गगन थापाको प्रतिक्रिया : ‘मधेसले मेरो राजनीतिक दृष्टिकोणलाई परिपक्व बनायो’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेसको अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बिहीबार काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो धारणा राखेका हुन् । यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले काठमाडौंमा बसेर लामो समय राजनीति गर्दा देशका बारेमा आफूले निकै कम मात्र बुझेको महसुस भएको बताए । चुनावी अभियानका क्रममा पछिल्लो १०–१२ दिन मधेसमा बिताउँदा त्यहाँको समाज, विविधता र संरचनालाई नजिकबाट बुझ्ने अवसर पाएको उनले उल्लेख गरे । थापाले मधेसको…

Read More

मतदान गर्दै महासंघ अध्यक्ष ढकालले भने: ‘सक्षम नेतृत्वबाट मात्रै समृद्धि सम्भव’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । मतदान गर्दै उनले मतदानमार्फत सक्षम र दूरदर्शी नेतृत्व चयन भई मुलुकलाई समृद्धितर्फ अघि बढाउने अपेक्षा व्यक्त गरेका छन् । अध्यक्ष ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत मताधिकार केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण जिम्मेवारी पनि भएको उल्लेख गरेका छन् । मतदानमार्फत मुलुकले स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सक्रिय सहभागितासहितको नेतृत्व पाओस् भन्ने अपेक्षा आफूले गरेको उनले बताएका छन् । ढकालले नेपालको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी…

Read More

मतदानपछि महेश बस्नेतले भने : बालेनलाई झापालीले स्वीकार गर्दैनन्

काठमाडौं । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका बस्नेतले आज(विहीकार) बिहान सूर्यविनायक नगरपालिका ७ नम्बर वडा कार्यालयको गुण्डु मतदान केन्द्र पुगेर मत हालेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले बालेन शाह र रवि लामिछानेप्रति आरोप लगाएका छन् । उनले १४ हजार कैदी भगाउने विषयमा बालेन शाह र रवि लामिछानेको मुख्य हात रहेको दाबी गरे । बस्नेतले भदौ २३ र २४ गते देशमाथि आक्रमण भएको जिकिर गर्दै लोकप्रिय नेताहरूलाई हराउनका लागि बालेन शाह झापा गएको आरोप लगाए । उनले…

Read More

मताधिकार देशको भविश्यसँग जोडिएको छ, सबै सहभागी हुनुपर्छ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेकी छन् । आज बिहान काठमाडौं महानगरपालिकाको २१ नम्बर वडाको यटबहालको मतदान केन्द्रमा मतदान गरेकी हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले सबैलाई मताधिकारको प्रयोग गर्न आग्रह गरिन् । ‘सबैजनालाई आफ्नो मताधिकारको प्रयोग गरिदिनुहुनु होला मताधिकार देशको भविश्यसँग जोडिएको छ । त्यसकारण हामी सबै जनाले मताधिकारको प्रयोग गर्नुपर्छ,’ उनले भनिन् ।

Read More

सहज वातावरणमा निर्वाचन हुनु नै लोकतन्त्रको जितहो : प्रचण्ड

रौतहट । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा सहज वातावरणमा निर्वाचन हुनु नै लोकतन्त्रको जित भएको बताएका छन् । बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका–१४, शान्तिपुरस्थित नेपाल प्रहरी स्कुलको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेका हुन । संयोजक दाहालले सुरुदेखि नै आफ्नो नेतृत्वको पार्टीले निर्वाचनको विकल्प नभएको अडान राख्दै आएको स्मरण गराए । यो निर्वाचनलाई उनले ‘सामान्य’ मात्र नभई ‘असामान्य’ र ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन् । निर्वाचन सफलतापूर्वक सम्पन्न हुन लागेकोमा आफू निकै उत्साहित र खुसी रहेको उनले बताए ।…

Read More

कांग्रेस सभापती थापाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसका सभापती एवंम् सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् । थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

Read More

प्रधानमन्त्री सुशिला कार्कीद्वारा मतदानमा सहभागी हुन देशवासीलाई अपील

काठमाडौै । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले आज भइरहेको प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य रूपमा सहभागी भई मतदान गर्न आम नागरिकलाई आग्रह गरेकी छन् । बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आह्वान गरेकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१ गते अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु। तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ।’

Read More

भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठुलो दल बन्दैछ : विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणि माविको मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेका हुन् । उनले सबैलाई भयरहित वातावरणमा मतदान गर्न आग्रह समेत गरेका छन् । उनले भनेका छन,‘बिहानै मतदान गरियो । यो लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास हो । म अपेक्षा गर्दछु यो अभ्यासमा जति पनि मतदाता हुनुहुन्छ सम्भव भएसम्म आफ्नो विवेकलाई प्रयोग गर्नुहुनेछ । आवेगमुक्त भएर मतदाताले अबको देशको समाधानका लागि आफ्नो निर्णय दिनुहुनेछ ।’ कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति…

Read More

पूर्वमन्त्री कुलमान घिसिङले महाँकालबाट गरे मतदान

काठमाडौं । उज्यालो नेपाल पार्टीका अभियन्ता एवं पूर्वमन्त्री कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान मतदान गरेका छन् । घिसिङले काठमाडौं महानगरपालिका–६ स्थित महाँकाल जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले भने, ‘एकदमै उत्साहित छु, अहिलेसम्म छु, जनताले विश्वास गरेर हामी जित्छौ।’ यस पटकको निर्वाचनमा कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत छन् ।

Read More

रास्वपा सभापति रवि लामिछानेद्वारा काठमाडौंमा मतदान

काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले काठमाडौंमा मतदान गरेका छन् । उनले आज बिहान काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यो निर्वाचनले मुलुकमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे । ‘विगतका अन्य चुनाव भन्दा यो निकै महत्वपूर्ण छ। त्यसकारण अलिक भावुक पनि भए म अहिलेको परिस्थितीलाई हेरेर’ लामिछानेले भने, ‘यो ऐतिहासिक हुन्छ भनेर अपेक्षा गरेको छु ।’ लामिछाने आफू चितवन–२…

Read More