आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११:१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल गरिने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिनको १ बजे बस्दैछ । बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

Read More

नेपाली कम्युनिष्टसँगको मिलनले विगतको बिछोडको घाउमा मलम लगाएको महसुस भएको छ : भीम रावल

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुन पाउँदा विगतको बिछोडको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको बताएका छन् । बुधबार राष्ट्रिय सभागृहमा भएको सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर सोही ठाउँबाट छुट्टिएर गएको स्मरण गर्दै आज त्यो घाउमा मलम लगाएको महसुस भएको बताएका हुन् । उनले भने, ‘कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर यहीँ ठाउँबाट छुट्टिएर गएको थियो । आज फर्किँएर यहाँ बस्नुभएको नेता कमरेडहरूबीच…

Read More

पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ : सहसंयोजक नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजक माधव कुमार नेपालले पार्टीको एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताको अभियान अगाडि बढि रहेको देखेर कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको भन्दै त्यसरी होस गुमाउन र गाली गलौज मा उत्रिनु पर्ने आवश्यकता नभएको बताए । उनले भने, ‘एकताको प्रक्रिया अगाडि बढि रहेको छ । एकताको अभियान अगाडि बढि रहेको छ । यो एकताको अभियानले नेपालको राजनीतिमा तरङ्ग पैदा गरेको छ । कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको हुनुपर्छ । उनीहरुको होस…

Read More

संविधानलाई ट्र्याकमा ल्याउन संसद् पुनस्र्थापना : कमल चौलागाईँ

रामेछाप । नेकपा एमाले पोलिटब्यरो सदस्य कमल चौलागाईँले राष्ट्रवादी शक्ति र राष्ट्रवादी नेता माथिका आक्रमणको परिणाम राष्ट्रघाती र जनविरोधी नै आउने बताएका छन् । नेकपा एमाले रामेछापले कात्तिक २९ गते जिल्ला सदरमुकाम मन्थलीमा गर्न लागेको जनप्रदर्शको तयारी लागि बुधबार मन्थलीमा आयोजना गरेको बैठकमा बोल्दै चौलागाईँले भदौ २३ र २४ को घटनाको परिणाम पनि त्यही आएको बताए । भदौ २३ र २४ को घटनालाई उनले बाह्य शक्तिको आक्रमण भने । राष्ट्र विरोधी शक्तिले भदौ २३ र २४ को घटनामा राष्ट्रवादी शक्तिलाई आक्रमण गरेको कारण अहिलेको परिणाम पनि त्यस्तै निस्किएको उनको धारणा…

Read More

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न निर्वाचनको विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच निर्वाचनको विषयमा छलफल भएको छ । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य  निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ ।’ त्यस्तै, उनले मतदाता नामावलीमा हालसम्मको प्रगती र यसलाई सफल बनाउनुपर्ने कामहरु लगायतका विषयमा पनि छलफल भएको बताए । बैठकमा…

Read More

प्रचण्डले भने- ‘राष्टू असाधारण संकटमा, एकता ऐतिहासिक आवश्यकता हो’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई राष्टू बचाउने ऐतिहासिक आवश्यकता भएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान नेपालबीचको पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले देश अहिले असाधारण संकटमा परेको बताएका हुन् । दाहालले भने, ‘आज हामी १० घटकदेखि १२ घटक भएका छौं । तर अझै केही समयपछि यो घटकहरूको संख्या बढ्दै जानेछ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु । यो एकीकरण हुँदै जाने हो भने नेपालमा अरु पार्टी नै नरहने हुन् कि भन्ने लागिरहेको छ । यो एकता प्रक्रियालाई देशले बढो गम्भीर…

Read More

जेन–जी मुभमेन्ट अलायन्सले माग्यो सम्पूर्ण आयुक्तहरुको राजीनामा

काठमाडौं । विभिन्न जेन–जी समुह र व्यक्तिहरु आबद्ध भएका जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तहरुको तत्काल स्वेच्छिक राजीनामा माग गरेका छन् । जेन–जी मुभमेन्ट अलायन्सले एक विज्ञप्ती जारी गर्दै आयोगका प्रमुख लगायत अन्य आयुक्तको नियुक्ति प्रक्रिया निरंकुश ढङ्गले पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले संसदिय सुनुवाइ बिनै गरेको भन्दै उनीहरुको स्वेच्छिक राजीनामा माग गरेका हुन् । २०८२ साल भाद्र २३ गतेबाट जने–जी द्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरु भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य भएको हुनाले यी मागहरु पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष…

Read More

जेनजी आन्दोलनका घाइतेहरु भन्छन् : आन्दोलनमा दमन गर्नेहरुमाथि कहिले कारबाही हुन्छ ?

काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरुलाई समन्वय गरिरहेका डाक्टर जगत बिकले जेनजी आन्दोलनमा घाइते भएका देशभरिका परिवार, बलिदानी दिएका परिवारका सदस्यहरुले समेत आफूलाई फोन सम्पर्क गरेको र आफूहरुको लागि खोई सरकार भनेर प्रश्न गर्ने गरेको टिप्पणी गरेका छन् । उनले सोमबार एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको अन्तरिम सरकार पनि विगतको सरकारभन्दा कुनै फरक नभएको र आफूहरुलाई नहेरेको भनेर जेनजी आन्दोलनका घाईतेका परिवारले गुनासो गरेको बताए । उनले भने, ‘सरकारले हामीलाई अहिलेसम्म फोन पनि गरेको छैन, अहिलेसम्म जेनजी साथीहरुले पनि फोन गर्नुभएको छैन भन्नुहुन्छ, अनि मलाई तपाईं को हो भनेर भन्नुहुन्छ,…

Read More

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपालले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको प्रक्रिया मंसिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । निर्वाचन प्रचारप्रसारको अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म रहनेछ भने त्यसपछि मौन अवधि सुरु हुनेछ । मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । मतदान…

Read More

शहीद परिवारले बुझाए दुई मन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारले गृह र अर्थमन्त्रीलाई भेटेर न्यायका लागि दबाब दिएका छन् । शनिबार उनीहरुले सिंहदरबार पुगेर गृहमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । गत भदौ २३ र २४ गतेको आन्दोलनमा आफ्ना परिवारका सदस्य गुमाएका पीडितहरुले सरकारबाट न्याय, क्षतिपूर्ति र छानबिनको माग गर्दै मन्त्रीहरूसँग प्रत्यक्ष भेटवार्ता गरेका हुन् । ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शहीद परिवारका सदस्य गणेश चौलागाईंले माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनले भने, ‘दुई–चार दिनमा हामीले बुझाएको ध्यानाकर्षण पत्रको नतिजा आएन…

Read More