काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नेपालको संविधान जारी भएसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री सिन्हाले संविधान कार्यान्वयनका लागि पहिचान, प्राथमिकीकरण तथा कानुन निर्माणको कार्य निरन्तर भइरहेको जानकारी दिए । उनले संविधान जारी भएपछि हालसम्म १४६ वटा छुट्टाछुट्टै ऐन जारी भइसकेको बताए । उनले भने, ‘नेपालको संविधान जारी भएसँगै संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानुनहरु पहिचान, प्राथमिकीकरण तथा कानुन निर्माणको कार्यालय नेपाल सरकारले उच्च प्राथमिकताका साथ सम्पादन गर्दै आइरहेको छ…
Read MoreCategory: राजनीति
काठमाडौंका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् : ओली
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको जनताले नपत्याउने अवस्था भएपछि बालेन(बालेन्द्र शाह) झापातिर आएको बताएका छन् । सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जिति सकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताए । उनले भने, ‘हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैँन् । आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था छैन् । त्यहाँ ढाँट्न सकिदैँन् । काठमाडौंमा जितिसकेको मान्छेले, त्यहाँबाट किन आँट गर्दैन् फेरि लड्नको लागि । किन यहाँ आउनुपर्यो । यो कुरा साथीहरुले बुझ्नु भएको छ…
Read Moreदेश निर्वाचनमय भइसकेको छ, पार्टी थप सुदृढ हुँदैछ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान जटिल राजनीतिक परिस्थितिमा जनतामाझ जाने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै भएको बताएका छन् । सोमबार काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ ले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश निर्वाचनको संघारमा पुगेको उल्लेख गरे । उनले निर्वाचन कसरी अगाडि बढ्ने भन्ने विषयमा राष्ट्रिय राजनीतिमा व्यापक तनाव र बहस भएको स्मरण गराउँदै सर्वदलीय र सर्वपक्षीय सरकार तथा संसद पुनःस्थापनाका विषयहरू पनि उठेको बताए । ‘तर हामी सुरुदेखि नै यही निष्कर्षमा डटेर उभिएका छौँ कि आजको जटिल राजनीतिक…
Read Moreआगामी वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका तयार छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको बताएका छन् । निर्देशन दिने, ठेकेदारलाई तर्साउने वा कर्मचारीलाई गाली गर्ने जस्ता ‘जादु टुना’ शैलीले विकास सम्भव नहुने भन्दै उनले अबको ५ वर्षमा पूर्वाधार क्षेत्रमा कायापलट गर्ने स्पष्ट खाका आफूसँग रहेको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै थापाले नारायणगढ–बुटवल सडक खण्ड, पूर्व–पश्चिम राजमार्ग र मेलम्ची खानेपानी आयोजनाजस्ता राष्ट्रिय गौरवका आयोजनाहरूको दूरावस्थालाई चित्रण गर्दै विकासको परम्परागत शैली अब काम नलाग्ने निष्कर्ष सुनाए । थापाले…
Read Moreललितपुर २ को संभावना र समस्या नजिकबाट बुझेको रैथाने उम्मेदवार हुँ : प्रेमकृष्ण महर्जन
ललितपुर । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ललितपुर क्षेत्र २ बाट नेपाली कांग्रेसतर्फबाट उम्मेदवार बनेका प्रेमकृष्ण महर्जनले रुपान्तरित र बदलिएको कांग्रेसप्रति मतदाता आशावादी भएको प्रतिक्रिया दिएका छन् । वर्षौंदेखि ललितपुरबासीका लागि काम गरेको बताएका उनले आफूले वहुसंख्यक मतदाताको साथ पाउने विश्वास व्यक्त गरे । ‘ललितपुर २ का सबै मतदाताहरुको लामो समयदेखि माया पाइरहेको छु । यतिबेला गगन कुमार थापा सभापति बनेपछि नेपालभर जेनजीदेखि ६० बर्षमाथिसम्मका पुस्ता उत्साहित छन् । थापा सभापति भएपछि र उहाँलाई भावी प्रधानमन्त्री घोषणा गरेपछि धेरै मतदाता कांग्रेसपति आशावादी भएको देखेको छु,’ उनले…
Read Moreराजसंस्था र हिन्दुराष्ट्रको महत्व बुझेका मतदाताले मलाई विजयी गराउनेछन् : डा. सुन्दर सिंह बोहोरा
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको दुई दशक लाग्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार राजसंस्था र हिन्दु राज्यको मुद्दा लिएर घरदैलो अभियानमा व्यस्त छन् । काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपाका केन्द्रीय प्रवक्ता डा. सुन्दर सिंह बोहोराको घरदैलो अभियान केवल भोट माग्ने औपचारिकता मात्र देखिँदैन । गणतन्त्र, राजसंस्था, धर्म, संस्कृति र राज्य संरचनाबारे गम्भीर वैचारिक हस्तक्षेपका रूपमा अभियान अघि बढिरहेको देखिन्छ । नेतृत्व विकास तथा मानव संसाधनमा विद्यावारिधी गरेका डा. बोहोराले निर्वाचन आचारसंहिता उल्लंघनका घटनाले बारम्बार चुनावलाई विवादित बनाइरहँदा आफूले शालीन, संयमित र धार्मिक–सांस्कृतिक…
Read Moreनेपाली कांग्रेसद्वारा निर्वाचन परिचालन निर्देशिका पारित
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा सोमबार सम्पन्न भएको थियो । बैठकमा महामन्त्री गुरुराज घिमिरेले विभिन्न प्रस्तावहरू पेश गरेका थिए । छलफलपछि बैठकले महत्वपूर्ण दुई निर्णय गरेको पार्टीले जनाएको छ । बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२’ लाई आवश्यक परिमार्जनसहित पारित गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ…
Read Moreघोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी निर्वाचनका सन्दर्भमा सबै राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्रमा शिक्षा क्षेत्रप्रति स्पष्ट, सन्तुलित र दीर्घकालीन दृष्टिकोण समेट्न आग्रह गरेको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सार्वजनिक, निजी र सामुदायिक क्षेत्रको साझा प्रयासबाट नेपालको शिक्षा प्रणाली विकास हुँदै आएको उल्लेख गर्दै निजी विद्यालयहरू समस्या नभई शिक्षा सुधारका महत्वपूर्ण साझेदार भएको बताए। उनले शिक्षा क्षेत्रलाई राजनीतिक प्रयोगको विषय नबनाई राष्ट्र निर्माणको आधारका रूपमा हेर्नुपर्नेमा जोड दिए । अध्यक्ष अधिकारीले शिक्षा क्षेत्रलाई सार्वजनिक–निजी–सामुदायिक सहकार्यको मोडेलमा अघि बढाउने स्पष्ट नीति…
Read Moreगृहमन्त्री अर्यालसँग र मधेसका गृहमन्त्री महतोको भेटवार्ता
सर्लाही । नेपाल सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल र मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोबीच आइतबार भेटवार्ता भएको छ । मधेसका गृहमन्त्री फकिरा महतोको सचिवालयका अनुसार भेटमा आगामी निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था, सवारी साधनको व्यवस्थापन र सुरक्षा तयारीबारे छलफल गरिएको छ । साथै, मधेस प्रदेशको महान पर्व होलीलाई शान्तिपूर्ण र उत्साहपूर्वक मनाउने विषयमा पनि छलफल भएको थियो। त्यसैगरी, प्रहरी समायोजन सम्बन्धी विषयमा पनि छलफल भएको छ । मन्त्रीहरूले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै आपसी समन्वयलाई बलियो बनाउने सहमति…
Read Moreनिर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मत बदर हुने जोखिम न्यूनिकरण र मतदातालाई सचेत बनाउने लक्ष्यसहित निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गरेको छ । डिजिटल माध्यमबाट सञ्चालन हुँदै आएको मतदाता शिक्षालाई अब वडास्तरसम्म पु¥याउने उद्देश्यले आयोगले माघ १९ गतेदेखि विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। यस कार्यक्रमअन्तर्गत प्रत्येक स्थानीय तहका सबै वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिनेछ । आयोगका अनुसार मतदातालाई मतदान प्रक्रिया, सही मतसङ्केत प्रयोग र मिथ्या सूचना पहिचान गर्न सक्षम बनाउने उद्देश्यले शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो। यसले मत बदर हुने अवस्था घटाउने र मताधिकारको सही…
Read More