भमा महत्वपूर्ण निर्णयहरू गरेको छ । कांग्रेसको १५ औँ महाधिवेशन २०८२ पुस २६,२७ र २८ गते हुने गरि प्रस्तावित कार्यतालिका केन्द्रीय समितिमा पेस गरिएको थियो र…
Read Moreविराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?
विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्यो । सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखे । संयोजक ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै नेपाली जनताको आत्मसम्मान र स्वाधीनताको रक्षा वामपन्थी एकताको मुख्य आधार भएको बताए । उनले सम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्टी एकता र विभाजनको…
Read Moreएनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतापछि यस्तै एकता राजनीतिक दलहरुमा पनि आवश्यक रहेको बताएकी छिन् । आइतबार गैरआवासीय नेपाली संघ(एनआरएनए)को बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरु पदका लागि एकआपसमा फुटेको भन्दै मेलमिलापको आवश्यक परेको बताएकी हुन् । उनले भनिन्, ‘एनआरएनएहरुको यो उपस्थितीले बलियो बन्ने देखिएको छ । तपाइँहरु एक हुनुभएको छ, यो राम्रो सन्देश हो । पदका कुरालाई लिएर हाम्रा राजनीतिक दलहरुमा के भईरहेको छ तपाईहरुलाई थाहा नै छ । पदका लागि एकआपसमा छिनाझपटी गर्न राम्रो होइन् । कमसेकम तपाईहरु मिलेजस्तो दलहरुमा पनि मेलमिलापको…
Read Moreनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक सोमबारका लागि सर्यो
काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बैठक स्थगित गरिएको छ । आइतबार दिनको २ बजे बस्ने भनिएको बैठक स्थगित गरी सोमबार दिनको २ बजेका लागि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक सोमवार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,ं आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिको रहनेछ ।
Read Moreएमाले बाजुराबाट पार्टीको ११ औं महाधिवेशनका लागी १६ जना प्रतिनिधी सर्वसम्मत
बाजुरा । नेकपा एमाले बाजुराले सर्वसम्मत प्रतिनिधी छनोट गरेको छ । पार्टीको ११ औं महाधिवेशनका लागि एमाले बाजुराले जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन गरेको हो । यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११ औं महाधिवेशनका लागि बाजुराबाट १६ जना प्रतिनिधी छनोट भएका छन् । खुला, महिला, दलित र युवा कोटा गरी जम्मा १६ जना प्रतिनिधी सर्वसम्मत छानिएका हुन्।प्रतिनिधी छनोटमा खुला तर्फ ७ जना छन् । जसमा लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्मी, गगन रावल भरत थापा, मनलाल विष्ट, मेघराज शाही छन् । महिला तर्फ ४ जना छन्।…
Read Moreकांग्रेस विशेष महाधिवेशन पक्षधरको अडान : कार्यतालिका नभइ महाधिवेशन चाहिएको हो
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरुले कार्यतालिका नभइ महाधिवेशन नै माग गरेको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित एक भेलापछि विज्ञप्ति जारी गर्दै उनीहरुले नियमित महाधिवेशनको तालिकामा प्रस्तुत भए पनि विशेष महाधिवेशनको माग निष्क्रिय नहुने स्पष्ट पारेका हुन् । ‘हामीले केवल महाधिवेशनको कार्यतालिका मागेका होइनौं । हामीले महाधिवेशन मागेका नै हौं । हामीले चुनावअघिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौं‚’ विज्ञप्तिमा भनिएको छ । वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित हुने भएमा मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ। अन्यथा,…
Read More‘सामाजिक सुरक्षालाई बाध्यकारी बनाउँदा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्छ’
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चारमाध्यमलाई सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका छन् । बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सामाजिक सुरक्षाको विषय कानुनमा नै व्यवस्था गरिएको बताउँदै सबै सञ्चारमाध्यमलाई उत्साहपूर्वक सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका हुन् । उनले भने, ‘राज्यबाट सञ्चालित सञ्चारमाध्यममा कार्यरत पत्रकार मात्रै र कर्मचारीमात्रै नभएर, के आह्वान गर्न चाहान्छु भने निजी सञ्चारमाध्यम जो औपचारिक क्षेत्र भनेर भनिएको छ । निजी सञ्चार माध्यमपनि आफै उत्साही भएर सामाजिक सुरक्षाको दायरामा तपाईहरु अन्तर्गतका कर्मचारीहरुलाई ल्याउनको लागि आह्वान गर्न चाहान्छु । किनकी यो कानुनमा नै व्यवस्था गरिएको…
Read More