काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकाले हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । त्यस्तै महाशाखाका अनुसार तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । त्यस्तै, आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । साथै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ…
Read MoreCategory: विविध
ब्रिटिश कलेजविरुद्ध रकम असुलीमा जोडिएपछि डाँफे नेपाल टिभीले माग्यो माफी
काठमाडौँ । थापाथलीस्थित द ब्रिटिश कलेजविरुद्ध श्रृंखलाबद्ध झुटो भिडियो सामग्री प्रसारण गरेको डाँफे नेपाल टिभीले कलेजसँग औपचारिक रूपमा माफी मागेको छ । डाँफे नेपाल मिडियाका सञ्चालक दिपेश कुमार जैसवालले द ब्रिटिश कलेजलाई पत्र पठाउँदै आफूहरूबाट गल्ती भएको स्वीकार गरेका हुन् । सूचना तथा प्रसारण विभाग तथा प्रेस काउन्सिल नेपालमा दर्ता भएको डाँफे नेपाल मिडिया प्रा.लिले सत्यतथ्य जाँच नगरी सामग्री प्रसारण गरिएको स्वीकार गरेको छ । कलेजलाई पठाइएको पत्रमा उल्लेख गरिएअनुसार द ब्रिटिश कलेजसम्बन्धी केही भिडियो सामग्रीहरू सम्पूर्ण तथ्य र यथार्थ नबुझी, आवश्यक सत्य जाँच नगरी प्रसारण गरिएको र ती सामग्रीहरू…
Read Moreसुनसान सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन, संसारका लागि नेपाल खुल्ला स्टूडियो बन्नसक्ने
काठमाडौं । सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन भइरहेको छ । सगरमाथा आधार शिविरमा कोरियन ब्राण्ड ‘ब्ल्याक याक’ ब्राण्डकाे विज्ञापन छायाँकन भइरहेको छ । नेपालमा सामान्यतया हिमाली पदयात्राको लागि हिउँदे समयलाई जोखिमपूर्ण समय मानिन्छ । हिउँदे समयमा जोखिम तथा उच्च चिसोका कारण पदयात्रा गर्न अपूर्ण हुन्छ भन्ने मान्यताको गलत भाष्यलाई कोरियन ब्राण्ड ‘ब्ल्याक याक ब्राण्ड’ ले चिरिदिएको छ । बेमौसमीमा हिमालमा अत्यधिक चिसो, तिब्र गतिको हावा, हाइ अल्टिच्युट सिकनेस र हाइपोथर्मियाको जोखिम बढाउँछ भन्ने मान्यताले पदयात्रीहरु यात्रा गर्न डराउँछन् । तर १६ जना कोरियनलगायत ४० जनाको टीमले यो ‘ब्ल्याक याक…
Read Moreलुकेका पर्यटन गन्तव्यहरू उजागर गर्न फोटो प्रदर्शनी हुँदै
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले आफ्नो ‘ह्यासट्याग फोटो नेपाल’ #photoNepal पहल अन्तर्गत कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रदर्शनीमा हिमालयका मनमोहक दृश्यसँगै नेपालको जीवन्त स्थानीय जीवन झल्किने तस्बिरहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड परिसरमा फेब्रुअरी ६ देखि ८ (माघ २३ देखि २५) सम्म आयोजना हुनेछ । तीनदिने यो प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहने एनटीबीले जनाएको छ । एनटीबीका अनुसार प्रदर्शनीको उद्देश्य प्रतिभाशाली फोटोग्राफरहरूको सिर्जनात्मक दृष्टिकोणमार्फत नेपालका लुकेका पर्यटन गन्तव्यहरू उजागर गर्नु हो । यसले आगन्तुकहरूलाई नेपालको…
Read Moreएलपी ग्यास अभावको हल्ला निराधारः चण्डीका भट्ट
काठमाडौं । एलपी ग्यास अभावको हल्ला निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले बताएका छन् । पछिल्लो समय बजारमा एलपी ग्यास अभाव भएको भन्दै फैलिएको हल्लामा विश्वास नगर्न भन्दै उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । उनले आपूर्ति सहज र पर्याप्त रहेको स्पष्ट पारेका छन् । दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको उनले बताएका छन् । उनकाअनुसार नेपालमा प्रतिदिन करिब ९० बुलेट, अर्थात करिब १ लाख १४ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्छ । तर पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन…
Read Moreअटोमोवाइल क्षेत्र दिगो सडक र सुरक्षित यातायात सम्बन्धी नीति चुनावी घोषणापत्रमा समेट्न सुझाब
काठमाडौं । राजनीतिक दलहरूका चुनावी घोषणापत्रमा अटोमोवाइल, दिगो सडक र सुरक्षित यातायातसम्बन्धी नीतिहरु समावेश गर्न नेपाल अटोमोबाइल्स एसोसिएसनले सुझाब पेश गरेको छ । आइतबार जारी गरिएको सुझावपत्रमा देशका सडकहरूमा दैनिकजसो हुने दुर्घटनाका कारण ठूलो संख्यामा नागरिकको अकाल मृत्यु तथा अपांगता बढ्दै गएको उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार नेपालमा वार्षिक करिब ८ हजार मानिस सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् भने नेपाल प्रहरीको तथ्यांकअनुसार यो संख्या करिब २ हजार ५ सय हाराहारीमा रहेको छ । सडक दुर्घटनाले मानव अधिकार र उपभोक्ता अधिकारको गम्भीर उल्लंघन भइरहेको एसोसिएसनको ठहर छ । एसोसिएसनले…
Read Moreकोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको…
Read Moreबुद्ध एयरको ‘भ्यालेन्टाइन डे’ अफर : एकै टिकटमा दुई जनालाई एभरेष्ट एक्सपेरियन्स उडान
काठमाडौं । नेपालको अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरले यस वर्षको ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक गरेको छ । हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसलाई अविस्मरणीय बनाउन बुद्ध एयरले ‘एभरेष्ट एक्सपेरियन्स’ उडानमा एकै टिकटमा दुई जना उड्न मिल्ने योजना ल्याएको छ । यस योजना अन्तर्गत जोडीहरूले रु. १४,२६५ मा सगरमाथालगायतका विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न पाउनेछन् । काठमाडौं विमानस्थलबाट सुरु भई करिब १ घण्टाको हिमाली दृश्यावलोकनपछि जहाज पुनः काठमाडौंमै अवतरण हुनेछ । उडानमा सहभागी जोडीहरूलाई गुलाबको फूल, चकलेटलगायत उपहार प्रदान गरिनेछ ।…
Read Moreहेटौँडा–१५ मा खुलेआम गाँजा खेती, जनप्रतिनिधिकै संरक्षण ?
हेटौँडा । मकवानपुर जिल्लामा अवैध लागूऔषधविरुद्ध प्रहरी प्रशासनले कैलाश र राक्सिराङ गाउँपालिकामा मात्रै केन्द्रित रूपमा गाँजा तथा अफिम फडानी गर्दै आएको बेला हेटौँडा उपमहानगरपालिका–१५ का विभिन्न स्थानमा भने लामो समयदेखि खुलेआम गाँजा खेती भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीयवासीको सूचनापछि हाम्रो मिडिया टोली स्वयं हेटौँडा–१५ अन्तर्गतका माझी खोला, सल्लाघारी, चिपरेटी, बासघारी, सलाकारी र बङ्गेरी आसपासका विकट क्षेत्रमा स्थलगत अनुगमनमा पुगेको थियो। अनुगमनका क्रममा ती क्षेत्रहरूमा पुग्न मुख्य बस्तीबाट करिब एक किलोमिटर पैदल यात्रा गर्नुपर्ने देखियो। अमरेशगञ्ज तथा अमलेखगञ्जतर्फबाट सहज पहुँच हुने गोरेटो बाटो प्रयोग गरी उक्त स्थानमा पुग्न सकिने…
Read Moreटीआईटीएफ २०२६ : नेपाली पर्यटन व्यवसायका लागि नयाँ अवसर
काठमाडौं । दक्षिण–पूर्व एशियाली प्रमुख पर्यटन स्रोत बजार थाइल्याण्डमा नेपालको पर्यटन प्रवद्र्धन थप सशक्त बन्दै गएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले बैंककमा सम्पन्न ३१औँ थाइ इन्टरनेशनल ट्राभल फेयर (टीआईटीएफ) २०२६ मा सफल सहभागिता जनाउँदै नेपाली पर्यटनको विविधता र सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । २२ देखि २५ जनवरी २०२६ सम्म क्विन सिरिकिट नेशनल कन्भेन्सन सेन्टरमा आयोजित चारदिने पर्यटन मेलामा बोर्डले नेपाल एयरलाइन्स तथा नेपालका ११ प्रतिष्ठित ट्राभल तथा ट्रेकिङ कम्पनीसँग मिलेर ‘नेपाल प्याभिलियन’ मार्फत पर्यटन प्रवद्र्धन गरेको हो । मेलामा सहभागी कम्पनीहरूले साहसिक, सांस्कृतिक, आध्यात्मिक तथा प्रकृतिमुखी…
Read More