रन्जु दर्शनाको जित सुनिस्चित

काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रन्जु रञ्जुको जीत सुनिश्चित भएसँगै खुसीयाली साटासाट भइरहेको छ ।

Read More

झापा अपडेट : क्षेत्र नं–५ मा बालेन र क्षेत्र नं–२ मा इन्दिराको अग्रता

झापा । झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भएसँगै सुरुवाती नतिजा सार्वजनिक हुन थालेको छ । हालसम्म झापाका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको मतगणना सुरु भएको निर्वाचन आयोगले बताएका छन् । सुरुवाती परिणामअनुसार दुई क्षेत्रमा रवि लामछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन् । झापा क्षेत्र नं. ५ मा रास्वपाका बालेनले उल्लेखनीय अग्रता बनाएका छन् । २३०३ मत गणना हुँदा उनले १४७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली…

Read More

धनुषाको क्षेत्र नं.३ मा मनिष झाको अग्रता

काठमाडौं । धनुषाको क्षेत्र नं.३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष झा अग्रता लिएका छन् । अन्तिम मतगणना परिणाम अनुसार उनले ६ हजार ४ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका बिमलेन्द्र निधिले २ हजार २६९ मत प्राप्त गर्दा तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा ११९० मत प्राप्त गरेकी छन्।

Read More

भक्तपुर–२ : रास्वपाका राजीवको अग्रता, एमालेका महेश दोस्रो

काठमाडौं । भक्तपुर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाका उम्मेदवार राजीव खत्रीले अग्रता कायमै राखेका छन् । रास्वपाका राजीव खत्रीले ३ हजार ६० मत ल्याउँदा एमालेका महेश बस्नेतले १ हजार ५७३ मतसहित पछ्याइरहेका छन् । त्यस्तै कांग्रेसका कबीर राना ४८४ मतसहित तेस्रो स्थानमा छन् । नेमकिपाका रमेश वैद्यले १६१ मत प्राप्त गरेका छन् । उज्यालो नेपाल पार्टीका जितराम लामाले ५५ मत र राप्रपाका विक्रम थापाले ७३ मत ल्याएका छन् ।

Read More

चितवन-२ : रवि अग्रता कायमै, नेकपाले पछ्याउदै

काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अग्रता कायमै राहेको छ । लामिछानले ३ हजार २६५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अस्मिन घिमिरे १५१९ मतका साथ दोस्रो स्थानमा छन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ १२६० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी मीना खरेल १०९४ को मतसहित चौथो स्थानमा छिन् ।

Read More

काठमाडौं–६ मा रास्वपाको अग्रता, कांग्रेस पछ्याउदै

काठमाडौं । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालको अग्रता लिइरहेका छन् । रास्वपाका खनालले ३ हजार ७ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसका सबुज बनियाँले ६०२ मत ल्याएका छन् । यस्तै, नेकपा एमाले अमन मास्केले ३६८ मत ल्याएका छन् । अहिले सम्म ४ हजार ४१७ मतगणना भएको छ ।

Read More

चितवन ३ मा सोविता गौतमको अग्रता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन् । सोविताले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाइकी छिन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहाले १ हजार ७८६ मतले पछ्याइरहेकी छिन् । एमाले उम्मेदवार शंकर थपलिया तेस्रो स्थानमा रहेका छन् । उनले ५३५ मत पाएका छन् भने कांग्रेसका टेकप्रसाद गुरुङले २७६ मत सहित चौथो स्थानमा रहेका छन् ।

Read More

धनुषा ३ मा रास्वपाका उम्मेदवार मनिष झाको अग्रता

धनुषा । प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । धनुषा क्षेत्र नं.३ को मतगणना जारी रहँदा अहिले सम्म रास्वपाका उम्मेदवार मनिष झा अग्र स्थानमा रहेका छन् । अन्तिम मतगणना परिणाम अनुसार उनले ४६०६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिलाले हालसम्म १७६८ मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा ९४७ मत प्राप्त गरेका छन् ।

Read More

रास्वपाले यी क्षेत्रमा बनायो अग्रता (सूचीसहित)

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रस्थानमा रहेकी छन्। त्यस्तै काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ मतसहित अघि छन् भने काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता कायम गरेका छन् । यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९, काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा…

Read More

बालेन शाह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि

काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि देखिएका छन् । पछिल्लो प्राप्त मत परिणामअनुसार शाहले १ हजार ४७८ मत प्राप्त गरेका छन् भने ओलीले ३८४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १३९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेकी छन् ।

Read More