काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने भएको भन्दै सचिवालयले सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेको हो । सचिवालयले बिहीबार सूचना जारी गर्दै संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्बिर समेत खिचिने जनाएको छ । तस्बिर खिच्ने कार्यक्रमसमेत भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरिएको छ । सूचनाअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई बिहीबार बिहान…
Read MoreCategory: राजनीति
दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) तथा सम्बद्ध कसूरको अनुसन्धानका लागि पक्राउ परेका प्रतिवादीहरू दिपक भट्ट र शुलभ अग्रवालको म्याद पुनः थप गरिएको छ । विशेष अदालत काठमाडौँका सदस्य माननीय न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवै प्रतिवादीलाई थुनामा राख्ने अनुमति दिएको हो । अदालतको आदेश अनुसार, प्रतिवादी दिपक भट्टको हकमा आज पाँचौँ पटक १२ (बाह्र) दिनको म्याद थप गरिएको छ । त्यसैगरी, अर्का प्रतिवादी शुलभ अग्रवालको हकमा छैटौँ पटक १२ (बाह्र) दिनको म्याद थप भएको छ । यो म्याद थप मिति २०८३…
Read Moreपठाओ नेपालको नेतृत्वबाट बाहिरिए अशीममान सिंह
काठमाडौं । पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यात कम्पनीको नेतृत्वबाट बाहिरिएका छन् । कम्पनीले सार्वजनिक गरेको विदाई सन्देशमार्फत उनले नेतृत्व छाडेको पुष्टि गरेको हो । सन् २०१८ मा नेपालमा प्रवेश गरेको पठाओलाई प्रारम्भिक चरणदेखि नै नेतृत्व गर्दै आएका सिंहले देशको मोबिलिटी क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा राइड सेयरिङ÷राइड हेलिङ सेवाको विस्तार र लोकप्रियतामा उनको नेतृत्व निर्णायक मानिन्छ । पठाओले ‘असम्भव जस्तो लागेको विचारलाई व्यवहारमा उतार्दै’ कम्पनीलाई स्थापित ब्रान्ड बनाउन सिंहको योगदान उल्लेखनीय रहेको जनाएको छ । कम्पनीले उनलाई केवल व्यवसाय निर्माणकर्ता मात्र नभई नेपालको…
Read Moreकांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेको छ । मंगलबार उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम ३९ जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका हुन् । सदस्यमा मधु आचार्य-काभ्रे, डा. गोपाल दहित थारू-वर्दिया, अञ्जु झा-रौतहट, उमेश श्रेष्ठ-ललितपुर, प्रा.डा. गोविन्दराज पोखरेल-प्यूठान, मीन भाम-मुगु, डा. अञ्जनीकुमार झा-महोत्तरी, डा. यादव पण्डित-प्रवास, बद्री सिग्देल-वर्दिया र गोपालप्रसाद पोखरेल-सुनसरीबाट रहेका छन् । यसैगरी, श्रवण मुकारुङ-भोजपुर, मोहना अन्सारी-बाँके, महेन्द्रप्रसाद यादव-सप्तरी, श्रीप्रसाद भलामी मगर-गुल्मी, विनोद दास-बारा,…
Read Moreमहासंघको एशोसियट्स कार्यकारिणी सदस्यतर्फ को-को भए विजयी ?
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एशोसियट्सतर्फका कार्यकारिणी सदस्यमा १७ जना विजयी भएका छन् । कुल ३३ उम्मेदवारमध्ये धेरै भोट ल्याउने १७ जना निर्वाचित भएका हुन् । सबैभन्दा धेरै मत सचिन ढकाल १३९८ मत पाएका छन् । हेमन्त गोल्छा १२०२ मत, अम्बिका प्रसाद पौडेल ११९३ मत, उज्ज्वल कुमार श्रेष्ठ ११५६ मत, शक्ति कुमार बेगानी ११४२ मत, ऋषि अग्रवाल ११२२ मत, सुशील थापा १०९४ मत प्राप्त गरेका हुन् । यस्तै, राजेश कुमार अग्रवाल १०८२ मत पाएका छन् । सुयस प्याकुरेल १०६९ मत, रामशरण भण्डारी १०४३ मत, बाबु काजी कार्की १००६ मत,…
Read Moreकृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो । बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशा सम्बन्धका तथा अन्य विविध विषयमा छलफल हुने छ ।
Read Moreनिर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको निर्माण आयोजनाहरूको काम द्रुत गतिमा अघि बढाउन र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । मंगलबार मन्त्रालयले मातहतका निकायलाई निर्देशन जारी गर्दै निर्माण कार्यमा ढिलाइ हुने प्रवृत्तिको अन्त्य गर्न, नियमित अनुगमन तथा प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेस गर्न भनेको हो । आयोजना कार्यान्वयनमा देखिएका अवरोधहरू तत्काल पहिचान गरी समाधान गर्न सम्बन्धित निकायहरूबिच प्रभावकारी समन्वय गर्न समेत मन्त्रालयले परिपत्र गरेको छ । ‘मूल्य समायोजन सम्बन्धमा कनट्र्याक्ट डकुमेन्टमा भएको व्यवस्था अनुरूप मूल्य समायोजन गरिने हुँदा…
Read Moreराष्ट्रपतिद्वारा दुवै सदनको बैठक आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् ।
Read Moreसीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टी द्वारा सरकारको विरोध
काठमाडौं । श्रम संस्कृति पार्टीले सरकारको हालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सीमा सुरक्षा, कूटनीति, अर्थतन्त्र र जनजीविकासम्बन्धी विषयमा गम्भीर प्रश्न उठाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले दार्चुलाको दुम्लिङसम्म सडक विस्तार गर्न नसक्नु र महाकाली नदी किनारमा भइरहेको सीमा अतिक्रमण रोक्न नसक्नु सरकारको कमजोरी भएको आरोप लगाइएको छ । ‘नेपालको भूभाग लिपुलेक हुँदै भारतले कैलाश—मानसरोवर जाने बाटो खोलिरहँदा के गरिराख्नु भएको थियो ? दार्चुलाको दुम्लिङ सम्म बाटो पुराउन नसक्ने सरकार बनेर पारि पट्टी सीमा नदी महाकाली मिचेर भारतले बाटो बनाएर किनारै किनार लगिरहँदा किन रोक्नु भएन ?,’ विज्ञप्तिमा उल्लेख…
Read Moreराष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आज ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् । राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएकोमा सरकारले हिजो (सोमबार) स्वीकृतिका लागि पुनः सिफारिस गरेको थियो । सरकारबाट पुनः सिफारिस गरिएपछि राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् ।
Read More