काठमाडौं । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–१ स्थित मेरापिक हिमाल क्षेत्रको बेसक्याम्प आसपासबाट एक युवक हराएका छन् । सोलुखुम्बुकै सोताङ गाउँपालिका २ माझखर्क बस्ने गिरीराज राईका छोरा १६ वर्षिय प्रमिस राई सनवे होराईजन ट्रेक अफिसको सामानहरु बेसक्याम्पसम्म पुयाएर लुक्ला फर्किने क्रममा बैशाख १७ गते बेपत्ता भएका हुन् । राईसँगै सामान पुर्याउन गएका उनका साथी २९ बर्षिय राजकुमार राईले फर्किने क्रममा माप्य दुधकोशी गाउँपालिका ७ स्थीत छतर खोला आइपुग्दा अत्यधिक हिमपात भएर बाटो बिर्सिदा प्रमिस राई हराएको घरपरिवारलाई जानकारी गराएका थिए । घटनाबारे उनका साथी राजकुमार राईले परिवारलाई वैशाख १८ गते जानकारी…
Read MoreCategory: विविध
आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ । हाल मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम सम्मको वर्षा भईरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र…
Read Moreरारा पर्यटकीय पूर्वाधार साइकल लेन निर्माणको काम सुस्त
मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्र रारातालमा निर्माण भइरहेको गौरवको आयोजना ‘रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजना’ निर्माणको काम सुस्त देखिएको छ । म्याद सकिन दुई महिना बाँकी रहँदा कम्पनीलाई १२ करोड रकम भुक्तानी भएको र निर्माणको काम ४२ प्रतिशत मात्र भएको छ । निर्माणको जिम्मा लिएको कम्पनीले तीन वर्षदेखि रारा पर्यटकीय पूर्वाधार अन्तर्गत साइकल लेन, पर्यटकीय पदमार्ग निर्माणको काम पछिल्लो ६ महिनादेखि अलपत्र छ । उक्त आयोजनाका लागि संघीय सरकार वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष ०७८।०७९ मा ४६ करोड ४२ लाखमा खानी थोदुङ क्याराभान कन्ट्रक्सन प्रालिले ठेक्का पाएको…
Read Moreसगरमाथा फेदीमा रहेको अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशालाले कसरी काम गर्छ ?
काठमाडौं । सगरमाथाको फेदीमा १३ वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालनमा आएपछि यसको प्रभावकारिता बढ्न थालेको छ । सगरमाथाको फेदीमा अवस्थित यो प्रयोगशाला सन् २०१३ देखि बन्द रहेकामा हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मार्फत पुनः सञ्चालनमा आएको हो । दुई बर्षअघि पुनः संचालनमा आएको यो प्रयोगशालामार्फत महत्वपूर्ण कामहरु हुँदै आएको छ । सोलुखुम्बुको लोबुचेमा ५०५० मिटरको उचाइमा रहेको पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला उच्च भू–भागको अध्ययन गर्ने अत्याधुनिक अनुसन्धान केन्द्र हो । प्रयोगशालामा कार्यरत व्यवस्थापक तथा प्राविधिक कर्मचारी काजी विष्टका अनुसार वायुमण्डलीय प्रदूषण, जलवायु परिवर्तन, मौसम तथा हिमाली…
Read Moreयस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ०५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ…
Read Moreआजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल कोशी, मधेश र बागमती प्रदेशमा पूर्णतया बादल तथा गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरू तथा मधेश, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र…
Read Moreआज बुद्ध जयन्ती मनाइँदै
काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँने गरिन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ,
Read Moreआजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती , गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भई रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल…
Read Moreमनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन अनुसार नदीले परिवर्तन गरेको धार फर्काउनका लागि कार्यवाहक प्रमुख सुनिता डंगोलले प्राविधिक तथा प्रशासनिक परामर्श गरेकी छन् । स्वीकृत डिपीआर अनुसार नदी २०२१ सालको नापी नक्साबमोजिम हुनुपर्नेमा नदीले वहावले स्थान परिवर्तन गरेर पश्चिमतर्फ सरेको छ । यसले गर्दा काठमाडौँतर्फको करिब १ सय रोपनी जमिन भक्तपुरतर्फ र भक्तपुरतर्फको करिब १५ रोपनी जग्गा काठमाडौँतर्फ सरेको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र मनोहरा जग्गा एकीकरण आयोजनाका प्रमुख निर्मलराज बरालसँग नदी क्षेत्रको नक्सा अध्ययन गर्दै कार्यवाहक प्रमुख डंगोलले…
Read Moreआजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित मध्यम सम्मको वर्षा भैरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको…
Read More