प्रचण्डले आज नुवाकोटका उम्मेदवारसँगै मतदाता भेटघाट गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोटका उम्मेदवारद्वारा आयोजना गरिने मतदाता भेटघाट कार्यक्रममा सहभागी हुने भएका छन् । नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रम शुक्रबार बालाजुस्थित अनुपमद्वार पार्टी भेन्यूमा दिउँसो १२ः३० बजे सुरु हुने जनाइएको छ । समितिका अनुसार नुवाकोटका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा मतदाता भेटघाट तथा काठमाडौं केन्द्रित वृहत् चुनावी कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा पार्टी नेता–कार्यकर्ता, शुभेच्छुक तथा नुवाकोटबाट काठमाडौंमा बसोबास गर्दै आएका मतदाताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

Read More

मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लघंनका घट्ना बढ्दो

मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसकी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना संलग्न चुनावी गतिविधिमा निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको आरोप लागेपछि स्थानीयवासीहरू आक्रोशित बनेका छन् । सार्वजनिक भएका तस्बिरहरूमा चुनावी प्रचारसँग सम्बन्धित जुलुस तथा सामूहिक गतिविधिमा नाबालक बालबालिकालाई सहभागी गराइएको स्पष्ट देखिन्छ । निर्वाचन आयोगको आचारसंहिताले बालबालिकालाई कुनै पनि प्रकारको राजनीतिक प्रचार, ¥याली, जुलुस वा दलगत गतिविधिमा प्रयोग गर्न कडाइका साथ निषेध गरेको छ। तर उक्त निर्देशनको खुलेआम उल्लङ्घन गरिएको भन्दै स्थानीय स्तरमा तीव्र विरोध सुरु भएको हो ।…

Read More

शिवप्रसाद भण्डारी लगायत दोलखाका नेताहरू एमालेमा नै फिर्ता

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन् । उनीसँगै तामाकोसी गाउँपालिकाकी पूर्व उपाध्यक्ष समेत रहेकी उनकी श्रीमती कल्पना भण्डारी तथा भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्त बस्नेत पनि एमालेमा फर्किएका छन् । उनीहरूलाई सोमबार बिहान आयोजित पुनर्मिलन कार्यक्रममार्फत पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको थियो । कार्यक्रममा पार्टीका उम्मेदवार पार्वत गुरुङ, नेता आनन्दप्रसाद पोखरेल, जितवीर लामा, लालकुमार केसीलगायत पुराना नेताहरूको उपस्थिति रहेको थियो । पुनर्मिलन कार्यक्रममा बोल्दै नेता भण्डारीले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्रै विजयी हासिल गर्न सकिने बताए…

Read More

काठमाडौं ५ मा सस्मित पोखरेलको चुनावी घरदैलो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार सस्मित पोखरेलले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । सोमबार उनले टोखा क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् । घरदैलो कार्यक्रमका क्रममा उनले मतदाताबाट उत्साहजनक समर्थन पाएको बताएका छन् । नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै पोखरेलले घरघर र टोलटोलबाट ‘घण्टी’ भन्दै व्यक्त भइरहेको समर्थनले आफूहरूलाई थप ऊर्जा मिलेको बताए । उनले मतदाताको मुख्य चाहना सामान्य शिक्षा र स्वास्थ्य सेवा सहज तथा सुलभ रूपमा उपलब्ध हुनु, रोजगारीको अवसर सिर्जना हुनु र नेपालमै बस्ने वातावरण…

Read More

मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु, चुनाव जित्छु : महेश बर्तौला

काठमाडौं । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट मकवानपुर–२ बाट उम्मेद्वार बनेका महेश बर्तौलाले मतदाताहरुबाट सकरात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको टेलिफोन संवादमा उनले सामाजिक तथा विकाससम्बन्धी विषय मतदाताहरुले उठाइरहेको र त्यसमा काम गर्न आफू तयार रहेको पनि बताए । एमाले केन्द्रीय कमिटी सदस्य समेत रहेका वर्तौलाले राष्ट्रिय हित सुदृढ बनाउन नागरिकका दैनिक आवश्यकता सम्बोधन अपरिहार्य रहेको पनि बताए । देशको समग्र प्रगतिका लागि नीति, सेवा र संरचनाबीच सन्तुलन आवश्यक रहेको उनको धारणा छ । प्रभावकारी कानून निर्माण, सुशासन र परिणाममुखी सार्वजनिक…

Read More

पशुपति गौशाला धर्मशालाको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । मारवाडी सेवा समितिको मातहतमा रहेको पशुपति गौशाला धर्मशालाको मुद्दामा आज सुनुवाइ हुँदैछ । काठमाडौँ जिल्ला अदालतले २०८१ असोज १६ गते पशुपति गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषको स्वामीत्वमा रहने फैसला गरेपछि समितिले उच्च अदालतमा मुद्दा दायर गरेको हो । मारवाडी सेवा समितिले हालसम्म चार पटक मुद्दाको सुनुवाइ सारेको छ । जेनजी आन्दोलनमा आगजनीमा परेको पशुपति गौशाला धर्मशालामा समितिले फेरि व्यवसाय सुरु गरेको छ । अदालतले अहिलेसम्म सामान्य आदेश मात्रै गरेको छ । ०६० जेठ १२ गते व्यवसायी वसन्त चौधरी कोषको सदस्यसचिव रहेका बेला जालसाजीपूर्ण तरिकाले भगवान पशुपतिनाथको सम्पत्ति…

Read More

आईटी क्षेत्रमा युवालाई सशक्त बनाउन दक्षिणकाली इनोभेसन सेन्टर स्थापना

काठमाडौं । दक्षिणकाली नगरपालिकाले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधिसम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा दक्षिणकाली इनोभेसन सेन्टरु स्थापना गरेको छ । स्थानीय युवाहरूलाई क्लाउड र प्रविधि क्षेत्रमा प्रशिक्षित गर्दै सशक्त बनाउने उद्देश्यसहित यो पहल अघि बढाइएको हो । गत शुक्रबार आयोजित एक समारोहमा सेन्टरको उद्घाटन गर्दै दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले अहिलेको युग सूचना र प्रविधिको युग हो भन्दै स्थानीय युवालाई आईटी सीप प्रदान गरी रोजगार योग्य बनाउन दक्षिणकाली नवप्रवर्तन केन्द्र स्थापना गरिएको बताए । उनले केन्द्रको स्थापना तथा युवाहरूलाई तालिम प्रदान गर्न जेनेस सलुशनले पुर्याएको सहयोगको प्रशंसा पनि गरे…

Read More

धादिङ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । बस सडकबाट ३ सय मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएका २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ ।

Read More

अजयबाबु शिवाकोटीले सार्वजनिक गरे प्रतिबद्धता पत्र (पूर्णपाठ)

दोलखा । नेपाली कांग्रेस दोलखाका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । दोलखाको धरामा जन्मिएका शिवाकोटी सानैदेखि राजनीतिक संस्कारमा हुर्किएका हुन् भने उनका हजुरबुबा नन्दप्रसाद शिवाकोटी ‘माल्दाइ’ यस क्षेत्रकै विशिष्ट शिक्षासेवी र राजनीतिज्ञका रूपमा परिचित थिए । आफ्ना हजुरबुबाको पदचाप पछ्याउँदै पत्रकारिताको सफल पेशालाई विश्राम दिएर राजनीतिमा होमिएका शिवाकोटीले छोटो समयमै कांग्रेसको केन्द्रीय सदस्य जस्तो सम्मानित पदमा पुगेर आफ्नो इमान र निष्ठा प्रमाणित गरिसकेका छन् । व्यावसायिक मर्यादामा सम्झौता नगर्ने स्वभावका उनले दोलखाली जनताको भाग्य र…

Read More

इन्द्र कुमार भुसालद्वारा काठमाडौं–४ का लागि १५ बुँदे विकास एजेन्डा सार्वजनिक

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार इन्द्र कुमार भुसालले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवारी दिएका भुसालले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सुशासन, व्यवस्थित शहरी विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १५ बुँदे विकास योजना प्रस्तुत गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै भुसालले काठमाडौं क्षेत्र नं. ४ तीव्र शहरीकरण, बढ्दो जनघनत्व, अव्यवस्थित ट्राफिक, खानेपानी अभाव, प्रदूषण र बेरोजगारीजस्ता समस्याले ग्रस्त रहेको उल्लेख गरे । उनले नाराभन्दा परिणाममुखी काम आवश्यक रहेको बताउँदै आफू ‘पदका लागि होइन, परिणामका लागि’ चुनावी मैदानमा…

Read More