नुवाकोट । नेपाली कांग्रेसतर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा.प्रकाश शरण महतले आफू काम गर्ने व्यक्ति भएको भन्दै विजयी गराउन आग्रह गरेका छन् । दुप्तेश्वर गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले आफू उर्जा र अर्थमन्त्री रहँदा जिल्लाको विकासका लागि उल्लेख्य बजेट भित्र्याएकाले आफूलाई विजयी गराउन आग्रह गरे । ‘गोल्फू भन्ज्याङ, ओडारे क्षेत्रको बाटो मेरै पालामा बनेको हो । त्यसबाहेक स्कूल, स्वास्थ्य चौकी, खानेपानी साथै विजुली नबलेको ठाउँमा मेरै पालामा काम भएको हो । म काम गर्ने व्यक्ति हुँ, अरुले धेरै कुरा गरे काम गरेनन् । एक पटक…
Read MoreCategory: बागमती
रामेछापमा निर्वाचनको तयारी तीव्र
रामेछाप । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि रामेछापमा तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद लामिछानेका अनुसार निर्वाचन आयोगबाट मतपत्र बाहेकका सबै निर्वाचन सामाग्री जिल्ला आइसकेका छन् भने जिल्ला निर्वाचन कार्यालयले खरिद गर्नुपर्ने सामाग्रीको खरिद पनि सम्पन्न भएको छ । मतपत्र भने भोलिसम्म आइपुग्ने निर्वाचन आयोगबाट जानकारी आएको उनले बताए । निर्वाचनमा खटिन मतदान र सहायक मतदान अधिकृतको लागि फागुन १२ गतेदेखि १४ गतेसम्म प्रशिक्षण सञ्चालन गरिने भएको छ । निर्वाचनमा २ सय ३० जना मतदान अधिकृत, सहायक मतदान अधिकृत २ सय ३० र ६…
Read Moreमाझी गाउँका सबै स्थानिय नेकपामा प्रवेश
मकवानपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट बिजय गौतम उम्मेदवार रहेको प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर–१ अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर–४ जुरेली (माझी गाउँ) का सम्पूर्ण स्थानीय एकैसाथ नेकपामा प्रवेश गरेका छन् । पूरै माझी गाउँ नै संगठित रूपमा नेकपामा प्रवेश गर्दै ‘आफ्नै गाउँका युवा उम्मेदवार बिजय गौतमलाई जिताउने’ सामूहिक प्रतिबद्धता व्यक्त गरेको हो । गाउँ नै एकैसाथ पार्टीमा प्रवेश गरेपछि यस घटनालाई जिल्लाकै ठूलो राजनीतिक झट्का तथा ‘राजनीतिक भूकम्प’ का रूपमा हेरिएको छ । स्थानीय राजनीतिक वृत्तमा यस प्रवेशले उम्मेदवार गौतमको जिततर्फको यात्रालाई थप बलियो बनाएको चर्चा छ…
Read Moreललितपुरमा मिनी ट्रक दुर्घटना,४ जनाको मृत्यु
काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ मा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको हो । दुर्घटनामा ट्रक चालक र एक जनाको घटनास्थलमै मृत्यु भएको थियो, भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भयो । दुर्घटनामा परी ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको…
Read Moreसेलेघाट–रामेछाप–साँघुटार सडकको काम अलपत्र छाड्दा यात्रुदेखि स्थानीयसम्म असुरक्षित
रामेछाप । रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्री र स्थानीयले हैरानी खेपिरहेका छन् । सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारेर छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु किनारबाट काठमाडौं आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ भने स्थानीयको जमिन चर्किएर घर भत्कन लागेका छन् । त्यस्तै सडकले फालेको ढुङ्गा माटोले कतिको उठीबास लागेको छ । सडकमा उड्ने धुलोले घरमा बसिनसक्नुको अवस्था छ । सडकबाट फालेको ढुंगामाटोले धेरै बस्ती जोखिममा परेका स्थानी पूर्णबहादुर महतले जानकारी दिए । रामेछापको मन्थली नगरपालिका–६…
Read Moreज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएकी छन् । शुक्रबार सम्पन्न ४७ औँ नगर कार्यपालिका बैठकमा बोल्दै उनले वृद्धभत्ता वितरणसँगै ज्येष्ठ नागरिकलाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई थप व्यवस्थित ढंगले अगाडि बढाउन सकिने बताइन् । उनले भनिन्, वृद्धभत्ताको कुरा गर्दा हामीले अहिले ७० वर्ष र सोभन्दा माथिका आमाबुबालाई घर–घरमै आधारभूत स्वास्थ्य सेवा सुरु गरेका छौँ। यही क्रममा यो कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै अगाडि बढाउन सकिन्छ ।’ उनका अनुसार महानगरका विभिन्न वडाहरूले घरमै पुगेर सेवा दिने…
Read Moreतामाकोशी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १२ पुग्यो
रामेछाप । रामेछापको मन्थली–६ तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा थप ६ वटा शव फेला परेको छ । थापाका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ । उक्त दुर्घटनामा ज्यान गुमाउनेमध्य सात मृतकको पहिचान…
Read Moreनिजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी सवारी साधन प्रयोग घटाई सार्वजनिक यातायातलाई पहिलो रोजाइ बनाउने अवस्थासम्म पुग्नु महानगरपालिकाको प्रमुख लक्ष्य रहेको बताएकी छन्। सार्वजनिक यातायात प्रणाली विकास तथा सुधारमा काम गरिरहेका संघसंस्था, विज्ञ तथा सम्बन्धित निकायका अधिकारीहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले सहभागितामूलक र साझेदारितामूलक संयन्त्रमार्फत काम गर्नुपर्नेमा जोड दिएकी हुन्। आइतबार आयोजित छलफलमा उनले भनिन्, ‘काम सकेर घर फर्किँदा गाडी नपाउने, बल्लबल्ल पाइने गाडीमा अत्यधिक भिड हुने अवस्था छ। यस्तो परिस्थितिमा किशोरी तथा महिलाले चरम दुव्र्यवहार भोग्नुपरेको छ। यी समस्यामा तत्काल सुधार नगरी…
Read Moreसत्ताको दुरुपयोग गर्ने व्यक्तिलाई कांग्रेसले जोगाउँदैन वा संरक्षण गर्दैन : अजयबाबु शिवाकोटी
चरीकोट । नेपाली कांग्रेसका दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले ‘जेनजी’ आन्दोलनका क्रममा नेताहरूको घरमा भएको आगलागी र त्यहाँ भेटिएको भनिएको पैसाको विषयमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्। शनिबार भीमेश्वर नगरपालिकाको रामकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुनै पनि राजनीतिक दलको घरमा भेटिएको भनिएको पैसाको सत्यतथ्य बाहिर ल्याउन सरकार, अख्तियार, सीआईबी र प्रहरीले खोजतलास गर्नुपर्ने धारणा राखे। ‘जसको जहाँ जति पैसा थियो, त्यो अब व्यक्तिगत रहेन, सार्वजनिक विषय बन्यो,’उनले भने। शिवाकोटीले यस प्रक्रियामा नेपाली कांग्रेसले कुनै पनि अवरोध वा विरोध नगर्ने स्पष्ट पार्दै न्यायसंगत ढंगले र पूर्वाग्रह नराखी…
Read Moreगृहमन्त्री अर्यालसहितको निरीक्षण टोली नुवाकोटमा, निर्वाचनको भरपर्दो तयारी गर्न निर्देशन
नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्याल शनिबार आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी सम्बन्धी विषयमा स्थलगत निरीक्षण अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय, नुवाकोट पुगेका छन् । निरीक्षण अनुगमनको टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले र गृहमन्त्री अर्यालको सचिवालय सदस्यहरुको सहभागी थियो । सो क्रममा, गृहमन्त्री अर्यालले आसन्न निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए । निरीक्षणका क्रममा मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले कार्यालयले हालसम्म गरिएका तयारी बारे…
Read More