बालेन शाहले तीनकुनेको अन्नपूर्ण विद्यालय केन्द्रबाट गरे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहले आज बिहानै मतदान गरेका छन्। उनले काठमाडौं महानगरपालिका–९, तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्। बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा सहभागी हुन बालेन शाह बिहानै केन्द्र पुगेका थिए । उनी यतिबेला रास्वपाबाट झापा क्षेत्र नं ५ मा मुख्य प्रतिस्पर्धीका रूपमा पनि रहेका छन्।

Read More

देशभर मतदान सुरु

काठमाडौं । आज देशैभर प्रतिनिधिसभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । गत भदौमा संसद विघटन भएपछि हुन लागेको यो ऐतिहासिक मध्यावधि निर्वाचनमा आम नागरिकको सहभागिता उत्साहजनक देखिएको छ । बिहानैदेखि मतदान केन्द्रमा मतदाताहरु लाइन बसेका छन् । राजधानी काठमाडौंसहित देशभरका १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्रहरूमा बिहान ७ बजे नै मतदान प्रक्रिया सुरु भएको हो । बिहानैदेखि मतदाताहरू विशेष गरी युवा र जेष्ठ नागरिकहरू, नजिकैको मतदान केन्द्रमा लामबद्ध भएका छन् । निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था…

Read More

पर्सा २ का उम्मेदवार मनोज चौधरीसहित चार जना पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साकाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई प्रक्राउ गरेको हो । चौधरी सवार गाडीबाट शंकास्पद वस्तु समेत फेला परेको प्रहरीले जनाएको छ । यस बारे थप अनुसन्धान भइरहेको छ र घटनाबारे थप जानकारी पत्रकार सम्मेलन मार्फत दिइने प्रहरीले जनाएको छ ।

Read More

सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकर्ता पक्राउ

सर्लाही । सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका २, निवासी ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन् । उनलाई गए राती सोही ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट २५ हजार नगद रकम बरामद भएको जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना…

Read More

मतपेटिका सेनाले लैजाने हल्ला गलत : गृहमन्त्री

निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा संयन्त्र परिचालित काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालित गरिएको जानकारी दिए । उनका अनुसार सबै सुरक्षा निकायहरू मतदान स्थलसम्म परिचालन भइसकेका छन् र आवश्यक परेका बेला सुरक्षाको अवस्थालाई नियन्त्रणमा राख्ने तथा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ । देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिइएको उनको भनाइ छ । उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुरक्षा सम्बन्धी तयारी एकीकृत सुरक्षा…

Read More

उज्यालो नेपाल पार्टीद्वारा उम्मेद्वारी फिर्ताबारे फैलिएको अफवाहको खण्डन

काठमाडौं । उज्यालो नेपाल पार्टीले केही निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता लिएको भन्ने विषयमा फैलिएको समाचारलाई असत्य र भ्रामक भएको स्पष्ट पारेको छ । पार्टीका प्रवक्ता डा.राजु थापाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा मोरङ–६, डोल्पा र अछामलगायतका क्षेत्रमा पार्टीले उम्मेदवारी छोडेको भन्ने अफवाह फैलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीले आधिकारिक रूपमा उम्मेदवारी फिर्ता गराउने कुनै निर्णय नगरेको स्पष्ट गरिएको छ । पार्टीले सम्पूर्ण मतदातालाई भ्रममा नपर्न आग्रह गर्दै प्रत्यक्षतर्फ ‘चिम’ चुनाव चिन्ह र समानुपातिकतर्फ ‘बाँसुरी’ चुनाव चिन्हमा मतदान गर्न अनुरोध गरेको…

Read More

कुलमानलाई विजयी गराउन काठमाडौंका सोलुखुम्बु र ओखलढुंगाबासी संगठित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका कुलमान घिसिङलाई विजयी गराउन काठमाडौंमा रहेका सोलुखुम्बु र ओखलढुंगाबासी संगठित भएका छन् । शनिबार काठमाडौमा भेला भएका उनीहरुले काठमाडौं क्षेत्र नम्बर तीनमा बसोबास गर्ने दुई जिल्लाका मतदाताले सामूहिक अभियान चलाउने पनि प्रतिवद्धता जनाएका छन् । विहान भेला भएका विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजिवी, स्थानीय मतदाताबीच अभियान सञ्चालन गर्ने निर्णय समेत भएको छ । सो अवसरमा घिसिङसँग भेटघाट तथा निर्वाचन सम्बन्धमा छलफल गरिएको थियो ।

Read More

नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी एमालेमा प्रवेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेल र सचिव छविलाल विश्वकर्मा लगायतले शनिबार पहाडीलाई पार्टीमा स्वागत गरेका हुन् । पहाडीले एमालेमाथिको दृढ अडानलाई आधार मानेर एमाले प्रवेश गरेको बताएका छन् ।

Read More

देशैभरबाट कांग्रेसका पक्षमा उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले उर्जा प्राप्त भएको बताएका हुन् । ‘देशभरका साथीहरु र मतदाताले फोन गरेर तपाईंहरुले कांग्रेस रुपान्तरण गर्नुभयो । अब देश रुपान्तरण गर्ने प्रक्रियामा अझ उत्सहजनक तरिकाले अगाडि बढ्नुस् भन्नुभएको विषयले अझ उत्सही बनाएको छ,’ उनले सन्देशमा भनेका छन् । महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरुलाई मतदातामाझ पुग्न आग्रह गर्दै राजनीतिका तमाम विकृती सफा गर्ने र नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाएका छन् । काठमाडौं ५ का प्रतिनिधि सभा…

Read More

मोदीलाई लेखेको भनिएको पत्र पूर्णत:नक्कली र कपोलकल्पित हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर संयुक्त हस्ताक्षर रहेको भन्दै सार्वजनिक गरिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित रहेको पुष्टि गरेको छ । रास्वपाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी लेखिएको भनिएको पत्र पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौं,‘ विज्ञप्तिमा लेखिएको छ, ‘दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र…

Read More