लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मुद्दामा दलहरूको प्रतिबद्धता अझै प्रतीकात्मक : सुनिल बाबु पन्त

काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अभियन्ता सुनिलबाबु पन्तले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूको घोषणापत्रप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । पन्तले अघिल्ला निर्वाचनको तुलनामा यसपटक दलहरूले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई घोषणापत्रमा समेटेको विषयलाई सकारात्मक माने पनि त्यो धेरैजसो ‘प्रतीकात्मक’ मात्र भएको टिप्पणी गरे । उनका अनुसार करिब ९–१० वटा दलले समुदायको नाम उल्लेख गरेका छन् । तर अधिकार, आरक्षण, रोजगारी र समानुपातिक प्रतिनिधित्वजस्ता ठोस विषयमा स्पष्ट प्रतिबद्धता कम देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संरक्षण र सम्मानजनक जीवनको कुरा गरे पनि अधिकारमुखी एजेन्डा नसमेटेको…

Read More

आजको मौसम : आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली…

Read More

विश्वभर आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै

काठमाडौं । विश्वभर आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै छ । गैरसरकारी संस्थाहरूले समाज उत्थानको लागि दिएका योगदानहरूलाई थप हौसाउन हरेक वर्षको २७ फेब्रुअरीको दिन संयुक्त राष्ट्र सङ्घले विश्व गैर सरकारी संस्था दिवस मनाउने गरेको छ । आजको दिनको मूलभूत उद्देश्य भने साथ र सहयोगको उत्सव मनाउ भन्ने रहेको छ । यस दिवसको यस वर्षको मूल नारा ‘समावेशितामार्फत सम्मान पुनः स्थापना’ रहेको छ । विश्व गैरसरकारी संस्था दिवसले समाजका सीमान्तकृत, पिछडिएका तथा अवसरबाट वञ्चित समुदायको अधिकार संरक्षण, सशक्तीकरण र समान सहभागिता सुनिश्चित गर्न गैरसरकारी संस्थाहरूले खेलेको योगदानलाई विशेष रूपमा उजागर…

Read More

आजको मौसम : आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभामामा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल…

Read More

धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका लागू

काठमाडौं । धितोपत्रलाई कागजी अवस्थाबाट विद्युतीय प्रणालीमा रूपान्तरण (डिम्याट) गर्ने कार्यलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ‘धितोपत्र अभौतिकीकरण कार्यसंचालन निर्देशिका, २०८२’ लागू गरिएको छ । धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम ३०(१) र धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को विनियम ५० बमोजिमको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा निर्देशिका जारी गरिएको हो । निर्देशिका बोर्डबाट स्वीकृत भएपछि सिडिएससीको सञ्चालक समितिले तोकेको मितिदेखि लागू हुनेछ । यसले धितोपत्र अभौतिकीकरण, आइजिन प्रदान गर्ने, मिश्रण (मर्जर) तथा छुट्याउने प्रक्रियालाई स्पष्ट र एकीकृत ढंगले कार्यान्वयन गर्ने आधार तय गरेको…

Read More

अब्रोड एजुकेशन इकोसिस्टम निर्माण गर्न अनिवार्य आवश्यकता : ईक्यान

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले ग्लोबल एजुकेसन मोविलिटी र वर्तमान चुनौतीबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै संघले विश्वका विकसित राष्ट्रहरूमा शिक्षा–गतिशीलता दीर्घकालदेखि स्थापित अभ्यास भएको भन्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम, नवप्रवर्तनशील र विश्वस्तरको दक्ष जनशक्ति उत्पादन गर्न सुदृढ पारदर्शी र उत्तरदायी ’अब्रोड एजुकेशन इकोसिस्टम निर्माण गर्न आजको अनिवार्य आवश्यकता भएको धारणा राखेको छ । विज्ञप्तिमा भनिएको छ,‘विश्वका विकसित राष्ट्रहरूमा शिक्षा–गतिशीलता दीर्घकालदेखि स्थापित अभ्यास हो । तर नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि ग्लोबल एजकेशन मोबिलिटी हालसालै मात्र रणनीतिक र रूपान्तरणकारी ’फेनोमेनन’ को रूपमा…

Read More

धादिङमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा परी घाइते भएका २५ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । हाल १४ जना घाइतेको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेजमा र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । ट्रमा सेन्टरमा १४ जनाको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचार भइरहेकामा चिनियाँ नागरिक मिसि हाउ, एन्जी शेर्पा, विपिन मानन्धर, पुजा फुयाल, सोमप्रसाद मल्ल, प्रदीप लामिछाने छन्…

Read More

धादिङमा भएको बस दुर्घटनालाई लिएर जाँचबुझ समिति गठन

काठमाडौैं । धादिङमा गएराति भएको दुःखद् बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको छ । मन्त्री अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारिसहितको बैठकले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले घाइतेहरुको उपचारलाई प्राथमिकता दिएर प्रभावकारी बनाउने, घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गरी शिघ्र प्रतिवेदन बुझाएर यथाशिघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र…

Read More

आईटी क्षेत्रमा युवालाई सशक्त बनाउन दक्षिणकाली इनोभेसन सेन्टर स्थापना

काठमाडौं । दक्षिणकाली नगरपालिकाले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधिसम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा दक्षिणकाली इनोभेसन सेन्टरु स्थापना गरेको छ । स्थानीय युवाहरूलाई क्लाउड र प्रविधि क्षेत्रमा प्रशिक्षित गर्दै सशक्त बनाउने उद्देश्यसहित यो पहल अघि बढाइएको हो । गत शुक्रबार आयोजित एक समारोहमा सेन्टरको उद्घाटन गर्दै दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले अहिलेको युग सूचना र प्रविधिको युग हो भन्दै स्थानीय युवालाई आईटी सीप प्रदान गरी रोजगार योग्य बनाउन दक्षिणकाली नवप्रवर्तन केन्द्र स्थापना गरिएको बताए । उनले केन्द्रको स्थापना तथा युवाहरूलाई तालिम प्रदान गर्न जेनेस सलुशनले पुर्याएको सहयोगको प्रशंसा पनि गरे…

Read More

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भू-भागका केही स्थानमा तुँवालो लागेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको भइरहेको छ । आज दिउँसा तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। देशको हिमाली भू-भागमा साधरणतया बादल…

Read More