काठमाडौं । काठमाडौं नगर शिक्षा समितिले २०७४ साल यता गरेका निर्णय कार्यान्वयन अवस्थाको समीक्षा गरेको छ । समितिका अध्यक्ष एवं महानगका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सोमबार बसेको बैठकमा शिक्षा अधिकृत केशव ज्ञवालीले गएको ८ वर्षमा समितिले गरेका मुख्य निर्णय र त्यसको कार्यान्वयन अवस्थाका विषयमा प्रस्तुतीकरण गरेका थिए । महानगरलाई साक्षर नगर घोषणा गर्ने, सार्वजनिक तथा निजी गुठीको विधान शिक्षा अधिकारीलाई प्रमाणित गर्ने अधिकार दिने, तहगत प्रधानाध्यापक व्यवस्थापन गर्ने जिम्मेवारी शिक्षा विभागलाई दिने निर्णय भएको छ । यसै गरी, कक्षा १ को कक्षा सञ्चालन अनुमति नदिने, विद्यालयहरूको परिचय पाटी नेपाली, अङ्ग्रेजी…
Read MoreCategory: विविध
आजको मौसम : पहाडी र हिमाली भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भैरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भुभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आँशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको पहाडी…
Read Moreगोरेटोको सेवा अब काठमाडौँको बागबजारबाट
काठमाडौं । गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा पनि सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि सञ्चालनमा आएको नयाँ शाखा मार्फत अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, न्यूजिल्याण्ड लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्न सुरु गरिएको गोरेटोका प्रबन्ध निर्देशक धिरज कंडेलले जानकारी दिए । नयाँ शाखा संचालमा आएसँगै निर्देशक कंडेल भन्छन्,‘बागबजारमा विद्यार्थीलाई मल्टिडेस्टिनेसन करिअर काउन्सिलिङ गर्ने उद्देश्यले शाखाको विस्तार गरेका हौँ। विद्यार्थीलाई अन्य शाखाहरूबाट जस्तै यहाँबाट पनि सेवा दिनेछौँ।’ यस्तै गोरेटोका संयोजक प्रकाश रेग्मीले नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका क्रममा भोग्ने भिसा अस्वीकृतिको डर, आर्थिक दबाब, तथा सामाजिक…
Read Moreआगामी तीन दिन देशका विभिन्न भागमा वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना
काठमाडौं । आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रबारदेखि मौसममा उल्लेख्य बदलाव आउने जानकारी दिएको हो। शनिबार पूर्वी नेपालका विराटनगर, धनकुटा, धरान र आसपासका जिल्लामा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। प्रि–मनसुनको अवधि भएकाले यस्तो शक्तिशाली हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र घरका छाना उडाउने…
Read More‘धर्मशास्त्रको पर्याप्त ज्ञानबिना ज्योतिष सम्बन्धी अभिव्यक्ति दिँदा विवाद र आपत्ति उत्पन्न हुने’
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले ज्योतिष र धर्मशास्त्रबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन् । बिहीबार आयोजित ‘ज्योतिष दिवस समारोह–२०८२’ मा बोल्दै उनले धर्मशास्त्रको पर्याप्त ज्ञानबिना ज्योतिष सम्बन्धी अभिव्यक्ति दिँदा विवाद र आपत्ति उत्पन्न हुने बताएका हुन् । उनले पछिल्लो समय धेरै व्यक्तिहरूले विषयवस्तु नबुझीकन धारणा सार्वजनिक गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै यस्ता गलत बुझाइलाई हटाउन आवश्यक रहेको बताए । ‘ज्योतिष र धर्मशास्त्रबीच अन्योन्याश्रित सम्बन्ध छ । धर्मशास्त्रको कुरा नजानी ज्योतिषीले बोल्दा पनि आपत्ति आइपर्छ । आजका दिनमा पनि धेरै आपत्तिका कुराहरु आएका थिए । धेरै…
Read Moreलैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मुद्दामा दलहरूको प्रतिबद्धता अझै प्रतीकात्मक : सुनिल बाबु पन्त
काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अभियन्ता सुनिलबाबु पन्तले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूको घोषणापत्रप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । पन्तले अघिल्ला निर्वाचनको तुलनामा यसपटक दलहरूले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई घोषणापत्रमा समेटेको विषयलाई सकारात्मक माने पनि त्यो धेरैजसो ‘प्रतीकात्मक’ मात्र भएको टिप्पणी गरे । उनका अनुसार करिब ९–१० वटा दलले समुदायको नाम उल्लेख गरेका छन् । तर अधिकार, आरक्षण, रोजगारी र समानुपातिक प्रतिनिधित्वजस्ता ठोस विषयमा स्पष्ट प्रतिबद्धता कम देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संरक्षण र सम्मानजनक जीवनको कुरा गरे पनि अधिकारमुखी एजेन्डा नसमेटेको…
Read Moreआजको मौसम : आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली…
Read Moreविश्वभर आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै
काठमाडौं । विश्वभर आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदै छ । गैरसरकारी संस्थाहरूले समाज उत्थानको लागि दिएका योगदानहरूलाई थप हौसाउन हरेक वर्षको २७ फेब्रुअरीको दिन संयुक्त राष्ट्र सङ्घले विश्व गैर सरकारी संस्था दिवस मनाउने गरेको छ । आजको दिनको मूलभूत उद्देश्य भने साथ र सहयोगको उत्सव मनाउ भन्ने रहेको छ । यस दिवसको यस वर्षको मूल नारा ‘समावेशितामार्फत सम्मान पुनः स्थापना’ रहेको छ । विश्व गैरसरकारी संस्था दिवसले समाजका सीमान्तकृत, पिछडिएका तथा अवसरबाट वञ्चित समुदायको अधिकार संरक्षण, सशक्तीकरण र समान सहभागिता सुनिश्चित गर्न गैरसरकारी संस्थाहरूले खेलेको योगदानलाई विशेष रूपमा उजागर…
Read Moreआजको मौसम : आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभामामा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल…
Read Moreधितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका लागू
काठमाडौं । धितोपत्रलाई कागजी अवस्थाबाट विद्युतीय प्रणालीमा रूपान्तरण (डिम्याट) गर्ने कार्यलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ‘धितोपत्र अभौतिकीकरण कार्यसंचालन निर्देशिका, २०८२’ लागू गरिएको छ । धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम ३०(१) र धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को विनियम ५० बमोजिमको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा निर्देशिका जारी गरिएको हो । निर्देशिका बोर्डबाट स्वीकृत भएपछि सिडिएससीको सञ्चालक समितिले तोकेको मितिदेखि लागू हुनेछ । यसले धितोपत्र अभौतिकीकरण, आइजिन प्रदान गर्ने, मिश्रण (मर्जर) तथा छुट्याउने प्रक्रियालाई स्पष्ट र एकीकृत ढंगले कार्यान्वयन गर्ने आधार तय गरेको…
Read More