काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपात भईरहेको छ । आज दिउँसो देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । देशका हिमाली भूभागका…
Read MoreCategory: विविध
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह –२०२६ आजदेखि सुरु
काठमाडौ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह –२०२६’ आजदेखि सुरु गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै अभियान नेपालले सार्वजनिक शिक्षाका विभिन्न सवालहरूलाई सरोकारवालाहरूमा सचेतना गर्ने र नीति निर्माण तहमा आवश्यक वकालत तथा दवाब सृजना गर्ने उद्देश्यका साथ विश्वका १५० भन्दा बढी देशहरुमा एकै साथ शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु भएको जानकारी दिएको हो । आजदेखि १४ गतेसम्म ‘शिक्षामा पर्याप्त लगानीको लागि अभियानको ज्योति बालिराखौँ’ भन्ने मूल नाराका साथ विभिन्न सचेतना र वकालतमूलक क्रियाकलाप गरिने योजना रहेको छ । नेपालको संविधानले आधारभूत शिक्षा अनिवार्य र निःशुल्क…
Read Moreइरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा
काठमाडौं । इरानमा पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका छन् । उनी बुधबार रिहा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । झालाई नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी रहेको जनाकारी गराइएको छ । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर फर्किने क्रममा पक्राउ गरिएको थियो ।
Read Moreपरीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरूबाट यस वर्ष गएको वर्षको तुलनामा ८.५ प्रतिशत बढी विद्यार्थी ग्रेड भएका छन् । गएको वर्ष ७२.७ प्रतिशत विद्यार्थी ग्रेड थिए । यस वर्ष ८१.२ प्रतिशत विद्यार्थी ग्रेड छन् । सामुदायिक विद्यालयतर्फ हेर्ने हो भने गएको वर्षभन्दा यस वर्ष १०.५५ प्रतिशत धेरै विद्यार्थी ग्रेड छन् । गएको वर्ष ५१.८ प्रतिशत विद्यार्थी ग्रेड थिए । यस वर्ष ६२.३५ प्रतिशत विद्यार्थी ग्रेड छन् । काठमाडौँ महानगरपालिकाको आधारभूत तहको परीक्षा समितिले आज परीक्षाफल प्रकाशित गरेको हो । समितिका अध्यक्ष एवं शिक्षा अधिकारी नमराज ढकालको अध्यक्षतामा बसेको बैठकले परीक्षाफल प्रकाशन…
Read Moreआजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका पहाडी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र…
Read Moreकास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
काठमाडौं । कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर बिहान ८ः३४ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
Read Moreअन्तर्राष्ट्रिय कोडिङ प्रतिस्पर्धामा नेपाली विद्यार्थीको ऐतिहासिक सफलताः दूरशिक्षाद्वारा विजेताहरू सम्मानित
काठमाडौं । नेपालको शिक्षा र प्रविधि क्षेत्रका लागि एक ऐतिहासिक उपलब्धि स्वरूप नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय कोडिङ प्रतिस्पर्धामा विश्वव्यापी सफलता हासिल गरेका छन् । ‘इन्टरनेशनल डिस्कभरी एजुकेशन कोडिङ च्यालेन्ज २०२४–२०२५’ मा उत्कृष्ट स्थान प्राप्त गर्न सफल ती प्रतिभावान विद्यार्थीहरूलाई शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फा बिटा ब्यांक्वेटमा आयोजित एक भव्य समारोहबीच पुरस्कृत गरिएको हो । दूरशिक्षा एजुकेशन नेटवर्कले डिस्कभरी एजुकेशन र एड्युटेकको सहकार्यमा उक्त पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । यस वर्षको प्रतिस्पर्धामा नेपाली बाल प्रतिभाहरूले विश्वस्तरमै आफ्नो वर्चस्व कायम गरेका छन् । पाइथन प्रोग्रामिङ विधामा अंशु कृष्ण रिजालले विश्वमै प्रथम…
Read Moreआजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपात भई रहेको । दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गर असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एकरदुई मेघगर्जनरचट्याङ्गर सहित हल्का…
Read Moreआज ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै
काठमाडौं । आज देशभर ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । प्रत्येक वर्ष चैत २० गते विविध कार्यक्रमसहित मनाइने परम्परा अनुसार यस वर्षको सहकारी दिवस ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता’ भन्ने मूल नारासहित मनाइँदैछ । सहकारी क्षेत्र वर्तमानमा देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । देशभर करिब ३० हजार सहकारी संस्था दर्ता भइसकेका छन् र यस क्षेत्रमा ६० लाखभन्दा बढी सदस्य आवद्ध छन्। सहकारी क्षेत्रले प्रत्यक्ष रूपमा करिब ५० हजार र अप्रत्यक्ष रूपमा पाँच लाख नागरिकलाई रोजगारी प्रदान गरेको बताइन्छ। कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा…
Read Moreहेटौंडामा ‘२१औँ विश्वशान्ति महामैत्री बोधि मार्ग दर्शन’ कार्यक्रम आयोजना हुने
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक (हुप्रा) चौरमा ‘२१औँ विश्वशान्ति महामैत्री बोधि मार्ग दर्शन तथा मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम–२०८२’ आयोजना हुने भएको छ । ‘लिटल बुद्ध’ भनेर चिनिएका रामबहादुर बम्जनका अनुयायीहरुको अगुवाइमा उक्त कार्यक्रम हुन लागेको हो । बोधी श्रवण धर्म संघ–नेपालको आयोजनामा उक्त कार्यक्रम चैत २६ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको पूर्वसन्ध्यामा जारी प्रेस विज्ञप्तिमा विश्वशान्ति, मैत्रीभाव र मानवताको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ । आयोजकले सम्पूर्ण मानव समुदाय, धर्मप्रेमी, संघ–संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आह्वान…
Read More