मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

जनकपुर । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरुले सभामुख मण्डलमाथि महाभियोग दर्ता गरिएको थियो । महाभियोग माथि आज बसेको प्रदेश सभाको बैठकमा छलफल पश्चात मत विभाजन गरिएकोमा महाभियोग प्रस्तावको पक्षमा ७६ सांसदले मत दिएका थिए भने महाभियोगको विपक्षमा सून्य मत परेको थियो । आजको बैठकमा कुल उपस्थित सांसदहरुको संख्या ७८ रहेको थियो । उपसभामुख बबिता राउत इसरले प्रदेश सभा कार्य सञ्चालन नियमावली अनुसार उक्त संख्या प्रदेश सभाको दुई तिहाई रहेकोले सभामुख मण्डल पदमुक्त भएको जानकारी गराइन…

Read More

‘६ गतेको एमालेको प्रदर्शनपछि जेनजीकी हजुरआमा सुशीला कार्कीले राजीनामा दिनुपर्छ’

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आगामी ६ गतेको एमालेको प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दावी गरेका छन् । बुधबार सिमरा जान रोकिएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ६ गतेको एमालेको प्रदर्शनपछि आफूले राजीनामा दिनुपर्छ भन्ने थाहा पाएर प्रधानमन्त्री कार्कीले बारामा कार्यक्रमको लागि जान आफूहरुलाई रोकेको आरोप लगाए । उनले भने, ‘हामी ६ गते उपत्यका स्तरको ठूलो सभा ११ बजे भृकुटीमण्डपमा गर्दै छौं । ६ गतेको त्यो सभा व्यापक सफल भएपछि सुशीला आमैले राजीनामा दिनुपर्छ भन्ने कुरा उनलाई थाहा छ । अब हल्लीसक्यो जरादेखि नै भन्ने उनलाई थाहा…

Read More

राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने तय भएको छ । सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरि दुई समितिको बैठक बस्न लागिएको हो । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा वारेमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ः३० बजे बस्ने तय भएको छ । साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने…

Read More

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ४ गतेलाई सर्यो

काठमाडौं । नेपाली कांग्रेसको मंसिर १ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ । मंसिर १ गते सोमबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने गरि सारिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पनि बताएका छन् ।

Read More

निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत

काठमाडौं । फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरिएको छ । गृहमन्त्रीको अध्यक्षतामा आइतबार बसेको चारवटै सुरक्षा निकायसहितको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ को प्रस्ताव अनुसार नेपाली सेना परिचालनको विषयमा समेत निर्णय भएको छ । उनले नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्मा सिफारिस गर्ने र त्यसका लागि रक्षा मन्त्रालयमा लेखेर पठाउने निर्णय भएको छ। उनले भने, ‘विभिन्न कार्ययोजनासहितको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको…

Read More

प्रदेश सभा विघट्न गरी प्रदेश प्रमुख शासन लागू गर्न युवाहरुको माग

जनकपुर । जनकपुरधामका युवाहरुको एक समूहले मधेश प्रदेश सभा विघ्टन गरी प्रदेश प्रमुख शासन लागू गर्न माग अघि सारेका छन् । स्वतन्त्र युवा समाजका युवा अगुवाहरुले आईतबार मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभलाई मधेश प्रदेश राजनितिक किचलोको सिकार भइरहेको भन्दै निकासका लागि प्रदेश सभा विघटन गर्न मागसहितको पत्र बुझाएका छन् ।   युवाहरुले उक्त पत्र राष्ट्रपति कार्यालयमा बुझाइदिन प्रदेश प्रमुख डा. लाभलाई आग्रह गरेका छन् ।   मधेश प्रदेश सभाका सांसदहरुको लुछाचुडीका कारण प्रदेशको सम्पूर्ण मन्त्रालय, कार्यालयहरु अस्तव्यस्त भइसकेकोले देशको सार्वभौम सत्ता, राष्ट्रियतामा गम्भिर असर परेको पत्रमा उल्लेख रहेको…

Read More

देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च

काठमाडौं । दीननाथ घिमिरे नेतृत्वको नेपाल देशभक्त प्रजातान्त्रिक मञ्च (नेदेप्रमञ्च) ले देश बचाउन संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्री चुन्ने प्रणालीको माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी २०६३ सालमा तत्कालिन राजासँग दलहरुले गरेको सहमति कार्यान्वयन नभए चुनाव फागुन २१ मा हुन नदिने चेतावनी दिएका छन् । मञ्चका अध्यक्ष दीननाथ घिमिरेले नेपालमा बारम्बार राजनीतिक परिवर्तन भएपनि देश एकपछि अर्को गर्दै झनझन परनिर्भरता तिर जानु दुःखद भएको बताए । आफूहरुको मञ्चले देशभक्तहरुलाई एक बनाएर संवैधानिक हिन्दू राजसंस्था सहितको पूर्ण प्रजातन्त्रका लागि अभियान चलाउने बताए । बदलिदो परिस्थिति…

Read More

संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्मन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको संविधानका विषयमा गहन छलफल आवश्यक रहेको औंल्याएका छन् । उनले हालकै संविधानबाट देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए । आइतबार आयोजित संघीय लोकतान्त्रिक गणतन्त्र : चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानमा कमीकमजोरी हुनसक्ने भन्दै संविधान संशोधनलगायतका विषयमा गहन छलफल गर्नुपर्ने बताएका हुन् । ‘संविधानको लामो अभ्यास गर्दै जाँदा यहाँभित्र पनि कमीकमजोरी छ कि यो संविधान पनि संशोधन गर्नुपर्छ कि, शासकीय स्वरुप, निर्वाचन प्रणाली विभिन्न कुराहरु उठेका छन् । त्यसकारण यी विषयमा र संघीयताको बारेमा अन्तरसंवाद गरेर मुलुकलाई निकाश…

Read More

दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

काठमाडौं । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज (आइतबार)अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो । आयोगमा दर्ता भएका नयाँ केही दलले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन् । हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको आयोगले जनाएको छ ।

Read More

‘जेनजी आन्दोलनमा महानगरको दमकल सेवाको अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको छ’

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भाद्र २४ गतेको जेनजी आन्दोलनमा भएको आगलागीमा महानगरको दमकल सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको बताएका छन् । आइतबार महानगर प्रहरीबलबाट भए गरेको कार्यहरुको ‘महानगरप्रहरी नामक’ श्रव्य–दृश्य सामाग्री प्रदर्शन कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको दौरानमा काठमाडौंको हिल्टन होटल, सर्वोच्च अदालत भवन, संघीय संसद भवन, सिंहरदबारलगायत ठाउँमा ७९ पटक ललितपुरमा महानगरपालिकाले दमकल सेवा प्रदान गरेको बताउँदै उक्त सेवाको चौतर्फी चर्चा भइरहेको बताएका हुन् । उनले भने,‘ जेनजी आन्दोलनको दौरानमा ललितपुरमा महानगरको दमकलको सेवा काठमाडौंको हिलटन, सर्वोच्च, प्रतिनिधिसभा, सिंहरदबार लगायत ठाउँमा ७९ पटक दमकल…

Read More