काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गई सडक भासिएको छ । गए रातिदेखि भइरहेको निरन्तर वर्षाका कारण आज बिहान ९ बजे पहिरो जाँदा उक्त सडक छेउका घरहरू जोखिममा परेको हो । काठमाडौं महानगरपालिकाका अनुसार सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा प्रतिनिधिहरू खटिएका छन् भने थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ । बस्ती डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरपालिकाले जानकारी दिएको छ। जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन…
Read MoreCategory: विविध
लगातार वर्षाले हेटौँडा अस्तव्यस्त, मुख्य बजार क्षेत्रमा पानी जम्यो
हेटौँडा । निरन्तर परेको अविरल वर्षाले हेटौँडासहित आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । गत केही दिनयता परेको पानीका कारण सडक चिप्लिने, खोला–नाला बढ्ने र विभिन्न स्थानमा आवतजावत अवरुद्ध हुने अवस्था सिर्जना भएको छ । हेटौँडाको मुख्य बजार क्षेत्रमा पानी जम्दा व्यापारी र स्थानीय बासिन्दा दुबैलाई समस्या भएको छ भने ग्रामीण भेगका धेरै ठाउँमा सडक आवागमन कठिन बनेको छ । खेतबारीमा पानी जम्दा धान लगायतका बालीहरूमा समेत असर पुगेको किसानहरूले बताएका छन् । यातायात क्षेत्र पनि प्रभावित भएको छ । हेटौँडा–काठमाडौं, हेटौँडा–ललितपुर र हेटौँडा–चितवनतर्फका सडक खण्डहरूमा पहिरो र चिप्लोपनका कारण…
Read Moreपछिल्लो ६ घण्टामा सबैभन्दा धेरै बर्षा वीरगञ्जमा
काठमाडौं । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वीरगञ्जमा ६४ मिलिमिटर बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गौरमा ५७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ। काठमाडौँ उपत्यकामा गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कममात्रै वर्षा भइरहेको छ।
Read Moreबर्षाका कारण आन्तरिक तर्फका उडानहरू प्रभावित
काठमाडौँ । शुक्रबार रातिदेखि भइरहेको बर्षाका कारण शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू प्रभावित भएका छन् । अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौँसहित कम्तीमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडानहरू प्रभावित भएको जनाइएको छ । कतिपय उडान डिले भएका छन् । काठमाडौँसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Read Moreतीन दिनसम्म लामो दूरीका र काठमाडौँ भित्रिने वा बाहिरिने सवारी साधन बन्द
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने–बाहिरिने सवारी साधन आवतजावत बन्द गर्ने भएको छ । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले असोज १८, १९ र २० गतेका लागि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने ÷ बाहिरिने सवारी साधन आवतजावत बन्द गरेको जानकारी दिएको हो । भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने संभावित विपद् जोखिम न्यूनीकरण गर्न…
Read Moreआज यी प्रदेशहरुमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । जसका कारण आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ…
Read Moreदशैंको टीका लगाउने र आशीर्वाद लिनेक्रम आज पनि जारी
काठमाडौं । आश्विनशुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैंको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ । पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु पूर्णिमाका…
Read Moreभीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द
रामेछाप । भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमनमा रोक लगाइएको जनाएको छ । कार्यालयले सूचना जारी गरी यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी सूचनामा यात्रु तथा…
Read Moreदेशभरको मौसम प्रतिकुल : टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध
काठमाडौं । देशभरको मौसम प्रतिकुल बन्दै गएको र जोखिम बढ्ने भएकाले विभिन्न जिल्ला प्रशासन कार्यालयले शतर्क रहन आब्हान गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो बाट जोखिमयुक्त स्थानमा बाढी, पहिरो, भू–क्षयजस्ता विपदजन्य घटनाहरू हुन सक्ने भएकाले सतर्कता र सावधानी अपनाउन अनुरोध गरेको छ । प्रशासन कार्यालयले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्न तथा काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभवहरुलाई रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ । प्रशासनले विपद्को समयमा तत्काल उद्धार, सहयोग…
Read Moreप्रसिद्ध ज्योतिष पण्डित डा अधिकारी दम्पत्तिले बाँडे चेपाङ बस्तीमा राहत
चितवन । प्रसिद्ध ज्योतिष पण्डित एवं गीतकार तथा समाजसेवी डा. रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दसैंको अवसरमा राहत वितरण गरेका छन्। विपन्न दुई सय जना चेपाङलाई उनले चामल, चिउरा र न्यानो कपडा, ओढ्नको लागि कम्बल वितरण गरेका हुन्। पूर्वीचितवन रोटरी क्लबको समन्वयमा डा.अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीसहितको टोलीले राहत वितरण गरेको हो। लामो समयदेखि स्वदेश तथा विदेशमा ज्योतिषीय, कर्मकाण्ड, ध्यान योग र तन्त्रमा प्रसिद्धि कमाएका अधिकारीले दसैंमा दुःख, पीडा र निराशा नहोस भनेर राहत लिएर पुगेको बताए। पूर्वीचितवन रोटरी क्लबका अध्यक्ष गुणबहादुर अर्याल, संस्थापक अध्यक्ष…
Read More