अबको युग डिजिटल प्रेमको

काठमाडौं । प्रविधिको तीव्र विकाससँगै प्रेम अभिव्यक्त गर्ने तरिका मात्र होइन, प्रेमको अर्थ र अनुभव पनि बदलिँदै गएको छ । स्मार्टफोन, सामाजिक सञ्जाल र डेटिङ एप्सले सम्बन्ध सुरु गर्ने, अघि बढाउने र अन्त्य गर्ने प्रक्रियालाई नै नयाँ स्वरूप दिएका छन् । डिजिटल युगमा प्रेम अब पत्र, प्रतिक्षा र प्रत्यक्ष भेटघाटमा मात्र सीमित छैन । यो ‘इनबक्स’, ‘भिडियो कल’ र ‘इमोजी’ मार्फत पनि बाँचिरहेको छ । सामाजिक सञ्जालबाट सुरु हुने सम्बन्ध अहिले धेरै युवायुवतीको प्रेम कथा फेसबुक, इन्स्टाग्राम वा टिकटकबाट सुरु हुन्छ । ‘फ्रेन्ड रिक्वेस्ट’ स्वीकार गरेपछि सुरु हुने सामान्य कुराकानी…

Read More

प्रेमको उत्सव :‘भ्यालेन्टाइन डे’

काठमाडौं । आज १४ फेब्रुअरी, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । विश्वभरिका करोडौँ प्रेमी–प्रेमिकाहरूको लागि महान् दिन । खासगरी युवायुवतीहरूले एक अर्काबीच प्रेम व्यक्त गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने अवसरको रूपमा लिइन्छ यो दिनलाई । हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने ‘भ्यालेन्टाइन डे’ केवल एक दिन मात्र होइन, यो प्रेम, समर्पण र आत्मीयताको उत्सव हो । यो दिनले हामीलाई सम्झाउँछ माया भन्नु केवल शब्द होइन, अनुभूति हो; केवल साथ हुनु होइन, साथ निभाउनु हो । प्रेम कुनै सीमामा बाँधिँदैन । यो न उमेरले छेक्छ, न…

Read More

६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १४ वटा जिल्लाको मतपत्र छाप्न बाँकी रहेको जनाएको छ । आयोगका अनुसार अहिलेसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ भने अब काठमाडौं उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा,दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी,…

Read More

आज प्रणय दिवस : विश्वभर प्रेम साटासाट गरी मनाइँदै

काठमाडौं । आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे । नेपालसहित विभिन्न देशमा प्रेमिल जोडीहरूले एक–आपसमा शुभकामना साटासाट गर्दै, भेटघाट गरी र उपहार आदानप्रदान गरेर यो दिवस मनाउँदै छन् । भ्यालेन्टाइन डे प्रेम, स्नेह र भावनाको अभिव्यक्ति गर्ने विशेष दिनका रूपमा चिनिन्छ । आधुनिक समयसँगै यसको प्रभाव नेपालमा पनि बढ्दै गएको छ । विशेषगरी युवा पुस्तामा यस दिन फूल, चकलेट, कार्ड, उपहार तथा साथमा समय बिताउने चलन बढ्दो देखिन्छ । भ्यालेन्टाइन डे एक सातासम्म चल्ने ‘भ्यालेन्टाइन सप्ताह’को अन्तिम दिन हो । यस अवधिमा रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे,…

Read More

आजको मौसम : मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । यस्तै,तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना…

Read More

मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली…

Read More

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय संसदमार्फत कानुन परिवर्तनको यात्रामा

काठमाडौं । समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि दशकौँदेखि निरन्तर सङ्घर्ष गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सक्रिय रूपमा होमिएका छन् । समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १५ जनालाई उम्मेदवार बनाएको छ । पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ६ वटा निर्वाचन क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवार रहेका कारण ती क्षेत्रहरूमा सर्वसम्मत निर्वाचित गराइदिन सार्वजनिक अपिलसमेत गरेको छ । सामाजिक न्याय, समावेशी लोकतन्त्र तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको मानवअधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्तिहरू…

Read More

राष्ट्रियस्तरीय अवाकस च्याम्पियनसिपको उपाधि शब्दाश नेपाललाई

काठमाडौं । राष्ट्रियस्तरीय अवाकस च्याम्पियनसिपको उपाधि शब्दाश नेपालले जितेका छन् । एलरोज एजुकेसनले शनिबार आयोजना गरेको प्रतियोगितामा देशभरका ८० भन्दा बढी विद्यालयबाट करिब १५० विद्यार्थी सहभागी भएका थिए । विद्यालयस्तरमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरू राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट भएका हुन् । तहगत प्रतिस्पर्धाअन्तर्गत फाउन्डेसन लेभलमा स्मारिका घिमिरे, लेभल १ मा रुमिना भण्डारी, लेभल २ मा सौगात श्रेष्ठ, लेभल ३ मा प्रिस्टन तामाङ, लेभल ४ मा सान्वी खकुरेल, लेभल ५ मा नेहारिका घिमिरे, लेभल ६ मा इप्सा लामिछाने, लेभल ७ मा श्रीग्या बज्राचार्य र लेभल ८ मा सब्रिना वैद्य विजयी भए…

Read More

मौसम पूर्वानुमान : तराईमा हुस्सु/कुहिरो रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा…

Read More

आदिवासी जनजाति पत्रकारहरूको माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)काठमाडौं शाखाले २२औं साधारण सभा सम्पन्न गरेको छ । शनिबार काठमाडौंमा आयोजित साधारण सभामा फोनिज काठमाडौंले २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ संघीय अध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारहरूको माग र मुद्दामा सरकार अझै गम्भीर नभएको बताए । उनले भने, ‘मातृभाषी पत्रकारहरूमाथि सरकारको हेर्ने दृष्टिकोण अहिले पनि विभेदकारी छ। फोनिजकै हकमा सरकारले अहिलेसम्म टोकन मनीको रुपमा मात्रै दिने गरेको छ। पत्रकारहरूको पेशा सुरक्षा र हकहितमा त निक्कै परको करा हो।’ उनले फोनिज काठमाडौंले मातृभाषामा…

Read More