मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेको छैन । यसअघि बिहान साढे १० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको भएपनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले गणना प्रक्रिया सुरु हुन नसकेको हो । जिल्लाका क्षेत्र नम्बर १ र २ दुवै क्षेत्रको मतगणना एकै समयमा सुरु गर्ने भनिएको थियो। तर निर्धारित समय बितिसक्दा पनि मतगणना सुरु नभएपछि उम्मेदवार, दलका प्रतिनिधि तथा सर्वसाधारणमा अन्योलता देखिएको छ । मतगणना कहिलेबाट सुरु हुने भन्ने विषयमा अहिलेसम्म आधिकारिक समय तय नभएको स्रोतले जनाएको छ। निर्वाचन अधिकृतको कार्यालयले तयारी भइरहेको…
Read MoreCategory: बागमती
रामेछापका सबै मतपेटिका सदरमुकाम मन्थली आइपुगे, सर्वदलीय बैठकपछि मतगणना सुरु हुने
रामेछाप । रामेछाप जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम मन्थलीमा सङ्कलन गरिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्म जिल्लाभरका सबै मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मन्थली ल्याइपु¥याइएको हो । जिल्लाका ९६ मतदानस्थल अन्तर्गत रहेका २ सय ३० मतदान केन्द्रबाट सङ्कलन गरिएका मतपेटिका सदरमुकाम ल्याइएपछि अब मतगणनाको प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ । कार्यालयका अनुसार मतपेटिका संकलनको काम पूरा भएसँगै आज बिहान ९ बजे सर्वदलीय बैठक बोलाइएको छ । उक्त बैठकमा मतगणनासम्बन्धी प्रक्रिया, सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापनका विषयमा छलफल गरिने जनाइएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि…
Read Moreमकवानपुरको दुवै निर्वाचन क्षेत्रको मतगणना आजबाट सुरु हुने
हेटौँडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना आजबाट सुरु गरिने भएको छ । बिहीबार सम्पन्न मतदानपछि मतपेटिकाहरू सुरक्षित रूपमा मतगणना स्थलमा ल्याएर राखिएको र सर्वदलीय बैठकपछि मतगणना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मकवानपुर क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ का सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा ल्याइ सकिएको र सुरक्षित रूपमा राखिएको छ। सर्वदलीय बैठक बसेर मतगणनाको प्रक्रिया, गणना स्थलको व्यवस्थापन तथा प्रतिनिधिहरूको उपस्थितिबारे सहमति भएपछि आजबाट मतगणना सुरु गरिने तयारी गरिएको हो…
Read Moreललितपुरमा ६८.३३ प्रतिशत मत खस्यो
ललितपुर । ललितपुरमा हालसम्मको मतदान विवरण सार्वजनिक भएको छ । ललितपुरमा कुल ६८.३३ प्रतिशत मतदान भएको छ । क्षेत्र नं १ मा कुल ५२,६३२ मतदाता मध्ये २५,७४१ महिला र २६,८९१ पुरुषले मतदान गरेका छन् । क्षेत्र नं २ मा ६१,९७५ मतदाता मध्ये ३१,०३५ महिला र ३०,९४० पुरुषले मतदान गरेका छन् । क्षेत्र नं ३ मा ६९,३९१ मतदाता मध्ये ३५,०५५ महिला र ३४,३३६ पुरुषले मतदान गरेका छन् । निर्वाचन अधिकृतहरूले मतदान प्रक्रिया सुरक्षित, पारदर्शी र व्यवस्थित रूपमा भएको जनाएका छन् ।
Read Moreदोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने
रामेछाप । दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा स्थगित भएको मतदान अर्को मितिमा हुने भएको छ । बुथ कब्जाको प्रयास भएपछि रोकिएको मतदान अब अर्को मितिमा हुने भएको हो । स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्। कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाउँदा सो मतदान केन्द्रमा स्थित असामान्य बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। बुथ कब्जा गर्नको लागि कांग्रेस र नेकपाका कार्यकर्ताले मतपत्रको ठेली बोकेर हिँडेका थिए ।…
Read Moreहेटौंडामा अनुमती बिना चलाइएका १९० सवारीसाधन नियन्त्रणमा
हेटौंडा । मकवानपुरमा सवारी साधन अनुगमनलाई कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले विभिन्न स्थानमा जाँच गर्दा १९० वटा सवारी साधनमाथि कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सवारी दर्ता कागजात, सवारी अनुमति पत्र (लाइसेन्स) तथा आवश्यक कागजात नभएका मोटरसाइकल, स्कुटर र अटो लगायतका सवारी साधनलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए । अनुगमन टोलीको नेतृत्व प्रमुख जिल्ला अधिकारी अधिकारीले गरेका थिए । टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी…
Read Moreपूर्वअर्थमन्त्री डा महतले नुवाकोटबाट गरे मतदान
नुवाकोट । पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा प्रकाश शरण महतले मतदान गरेका छन् । उनले नुवाकोट पञ्चकन्या–२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । मतदानपछि उनले भनेका छन्, ‘आज आफ्नो अमूल्य मताधिकार प्रयोग गरेँ ।मतदान केवल अधिकार मात्र होइन, यो हाम्रो लोकतन्त्रप्रतिको कर्तव्य पनि हो । सचेत नागरिकका रूपमा सबैले मतदान गरेर आफ्नो आवाज व्यक्त गरौँ ।’
Read Moreदोलखामा नेकपा उम्मेदवार विशाल खड्काद्वारा मतदान
काठमाडौं । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ स्थित सेतीदेवी प्रावि मतदान केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्काले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्काले आज बिहानै आफ्नो गृहक्षेत्रको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । दोलखाका विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ । दोलखा जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ ।
Read Moreनेमकिपा सचिव प्रेम सुवालद्वारा भक्तपुरमा मतदान
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले आज बिहान मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिकास्थित आफ्नो स्थायी ठेगाना रहेको मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन् । प्रेम सुवाल भक्तपुर क्षेत्र नं. १ बाट लगातार चौथो पटक चुनावी मैदानमा छन् । भक्तपुर क्षेत्र नं. १ मा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
Read Moreदोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन् । दोलखाका उम्मेदवार शिवाकोटीले बिहान दोलखाकै क्षमावती उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले मतदान गरेपछि समुन्नत नेपाल र समुन्नत नेपालीका लागि बदलिएर आएको नेपाली कांग्रेसलाई विजयी गराउन सम्पूर्ण मतदातालाई आह्वानसमेत गरेका छन् । उनले कांग्रेस आफ्नो प्रतिज्ञा पत्रमा कटिबद्ध भएकोसमेत जनाउँदै मुलुकको विशेष परिस्थितिमा कांग्रेसले मात्र नेतृत्व गर्न सक्नेसमेत बताएका छन् ।
Read More