काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणि माविको मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेका हुन् । उनले सबैलाई भयरहित वातावरणमा मतदान गर्न आग्रह समेत गरेका छन् । उनले भनेका छन,‘बिहानै मतदान गरियो । यो लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास हो । म अपेक्षा गर्दछु यो अभ्यासमा जति पनि मतदाता हुनुहुन्छ सम्भव भएसम्म आफ्नो विवेकलाई प्रयोग गर्नुहुनेछ । आवेगमुक्त भएर मतदाताले अबको देशको समाधानका लागि आफ्नो निर्णय दिनुहुनेछ ।’ कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति…
Read MoreCategory: राजनीति
पूर्वमन्त्री कुलमान घिसिङले महाँकालबाट गरे मतदान
काठमाडौं । उज्यालो नेपाल पार्टीका अभियन्ता एवं पूर्वमन्त्री कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान मतदान गरेका छन् । घिसिङले काठमाडौं महानगरपालिका–६ स्थित महाँकाल जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले भने, ‘एकदमै उत्साहित छु, अहिलेसम्म छु, जनताले विश्वास गरेर हामी जित्छौ।’ यस पटकको निर्वाचनमा कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत छन् ।
Read Moreरास्वपा सभापति रवि लामिछानेद्वारा काठमाडौंमा मतदान
काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले काठमाडौंमा मतदान गरेका छन् । उनले आज बिहान काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यो निर्वाचनले मुलुकमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे । ‘विगतका अन्य चुनाव भन्दा यो निकै महत्वपूर्ण छ। त्यसकारण अलिक भावुक पनि भए म अहिलेको परिस्थितीलाई हेरेर’ लामिछानेले भने, ‘यो ऐतिहासिक हुन्छ भनेर अपेक्षा गरेको छु ।’ लामिछाने आफू चितवन–२…
Read Moreबालेन शाहले तीनकुनेको अन्नपूर्ण विद्यालय केन्द्रबाट गरे मतदान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहले आज बिहानै मतदान गरेका छन्। उनले काठमाडौं महानगरपालिका–९, तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्। बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा सहभागी हुन बालेन शाह बिहानै केन्द्र पुगेका थिए । उनी यतिबेला रास्वपाबाट झापा क्षेत्र नं ५ मा मुख्य प्रतिस्पर्धीका रूपमा पनि रहेका छन्।
Read Moreदेशभर मतदान सुरु
काठमाडौं । आज देशैभर प्रतिनिधिसभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । गत भदौमा संसद विघटन भएपछि हुन लागेको यो ऐतिहासिक मध्यावधि निर्वाचनमा आम नागरिकको सहभागिता उत्साहजनक देखिएको छ । बिहानैदेखि मतदान केन्द्रमा मतदाताहरु लाइन बसेका छन् । राजधानी काठमाडौंसहित देशभरका १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्रहरूमा बिहान ७ बजे नै मतदान प्रक्रिया सुरु भएको हो । बिहानैदेखि मतदाताहरू विशेष गरी युवा र जेष्ठ नागरिकहरू, नजिकैको मतदान केन्द्रमा लामबद्ध भएका छन् । निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था…
Read Moreपर्सा २ का उम्मेदवार मनोज चौधरीसहित चार जना पक्राउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साकाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई प्रक्राउ गरेको हो । चौधरी सवार गाडीबाट शंकास्पद वस्तु समेत फेला परेको प्रहरीले जनाएको छ । यस बारे थप अनुसन्धान भइरहेको छ र घटनाबारे थप जानकारी पत्रकार सम्मेलन मार्फत दिइने प्रहरीले जनाएको छ ।
Read Moreसर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकर्ता पक्राउ
सर्लाही । सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका २, निवासी ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन् । उनलाई गए राती सोही ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट २५ हजार नगद रकम बरामद भएको जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना…
Read Moreमतपेटिका सेनाले लैजाने हल्ला गलत : गृहमन्त्री
निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा संयन्त्र परिचालित काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालित गरिएको जानकारी दिए । उनका अनुसार सबै सुरक्षा निकायहरू मतदान स्थलसम्म परिचालन भइसकेका छन् र आवश्यक परेका बेला सुरक्षाको अवस्थालाई नियन्त्रणमा राख्ने तथा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ । देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिइएको उनको भनाइ छ । उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुरक्षा सम्बन्धी तयारी एकीकृत सुरक्षा…
Read Moreउज्यालो नेपाल पार्टीद्वारा उम्मेद्वारी फिर्ताबारे फैलिएको अफवाहको खण्डन
काठमाडौं । उज्यालो नेपाल पार्टीले केही निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता लिएको भन्ने विषयमा फैलिएको समाचारलाई असत्य र भ्रामक भएको स्पष्ट पारेको छ । पार्टीका प्रवक्ता डा.राजु थापाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा मोरङ–६, डोल्पा र अछामलगायतका क्षेत्रमा पार्टीले उम्मेदवारी छोडेको भन्ने अफवाह फैलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीले आधिकारिक रूपमा उम्मेदवारी फिर्ता गराउने कुनै निर्णय नगरेको स्पष्ट गरिएको छ । पार्टीले सम्पूर्ण मतदातालाई भ्रममा नपर्न आग्रह गर्दै प्रत्यक्षतर्फ ‘चिम’ चुनाव चिन्ह र समानुपातिकतर्फ ‘बाँसुरी’ चुनाव चिन्हमा मतदान गर्न अनुरोध गरेको…
Read Moreकुलमानलाई विजयी गराउन काठमाडौंका सोलुखुम्बु र ओखलढुंगाबासी संगठित
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका कुलमान घिसिङलाई विजयी गराउन काठमाडौंमा रहेका सोलुखुम्बु र ओखलढुंगाबासी संगठित भएका छन् । शनिबार काठमाडौमा भेला भएका उनीहरुले काठमाडौं क्षेत्र नम्बर तीनमा बसोबास गर्ने दुई जिल्लाका मतदाताले सामूहिक अभियान चलाउने पनि प्रतिवद्धता जनाएका छन् । विहान भेला भएका विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजिवी, स्थानीय मतदाताबीच अभियान सञ्चालन गर्ने निर्णय समेत भएको छ । सो अवसरमा घिसिङसँग भेटघाट तथा निर्वाचन सम्बन्धमा छलफल गरिएको थियो ।
Read More