माथिल्लो कर्णाली जलविद्युत आयोजना : नीतिगत अन्योल र ढिलाइको पासोमा राष्ट्रिय समृद्धि

काठमाडौं । नेपाल विश्वमै प्रचुर जलस्रोतको धनी राष्ट्र भएपनि यसको उचित दोहन र उपयोगमा देखिएको सुस्तता राष्ट्रिय चिन्ताको विषय बनेको छ । जलविद्युतको अथाह सम्भावना भएर पनि ठूला र रणनीतिक आयोजनाहरूको कार्यान्वयनमा अपेक्षित गति हासिल हुन नसक्दा मुलुकले आर्थिक वृद्धि, औद्योगिकीकरण, रोजगारी सिर्जना र ऊर्जा सुरक्षाका सुनौला अवसरहरू गुमाइरहेको छ । प्राकृतिक स्रोतलाई वैदेशिक मुद्रा आर्जनको बलियो आधार बनाउन सकिने अवस्था हुँदाहुँदै पनि नीतिगत अस्पष्टता र प्रशासनिक कमजोरीले जलविद्युत क्षेत्रले सोचेजस्तो फड्को मार्न सकेको छैन । यही दीर्घकालीन ढिलाइ र नीतिगत अनिश्चितताको ज्वलन्त उदाहरणका रूपमा ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली…

Read More

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा दिएको छ । जसमा ७३ हजार ५०४ जनाले ओपिडी सेवा प्राप्त गर्नुभएको छ । यो संख्या गत आर्थिक वर्षहरूको तुलनामा बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १ लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६ जनाले ओपिडी सेवा लिएका गिए । आ। व। २०८१/०८२ मा १ लाख ९४ हजार १९३ जना कुल सेवाग्राहीमध्ये ओपिडी सेवा लिनेको संख्या ५९ हजार ५९ थियो । यस वर्ष करिब २ लाख ४० हजार सेवाग्राहीले…

Read More

स्थानीयवासीको क्षमता विकासबाट आयआर्जन गराउन मेला आयोजना गरेका हौँ : वडाध्यक्ष महर्जन

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ । गएको शुक्रबारबाट सुरु भएको मेला ७ दिनसम्म चल्नेछ । प्रशिक्षणमा १२५ जना स्थानीय बासी सहभागी छन् । तालिममा वारिस्ता, वेकरी, सेल्फ मेक अप, नेल आर्ट र रेडिमेड साडी तयारी सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । स्थानीय बासीमा उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगार मूलक र समाज व्यवस्थापनसँग सम्बन्धित विधाहरू छानिएको वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिए । ‘गएको वर्ष परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमुना उद्यमसँग सम्बन्धित सिप विकास…

Read More

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । महानगरपालिकाले जारी गरेको सूचनाअनुसार छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम २०८३ साल जेठ १ गते बिहान १० बजेदेखि भर्न सकिनेछ । आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११ः५९ बजेसम्म तोकिएको छ । विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट वा अनलाइन आवेदन पोर्टल मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ…

Read More

हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ । यसैगरी बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा…

Read More

नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा अनुमति अनिवार्य

काठमाडौं । विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था रहेको विभागले पुनः स्पष्ट गरेको छ । विभागले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै ट्रेकिङ अनुमति प्रक्रियालाई झन्झटरहित, छिटो, सेवाग्राहीमैत्री तथा प्रविधिमैत्री बनाउन सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन भइरहेको जनाएको हो । विभागका अनुसार अब विदेशी नागरिकले नेपालको स्वीकृत भिसा नम्बर मात्र नभई भिसा आवेदन नम्बरको आधारमा समेत पदयात्रा अनुमतिको आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । साथै, एक जना पदयात्रीलाई पनि अनुमति दिने प्रावधान लागू गरिएको छ । ‘पदयात्रामा जाने…

Read More

आइतबारको बिदा कटौती अभिभावकको माग

पर्सा । पर्साको शैक्षिक क्षेत्रमा आइतबार दिइने बिदा कटौतीको माग गर्दै अभिभावक संघ पर्साले जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन शाखामार्फत ज्ञापनपत्र बुझाएको छ । संघले लगातार दुई दिन बिदा हुँदा विद्यार्थीहरूको पढाइमा प्रत्यक्ष असर परिरहेको र पाठ्यक्रम समयमै पूरा गर्न कठिनाइ भइरहेको जनाएको छ । ज्ञापनपत्रमा उल्लेख भएअनुसार, अतिरिक्त बिदाका कारण शैक्षिक अनुशासन कमजोर बन्दै गएको छ । साथै, धेरै बालबालिका आइतबार बिदाका कारण मोबाइल, टिभी तथा सामाजिक सञ्जालमा बढी समय बिताउन थालेका छन्, जसले अध्ययनप्रतिको रुचि घटाउँदै लगेको अभिभावकहरूको गुनासो रहेको छ । संघले शिक्षा…

Read More

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो २२ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २० रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३९ रुपैयाँ रहेको छ । यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, गाँजर (तराई) प्रतिकिलो २८ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो २५ रुपैयाँ, काउली…

Read More

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

रामेछाप । वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै राजमार्ग सञ्चालनमा आए पनि यात्रु तथा चालकलाई लेन अनुशासन कायम गर्न, ट्राफिक नियम पालना गर्न तथा सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ । साथै सुरक्षासम्बन्धी प्रहरीका सुझाव तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न समेत अनुरोध गरिएको छ । राजमार्गको अवस्थाबारे थप जानकारी आवश्यक परेमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । रोशीखोलाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग ४ दिनदेखि अवरुद्ध थियो ।

Read More

नेपाल विविधताले भरिएको एउटा समृद्ध मुलुक हो : मन्त्री तिमल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले नेपाल विविध भाषा, संस्कृति र पहिचानले भरिएको समृद्ध मुलुक भएको बताएका छन् । गोरखापत्रको १२६औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमल्सिनाले गोरखापत्रमा विभिन्न भाषामा सामग्री प्रकाशन हुँदै जानु गर्वको विषय भएको बताएका हुन् । उनले भने, ‘नेपाल भनेको विविधताले भरिएको एउटा समृद्ध मुलुक हो । भाषा कारणले पनि समृद्ध छौं । सबै भाषाको सम्मान हुनु पर्दछ । गोरखापत्रमा विभिन्न भाषाहरू प्रकाशन हुँदै जानु हाम्रो लागि खिसी र गर्व दुवैको विषय हो ।’ मन्त्री तिमल्सिनाले गोरखापत्रको १२५ वर्षभन्दा लामो इतिहास गौरवपूर्ण…

Read More