काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोकी पठाउन पत्रचार गरेको छ । मन्त्रालयले बुधबार एक सुचना जारी गर्दै हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि कार्यालय र अस्पताल र निकायलाई फोकल पर्सन तोकेर पठाउन परिपत्र गरेको हो । मन्त्रालयले सरकारको एकसय कार्यसूचीहरूमध्ये २५ नम्बरमा रहेको हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक सरकारको प्लेटफर्मको रुपमा विकास गर्ने तथा एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरी गुनासो समाधानको प्रगति रियल टाइममा अनुगमन गर्ने नीतिअनुसार फोकल पर्सन तोक्ने निर्देशन दिएको हो ।
Read MoreCategory: विविध
आज हनुमान जन्मजयन्ती मनाइँदै
काठमाडौं । आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन पर्ने यस पर्वमा हनुमान प्रति विशेष पूजाआराधना गर्ने परम्परा रहेको छ । आजको दिन हनुमानको पुजाआराधना गरेमा बल, बुद्धि र विद्या प्राप्त हुने तथा दुःख सङ्कटबाट मुक्ति मिल्ने विश्वास छ । यस अवसरमा राजधानीसहित देशभरका हनुमान मन्दिरहरूमा भक्तजनको भीड लाग्छ । विशेषगरी हनुमानढोका दरबार परिसरमा रहेको हनुमान मूर्ति, पशुपतिनाथ मन्दिर क्षेत्रभित्रको हनुमान मन्दिर तथा गोकर्णेश्वर नगरपालिकास्थित पञ्चमुखी हनुमानमा विशेष पूजाआराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने परम्पराअनुसार पुजारीले मात्र पूजा…
Read Moreआजदेखि एसइइ परिक्षा सुरु : यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै
काठमाडौं । यसवर्षको एसइइ परिक्षा आज बिहीबारबाट सुरु हुँदैछ । यसवर्षको एसइइ परिक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी बोर्डले जनाएको छ । जसमध्य टेक्नीकलबाट १६ हजार ३१२ जनाले परिक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परिक्षा दिन लागेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखी ७७ वटै जिल्लामा परीक्षा सुरु हुँदैछ ।
Read Moreआजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी र सुदूरपश्चिम लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग् सहित हल्का वर्षा भईरहेको छ । दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।…
Read Moreप्रहरीले मनायो ‘अप्रिल फूल’ डे
काठमाडौं । नेपाल प्रहरीले ‘अप्रिल फूल’ डे मनाएको छ । सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीले कोही कसैविरूद्ध उजुरी वा निवेदन परेको/नपरेको जानकारी लिन सकिने भनेर एउटा पोष्ट गरेको छ । उक्त स्क्यान कोडलाई स्क्यान गरेपछि ‘अप्रिल फूल’ भनिएको अर्को पाना खुल्छ । ‘तपाईंले स्क्यान गर्नुभएको क्युआर कोड सचेतना अभियानका लागि हो। आज हामीले मजाक गरेका थियौं। तर भोलि यस्तै क्युआरबाट तपाईं स्क्याममा पर्न सक्नुहुन्छ,’ प्रहरीले भनेको छ । प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्युआर कोड स्क्यान नगर्न भनिएको छ ।
Read Moreभोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै
काठमाडौं । यसवर्षको एसइइ परिक्षा भोली बिहीबारबाट सुरु हुँदैछ । यसवर्षको एसइइ परिक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी बोर्डले जनाएको छ । जसमध्य टेक्नीकलबाट १६ हजार ३१२ जनाले परिक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परिक्षा दिन लागेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजे ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा भएको छ ।
Read Moreआजको मौसम : पहाडी र हिमाली काेही भूभागमा मेघगर्जसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायूका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेशसहित कोशी प्रदेशको तराई भुभाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी…
Read Moreआज कामदा एकादशी व्रत गरिँदै
काठमाडौं । आज कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना पूरा हुने विभिन्न पुराण एवं धर्मग्रन्थमा उल्लेख छ । यो कामदा एकादशीको व्रतको माहात्म्य पढ्नाले वा सुन्नाले मात्रै पनि वाजपेय यज्ञ गरेको पुण्यफल प्राप्त हुने ग्रन्थमा वर्णन गरिएको छ ।
Read Moreआजको मौसम : पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ । आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राती कोशी, बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशका हिमाली भूभागमा साधारणतया…
Read Moreआजको मौसम : यी स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू–भागमा अधिकांश बादल, पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी÷असिना सहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, आज राती देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भू–भागमा…
Read More