कांग्रेस कार्यसमिति विस्तारप्रति डा.कोइरालाको असन्तुष्टि, बृहत्तर एकतामा ठेस पुगेको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बिना परामर्श नेपाली कांग्रेस केन्द्रीय समिति बिस्तारप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सम्पर्क कार्यालय विशालनगरमा आफू निकटका नेता कार्यकर्ताहरुसँगको छलफलपछि डा.कोइरालाले पार्टीको समग्र एकता नभइ राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न नसक्ने पनि उल्लेख गरेका छन् । पार्टी सभापति गगन थापाले बैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको उनको निष्कर्ष छ। नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि नविकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५औं महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा सम्पन्न…

Read More

कांग्रेस बीपीले गर्यो कांग्रेसमा समाहित हुने सहमति भंग, आफ्नै ढंगले अगाडि बढ्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेस (बिपी)ले नेपाली कांग्रेसमा समाहित हुने सहमति भंग गरेको छ। कांग्रेस बीपीले आफूसँग भएको सहमति कार्यान्वयनमा उदासनिता देखाएको भन्दै एकीकरण सम्बन्धि प्रक्रिया स्थगित भएको निर्णय गरेको हो। कांग्रेस बिपीका मुख्यसचिव गणेशप्रसाद पाण्डेयका अनुसार पार्टीको वर्तमान कार्यसमिति भंगगरी सभापति सुशीलमान शेरचनको नेतृत्वमा महाधिवेशन तयारी समिति गठन गर्ने निर्णय गरिएको छ। गत फागुन १७ मा कांग्रेस सभापति गगन थापा र कांग्रेस (बीपी)का सभापति शेरचनद्वारा हस्ताक्षर गरिएको सहमतिपत्रमा कांग्रेस (बीपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सङ्गठनिक निकाय मूलपार्टी कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको थियो। परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको…

Read More

बदलिएको भनिएको कांग्रेस यथास्थितिमै रमायो, परम्परागत निर्णयले पार्टी चल्दैन : नेता राई

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्य समितिमा थपिएका १९ केन्द्रीय सदस्यहरुप्रति केही युवा नेताहरुले आपत्ति जनाएका छन् । लामो समयदेखि पार्टीमा अवसर नपाएका युवा नेताहरु, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूले निर्णयको विरोध गरेका हुन् । नेपाल विद्यार्थी संघ एवम तरुण दलमा समेत लामो समय काम गरेर कांग्रेसको सक्रिय राजनीतिमा रहेका युवा नेता लावस राईले बदलिएको भनिएको पार्टीले परम्परागत निर्णय गरको आरोप लगाए । ‘पूरानै टेस्टेट नेताहरुलाई अवसर प्रदान गर्दा कांग्रेस कसरी बदलिन्छ । पटक पटक अवसर पाएका र टेस्ट भइसकेका नेताहरुबाट पार्टी रुपान्तरण हुन्छ भन्नेमा विश्वस्त हुन सकिदैन…

Read More

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुख आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले उपसभामुख पार्टीबाट निर्वाचित भए पनि हाल उनी पार्टीको सदस्य नरहेको बताएका हुन् । उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो तर उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब ।’ अध्यक्ष राईले अब उपसभामुखमाथि पार्टीको कुनै निर्देशन वा ह्वीप लागू नहुने पनि स्पष्ट पारेका छन् । उनले यस विषयमा आफूले पहिले नै खेद प्रकट गरिसकेको उल्लेख गर्दै उनी अब हाम्रो पार्टीको हिस्सा होइनन्…

Read More

उच्च अदालतको न्यायाधीशको नेतृत्वमा ‘श्रीकृष्ण प्रकरण’ छानविन हुनुपर्छ : वक्ताहरु

काठमाडौं । प्रहरी हिरासतमा ज्यान गुमाएका श्रीकृण विश्वकर्माले न्याय नपाउन्जेल आफूहरुले संघर्ष गर्ने जेनजी युनाइटेडले जनाएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी परिवारको जाहेरी दर्ता नगर्नुले यातना दिएर हत्या गरिएको हुन सक्ने समेत आशंका गरेको छ । जेनजी युनाइटेडका संयोजक जनक परियारले विश्वकर्माको मृत्यु भएको झण्डै महिना दिनसम्म पनि जाहेरे नलिनुले हत्यामा राज्यकै सम्लग्नताको आशंका गरेका छन् । पछिल्लो समय देशभरी दलित समुदायमाथि हिंसा बढेकोप्रति चिन्ता व्यक्त गर्दै परियारले भने, ‘प्रहरीकै सुरक्षामा श्रीकृष्णको ज्यान गएको छ, घरबेटिहरुले कोठा खालि गराइरहेका छन्, अन्तरजातिय विवाहको नाममा हिंसा बढ्नु दर्भाग्यको विषय…

Read More

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र त्यहाँ रहेका नेपालीहरूको सुरक्षा अवस्थाबारे नियमित निगरानी भइरहेको जनाएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको जानकारी दिए । उनले भने, ‘उक्त क्षेत्रमा शान्ति स्थापनाका लागि हाम्रो पूर्ववत धारणा यथावत् छ । पश्चिम एसियामा रहेका नेपालीहरूको अवस्था सामान्य छ । उहाँहरूको सुरक्षा र हितका विषयमा निरन्तर सजग छौं।’ उनका अनुसार मन्त्रालयमा स्थापना गरिएको इमर्जेन्सी कन्ट्रोल रुममार्फत सञ्चालित हटलाइनहरू हालसम्म पनि सक्रिय छन् । हालसम्म उक्त कन्ट्रोल रुममा १४८…

Read More

विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै, वैशाख २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ । यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु : १. सम्मानिय राष्ट्रपति ज्यू समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई २०८३ बैसाख २८ गते सोमबारका दिन ४ बजे सम्बोधन हुन र त्यसका लागि…

Read More

सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै

काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दैछन् । किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् । किरातीले श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका हुन् । किराती सहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्न लागेको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए । बागबजारको हार्दिक होटलमा आज दिउँसो ३ बजे एकता घोषणा कार्यक्रम गर्न लागेको उनले बताए । किराती पूर्वपर्यटनमन्त्री हुन् । जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी…

Read More

रौतहटमा अब घरमै पासपोर्टः प्रशासन धाउनुपर्ने बाध्यताको अन्त्य

रौतहट । राहदानी बनाउन र बनेको राहदानी लिन पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने रौतहटबासीको वर्षौँदेखिको सास्ती अब अन्त्य भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको समय र खर्च जोगाउने उद्देश्यले आजदेखि ’होम डेलिभरी’ सरहको नयाँ विकल्प खुला गरेको हो। नयाँ नियमअनुसार राहदानीका लागि आवेदन दिने सेवाग्राहीले अब दुईवटा विकल्प पाउनेछन् । राहदानी बनेर आएपछि आफैँ जिल्ला प्रशासन कार्यालय गएर बुझ्ने वा राहदानी सिधै आफ्नै घरको ठेगानामा हुलाकमार्फत प्राप्त गर्ने व्यवस्था भन्ने विकल्प रहने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल बताए । उनका अनुसार यदि कुनै सेवाग्राहीले आफ्नो राहदानी…

Read More

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज (बिहीबार) बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका हुन् । बैठकमा प्रधानन्याधीशको सिफारिसको टुंगो लगाउने विषमा छलफल हुनेछ । बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर सहभगी हुने छन् ।

Read More