काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम शुरू गर्ने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२’ को बुँदा नं २१ मा यो विषय उल्लेख गरेको छ । ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ ÷उसले खट्ने त्यहाँझ नीति अन्तर्गत पार्टीका…
Read MoreCategory: राजनीति
भूमिहीनको आवाज ओलीसमक्षः ‘फेरि जितेर धनीपुर्जा दिलाइदिनुहोस्’
झापा । झापाको कमल गाउँपालिकामा बसोबास गर्दै आएका भूमिहीन परिवारहरूले आफ्ना दीर्घकालीन समस्या समाधानका लागि नेकपा (एमाले) र त्यसको नेतृत्वको विकल्प नरहेको बताएका छन् । उनीहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै आगामी निर्वाचनमा पुनः विजयी भई आफूहरूलाई जग्गाको धनीपुर्जा दिलाइदिन आग्रह गरेका छन् । कमल गाउँपालिकाका विभिन्न बस्तीमा आयोजित भेटघाटका क्रममा भूमिहीन परिवारहरूले भूमिसम्बन्धी समस्या समाधानमा एमाले नेतृत्वले देखाएको पहल स्मरण गर्दै निरन्तरता आवश्यक रहेको धारणा राखेका हुन् । स्थानीय भन्छन्,‘आयोग गठनदेखि नीतिगत निर्णयसम्मको स्पष्ट इच्छाशक्ति एमालेले मात्र देखाएको छ ।’ भेटका क्रममा अध्यक्ष ओलीले एमाले…
Read Moreजेनजी आन्दोलनले नेपाल प्रहरीमा भौतिक र मानसिक असर पारेको छ : गृहमन्त्री अर्याल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौमा भएको जेनजी आन्दोलन तथा त्यससँग सम्बन्धित घटनाक्रमले नेपाल प्रहरीलाई भौतिक र मानसिक दुवै रूपमा गहिरो प्रभाव पारेको बताएका छन् । नेपाल प्रहरी रणनीतिक सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले ती घटनाका कारण संगठनभित्र चुनौती उत्पन्न भएको उल्लेख गर्दै संगठनात्मक क्षमताको पुनःस्थापना आवश्यक रहेको धारणा राखे । उनले भने, ‘गत भदौमा भएको जेनजी आन्दोलन र त्यसै सन्दर्भमा भएका घटना परिघटनाहरुको प्रमुख प्रभाव भौतिक र मानसिक रुपमा समेत नेपाल प्रहरीमा अत्यन्त पर्न गएको छ । सांगठनिक क्षमताहरुको पुनःस्थापना, सुरक्षा र अपराधका नविनतम चुनौतिहरु सम्बोधन गर्न सक्ने…
Read Moreनिर्वाचनले कांग्रेस–कम्युनिष्टलाई सबक सिकाउने मात्र होइन, प्रियतावादबाट पनि जोगाउने हो : पूर्ण बस्नेत
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनले कांग्रेस–कम्युनिष्टलाई सबक सिकाउने मात्र नभई विचार बिहीन प्रियतावादबाट पनि राजनीतिलाई जोगाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक माहोल तथा चुनावी अभियानबारे टिप्पणी गर्दै बस्नेतले उक्त धारणा राखेका हुन् । बस्नेतले भने, ‘निर्वाचनको माहोल हेर्दा मतदाताले यसपटक कांग्रेस–कम्युनिष्टले गरेका राजनीतिक कर्मको फल पाउँछन् नै जस्तो छ तर त्यसको विकल्पमा मतदाता विचार विहीनता रोज्ने र प्रीयतावादमा फस्ने खतरा पनि देखिन्छ ।’ भूमि विधेयकका विरुद्धमा पार्टीले लिएको अडान निर्वाचनमा जसपा नेपाललाई भोट दिनुपर्ने मुख्य आधार भएको उनी बताउँछन्…
Read Moreमहिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन : नीशा अधिकारी
काठमाडौं । अभिनेत्री तथा काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार नीशा अधिकारीले महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरू व्यक्तिगत आलोचना नभई समाजमा गहिरो रूपमा जरा गाडेको महिला–विरोधी सोचको प्रतिबिम्ब भएको बताएकी छन् । गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार अधिकारीले सामाजिक सञ्जालमा लेख्दै यस्ता शब्द र अभिव्यक्तिलाई असहमति वा बहसको रूपमा लिन नसकिने उल्लेख गरेकी छन् । उनले यो सार्वजनिक जीवनमा सक्रिय महिलालाई डराउन, चुप गराउन र राजनीतिबाट हटाउन प्रयोग गरिने हिंसात्मक भाषा भएको बताएकी छन् । अधिकारीले आफूले पाएको समर्थन, विश्वास र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै त्यसले घृणाभन्दा ठूलो…
Read Moreकांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस कम्युनिस्टले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण देशमा असहज अवस्था आएको बताएका छन् । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३, हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले असहज अवस्थाको जिम्मेवार ती दुबै पार्टीको भएका बताए । २०४६ सालको जनआन्दोलन पश्चात गठन भएका सरकारहरुमा कांग्रेस र कम्युनिस्ट जिम्मेवार रहेको बताउँदै उनले भने, ‘देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण पछिल्लो समय युवा पुस्ता आन्दोलित भएको र देश असहज अवस्थामा पुग्न बाध्य भएको हो…
Read Moreभक्तपुर २ मा कसैलाई हराउन होइन, जित्न आएको हुँ : राजिव खत्री
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजिव खत्रीले चुनावी अभियानलाई तिब्र बनाएका छन् । देशभर निर्वाचनको माहोल चलेसँगै आफू पनि सोही गतिमा अघि बढिरहेको उल्लेख गर्दै उनले वडा–वडामा, समूह–समूहमा भेटघाट र प्रशिक्षणका कार्यक्रमहरूलाई निरन्तरता दिइएको बताए । उनले वडादेखि नै संगठन मजबुत बनाउने रणनीतिमा पार्टी लागेको उल्लेख गर्दै घर–घर पुग्ने तयारीसमेत अन्तिम चरणमा पुगेको बताए । ‘इन्टरनल तयारी, वडा तहमा संगठन सुदृढीकरण र त्यसपछि घरदैलो कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने हाम्रो तयारी छ,’ उनले भने । खत्रीले प्रतिनिधिसभा सदस्यको भूमिकालाई नीतिगत तहसँग…
Read Moreकांग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछ : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने अपेक्षा गरेका छन् । काठमाडौं ५ मा क्षेत्रीय कार्य समितिले आयोजना गरेको सदस्य भेलामा बोल्दै सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका उनले भदौ २३ को आन्दोलनले आफूहरुलाई नै खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रुपान्तरण गरेर पार्टी निर्वाचनमा होमिएको बताए । ‘हामीले सबैलाई तपाईंले भने जस्तो कांग्रेस बन्यो । खोेजेजस्तो कांग्रेसले नै देश रुपान्तरण गर्छ । मत दिएर सघाउनुस् भनेर भन्न जरुरुी छ,’ महामन्त्री…
Read Moreभदौ २३ र २४ को घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा पर्यो : गगन थापा
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले घटनाको जिम्मेवारी लिनु पर्छ भनेर भदौ २३ र २४ गतेको घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं– ५ को सदस्य भेला कार्यक्रममा उनले जिम्मेवारी लिने आँट नभएको भदौ २३, २४ को घटनालाई षडयन्त्र चलखेल भन्ने र अस्वीकार गर्ने प्रवृत्ति देखा परेको बताए । यसका साथै, उनले आन्दोलनमा बलेको आगोमा तेल हालेर, भड्काउने, उचाल्ने र त्यसबाट लाभ लिने, प्रवृत्ति पनि आएको भन्दै नेपाली काङ्ग्रेसमा यस्तो प्रवृत्ति नरहेको दाबी गरे । उनले भने, ‘भदौ २३ र २४…
Read Moreनेताले बोलेको पूरा नगरे जनताले सजाय दिनुपर्छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेताले बोलेको कुरा तोकिएको समयमा पूरा नगरे जनताले सजाय दिनुपर्ने बताएका छन् । चितवनस्थित पोखरा बसको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले नेताहरूले प्रतिबद्धता पूरा नगरी हाँसेर हिड्न नपाउने स्पष्ट पारेका हुन् । ‘भनेको कुरा पुरा नगर्दा, भाका पुरा नगर्दा जनताले अन्य क्षेत्रमा सजाए पाउने । नेताले बोल्दो हिड्दो सकियो पूरा नगरी यतिकै हासेर हिड्न पाइन्छ, पाइन्न् ।’ उनले भने । आगामी निर्वाचनलाई लक्षित गर्दै लामिछानेले यसपटक पार्टीले नागरिकसँग प्रत्यक्ष करार गरेर अघि बढ्न लागेको बताए । पार्टी सभापतिको हैसियतले…
Read More