सिन्धुलीको दुधौलीमा जन्ती बोकेको बुलेरो दुर्घटना, पाँचजना घाइते

रामेछाप । सिन्धुलीको दुधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बुलेरो दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ८२०२ नम्बरको डबल क्याप बुलेरो घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटना दुधौली नगरपालिका–१ राँगेस्थित सडक खण्डमा भएको प्रहरीले जनाएको छ । फिक्कल गाउँपालिका–१ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट–रातमाटेतर्फ बेहुला लिएर जाँदै गरेको गाडी अचानक नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए । दुर्घटनामा बेहुला भने सकुशल रहेको बताइएको छ ।…

Read More

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी…

Read More

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने सोलुखुम्बुको खुम्बुपासाङल्यामु गाउँपालिका–३ मा पर्ने ठाडोकोशीस्थित ‘नाछिपाङ पुल’ अहिले जिर्ण र जोखिमपूर्ण अवस्थामा पुगेको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथातर्फ जाने मुख्य पैदल मार्गमै रहेको यो पुलबाट दिनहुँ सयौँ पर्यटक, स्थानीय बासिन्दा, भरिया र खच्चड आवतजावत गर्न बाध्य छन् । खुम्बु क्षेत्रमा सामान ढुवानीको विकल्प अत्यन्त सीमित छ—खच्चड, भरिया वा हेलिकप्टर। त्यसैले यही पुल सबैका लागि अनिवार्य मार्ग बनेको छ । त्यहीबाटो हुँदै विद्यार्थीहरु, शिक्षकहरु विद्यालयय आवतजावत गर्छन् । तर विडम्बना, करिब २६/२७ वर्षअघि निर्माण गरिएको यो पुल अहिले जीर्ण बन्दै जाँदा जुनसुकै बेला…

Read More

मुगुमा माटो परीक्षण गर्दा अम्लीयपन उच्च, कृषकलाई सचेतना र सुधारका उपाय सुझाइयो

मुगु । हिमाली जिल्ला मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका भित्रका खेतीयोग्य जमिन र फलफूल उत्पादन हुने क्षेत्रमा गरिएको माटो परीक्षणमा अम्लीयपन उच्च देखिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुगुको आयोजना तथा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत एकीकृत कृषि प्रयोगशाला सुर्खेतको प्राविधिक सहयोगमा गमगढी बजारमा केही दिनअघि सञ्चालन गरिएको माटो परीक्षण शिविरमा १०६ स्थानको माटो परीक्षण गरिएको थियो । परीक्षणको नतिजाअनुसार पिएच तर्फ १० स्थानमा अत्यधिक अम्लीय, ४५ स्थानमा तटस्थ र ४२ स्थानमा क्षारीय अवस्था देखिएको छ । नाइट्रोजन तर्फ १०२ स्थानमा…

Read More

समस्याग्रस्त सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न समितिको ताकेता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई कर्जा तत्काल चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । समितिले मंगलबार जारी गरेको सूचनामा ऋणीहरूलाई साँवा, ब्याज तथा हर्जानासहितको सम्पूर्ण बक्यौता रकम यथाशीघ्र भुक्तानी गर्न आग्रह गरिएको छ । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ । बचतकर्ताहरूको रकम फिर्ता गर्ने उद्देश्यले ऋणीहरूबाट असुल हुन बाँकी रकम संकलन गर्न आवश्यक भएको भन्दै समितिले समयमै कर्जा तिर्न सबै सम्बन्धित पक्षलाई ताकेता…

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५२ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो २२ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २१ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाँजर (तराई) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो २५ रुपैयाँ, काउली…

Read More

चितवन अटो–शो सम्पन्न : ३२१ सवारी बुकिङ, एक अर्बभन्दा बढीको कारोबार

चितवन । चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ । चितवन अटो–शो २०२६ चितवन अटो मोबाइल डिलर्स एसोसिएसन र चितवन अटो मोबाइल एसोसिएसनको संयुक्त आयोजनामा चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा वैशाख १७ गतेदेखि सुरु भएको मेला पाँच दिनपछि सोमबार समापन गरिएको हो । आयोजकका अनुसार अटो–शो अवधिभर एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मेलामा कुल ३२१ सवारी साधन बुकिङ एवं बिक्री भएका छन्, जसमा ११४ मोटरसाइकल, १४८ कार र ५९ भ्यान रहेका छन् । पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा १२ हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थिति रहेको…

Read More

क्यानको महानिर्देशक पदका लागि २१ जनाको आवेदन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महानिर्देशक पदका लागि आवेदन परेका उम्मेदवारको संख्या सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार पदपूर्तिका लागि यही वैशाख १२ गतेदेखि आवेदन आह्वान गरिएको थियो । प्राधिकरणको नेतृत्व चयनका लागि खुलाइएको उक्त पदमा अपेक्षाअनुसार उच्च रुचि देखिएको मन्त्रालयले जनाएको छ । अब प्राप्त आवेदनहरूको प्रारम्भिक छनोट तथा मूल्यांकन प्रक्रिया अघि बढाइने र योग्य उम्मेदवारहरूलाई थप प्रक्रियामा सहभागी गराइने बताइएको छ । महानिर्देशक पद क्यानको…

Read More

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लागेको छ, कोशी र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र र देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, पहाडी र तराई भूभागमा आंशिक बादल लागेको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ।…

Read More

प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरू हटाउने सरकारी अभियान तीव्र बनेसँगै प्रभावित बालबालिकाको शिक्षामा पर्न सक्ने असरप्रति सरोकारवाला शैक्षिक संस्थाहरूले चासो व्यक्त गरेका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष कृष्ण प्रसाद अधिकारी, एपेनका अध्यक्ष बद्री प्रसाद दाहाल, एन प्याब्सनका अध्यक्ष सुवास न्यौपाने र हिसानका अध्यक्ष युवराज शर्माले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको बालबालिकाको आधारभूत शिक्षाको मौलिक अधिकार कुनै पनि परिस्थितिमा प्रभावित हुन नदिनु राज्य, समाज र शैक्षिक क्षेत्रको साझा दायित्व भएको उल्लेख गरेका…

Read More