ओलीले मतदानपछि भने : देशलाई स्थिरतामा लैजानुपर्नेछ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज(विहीबार) बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मतदान शान्तिपूर्ण रुपमा भइरहेकोमा खुसी लागेको बताए । उनले यस निर्वाचनले देशमा शान्ति र सुव्यवस्था कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै उनले राजनीतिक र हिंसात्मक गतिविधि नियन्त्रणमा राख्नुपर्नेमा जोड दिएका छन् । उनले भने,‘शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । यसमा खुसी लाग्यो । निर्वाचनले देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्नेछ ।…

Read More

निर्वाचन आयोगले भन्योः ‘हेलिकोप्टर उडाउन बालेनले अनुमति लिएका थिए’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाह मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र झापा जान चढेको हेलिकोप्टर बीच बाटोबाटै काठमाडौं फर्किएको घटनाले यतिखेर विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् । बिहीबार काठमाडौंमा मतदान गरेपछि शाह आफ्नो निर्वाचन क्षेत्र झापा जाने तयारीमा हेलिकोप्टरमार्फत प्रस्थान गरेका थिए । तर उनी सवार हेलिकोप्टर झापामा अवतरण नगरी बीच बाटोबाटै काठमाडौं फर्किएको जानकारी आएको छ । हेलिकोप्टर अचानक काठमाडौं फर्किएपछि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा विभिन्न अड्कलबाजीहरु सुरु भएका छन् । केहीले अनुमति नलिई उडान भरेको भन्दै प्रश्न उठाएका छन्…

Read More

रवीन्द्र मिश्रले गरे मतदान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–१ का उम्मेदवार रवीन्द्र मिश्रले मतदान गरेका छन् । बिहीबार बिहान ललितपुरको भैँसेपाटी मतदान केन्द्रमा पुगेर मिश्रले मतदान गरेका हुन् ।

Read More

ओमप्रकाश अर्यालले गरे मतदान, देशभर शान्तिपूर्ण मतदान भइरहेको दाबी

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेका हुन् । ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन् । उनले अहिलेसम्म अधिकांश स्थानमा सामान्य तरिकाले मतदान भइरहेको र सरकार निर्वाचन गराउन सफल भएकोमा उत्साहित रहेको बताए । उनले भने, ‘सबै ठाउँमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यो सरकारको काम नै चुनाव गराउने थियो त्यही भएर उत्साहित छौं । तयारी अनुसार नै…

Read More

पूर्वगृहमन्त्री लेखकले गरे मतदान

कञ्चनपुर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् । कञ्चनपुर–३ को वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन् । कञ्चनपुर ३ बाट चुनाव लड्दै आएका लेखक चुनावी मैदानमा छैनन् । सभापति गगन थापाले कञ्चनपुर ३ मा हरिबहादुर बोहरालाई उम्मेदवार बनाएपछि लेखकले खुलेर साथ दिएका थिए ।

Read More

तोसिमा कार्कीले गरिन् मतदान, भनिन् ‘यो इतिहास रच्ने समय हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा.तोसिमा कार्कीले मतदान गरेकी छन् । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी कार्कीले विहीबार बिहान ललितपुर–१८ स्थित मतदान केन्द्रबाट मतदान गरेकी हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले मतदातामा उल्लेखनीय उत्साह देखिएको बताइन् । उनका अनुसार देश–विदेशबाट नेपालीहरू मतदान गर्नकै लागि स्वदेश फर्किएका छन् भने उपत्यकाभित्रका धेरै मतदाता पनि भोट हाल्न आफ्नो गाउँ फर्किएका छन् । उनले यसपटक आफ्नो एक मत पनि नछुटाउन र सबैलाई मतदानमा सहभागी हुन आग्रह गरिन् । उनले भनिन्, ‘जनताहरुमा धेरै उत्साह छ । देश…

Read More

गृहमन्त्री अर्यालद्वारा मतदान

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. ३ मा मतदान गरेका हुन् । ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

Read More

आउने परिणाम सहर्ष स्वीकार गर्छु, योग्य प्रतिनिधि छान्नुहोस् : रेनु दाहाल

चितवन । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि बिहीबार जारी मतदान प्रक्रियामा सहभागी भएपछि रेनु दाहालले निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गर्ने बताएकी छन् । दाहालले मतदाताहरूलाई विवेक प्रयोग गरेर योग्य, इमानदार र कामबाट प्रमाणित भइसकेका प्रतिनिधिलाई छान्न आग्रह गरिन् । ‘आफ्नो भाग्य र भविष्यको फैसला गर्ने अधिकार तपाईंहरूको हातमा छ,’ उनले भनिन्, ‘आवेगमा आएर वा हतारमा निर्णय गरेर पछि पछुताउने अवस्था नआओस्। विवेक पु¥याएर मतदान गर्नुहोस् ।’ चितवनमा भयरहित र निष्पक्ष वातावरणमा मतदान भइरहेको उल्लेख गर्दै दाहालले आफू निकै उत्साहित र खुसी रहेको बताइन् । आफ्नो जितको सम्भावनाबारे…

Read More

मतपेटिका संकलन भएको २४ घण्टा भित्र परिणाम : भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले अनामनगरस्थित मिलन विद्यामन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् । भण्डारी आज (विहीबार) बिहानै काठमाडौं महानगरपालिका वडा नं २९ को अनामनगर मिलन विद्यामन्दिर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकारको प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबैले आ–आफ्नो तहबाट सहयोग गरेर मतदान कार्य सम्पन्न गर्न सबैमा अनुरोध गरे । ‘उत्साहपूर्वक र शान्तिपूर्वक मतदान भइरहेको छ । मतदान प्रक्रियामा सबैले आ–आफ्नो तह र तप्काबाट सहयोग गरेर मतदान कार्य सम्पन्न गर्न सबैमा अनुरोध गर्दछु’ उनले भने । उनले सर्वसाधरणहरुले एकदेखि दुई मिनेटमा मतदान गर्न…

Read More

गृहमन्त्रीसहित उच्च अधिकारीको टोलीबाट निर्वाचनको मनिटरिङ

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं मन्त्रालयका उच्च अधिकारीहरुको टोलीले निर्वाचनको सुरक्षा सन्दर्भमा मनिटरिङ गरेका छन् । मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको कन्ट्रोल रुममा बसेर सबै निर्वाचन क्षेत्रहरूको मनिटरिङ समन्वय र सहकार्य गरिरहनुभएको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिएका हुन् ।

Read More