हेटौंडा । हेटौंडा–हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइने भएको छ । सडक विस्तार कार्यलाई तीव्र बनाउने उद्देश्यले सडक छेउका संरचना भत्काउने तयारीसँगै यस्तो व्यवस्था लागू गरिन लागिएको हो । बाइपास मार्ग तयारी अन्तिम चरणमा पुगेको छ । सडक विस्तारका कारण हुन सक्ने असुविधा कम गर्न वैकल्पिक मार्ग निर्माण तीव्र गतिमा अघि बढाइएको डिभिजन सडक कार्यालयले जनाएको छ। यसको लागि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी तथा डिभिजन सडक कार्यालयका प्राविधिकहरूले चौकीटोलदेखि रातोमाटेसम्मको बाइपास मार्गको स्थलगत निरीक्षण गरेका छन् । आवश्यक मर्मत तथा बेस…
Read MoreCategory: बागमती
मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन
हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन उद्घाटन भएको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र नभइ मन नलागे पार्टी वा उम्मेदवार बदल्नेसमेत स्वतन्त्रता दिएको बताएका छन् । उनले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना स्थापित गरेको उल्लेख गरे । मुख्यमन्त्री बानियाँले गणतन्त्र र समावेशी संरचना देशभर लागू भइसके पनि यस व्यवस्थाको विकास–प्रगतिप्रति असन्तुष्ट केही समूह अहिले पनि सक्रिय…
Read Moreबागमती प्रदेश सरकारले जीप खरिद प्रक्रिया अघि बढाएपछि आलोचना
हेटौंडा । मुलुक गम्भीर आर्थिक सङ्कट, सुस्त विकास निर्माण र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको बेलामा बागमती प्रदेश सरकारले करिब एक करोड रुपैयाँ लागतको नयाँ ‘राइट ह्यान्ड ड्राइभ जीप’ खरिद प्रक्रिया अघि बढाएपछि आलोचना सुरु भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले जारी गरेका दुई छुट्टाछुट्टै सूचनाबाट उक्त खरिद प्रक्रिया औपचारिक रुपमा अघि बढाएको सार्वजनिक सूचनामा उल्लेख छ । प्रदेश सरकारले कात्तिक २ गते जारी गरेको पहिलो सूचनामा १ करोड १४ लाख ४० हजार ४ सय ८० रुपैयाँ भ्याटसहित अनुमानित लागतमा जीप खरिदका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको…
Read Moreबागमती प्रदेश सरकारका १०० दिनः स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सरकार गठन भएको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य, कृषि, उद्योग, पर्यटनसहितका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरेका छन्। मुख्यमन्त्रीका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरिएको छ। भक्तपुर अस्पतालमा डायलाइसिस सेवा नयाँ रूपमा सुरु गरिएको छ भने प्रादेशिक अस्पतालहरूमा भेन्टिलेटर सेवा विस्तारको तयारी तीव्र गतिमा अघि बढाइएको छ। क्यान्सर पीडितलाई ५० हजार रुपैयाँसम्म उपचार सहयोग, हृदय रोग उपचारका लागि गंगालाल राष्टिूय हृदय केन्द्र तथा १३ अस्पतालसँग सम्झौता, ग्रामीण भेगमा पोर्टेबल अल्टूासाउन्ड सुविधा तथा…
Read Moreनेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४८ जनाले गरे रगतदान
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार छोटो सूचना हुँदाहुँदै करिब ७५ जना सहभागी उपस्थित जनाएर ४८ जनाले सफलतापूर्वक रगतदान गरेका हुन्। कार्यक्रमको शुभारम्भ जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, नेपाल पत्रकार महासंघ काठमाडौंकी अध्यक्ष शोभा अर्याल तथा सचिव रमेश बोहोराले रगतदान गरेर गरेका हुन्। रक्तदानमा उल्लेखनीय उपस्थिति जनाउँदै साथ–समर्थन प्रदान गर्ने महानुभावहरू प्रति शाखाले विशेष आभार व्यक्त गरेको छ। कार्यक्रममा जनसवाल दैनिकका रामजी बगाले, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका सचिव सुरेन्द्र चालिसे, पूर्व अध्यक्ष इश्वरी वाग्ले, युवराज बिद्रोही,…
Read Moreमकवानपुरमा बोलेरो गाडी दुर्घटना, मानवीय क्षति नभएको प्रहरीको पुष्टि
मकवानपुर । ईन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी-खुर्सानीबारी भित्रि सडकखण्डमा एक बोलेरो गाडी दुर्घटना भएको छ । मंसिर ५ गते साँझ करिब ५ बजे ललितपुरबाट सिस्नेरीतर्फ आउँदै गरेको बा।प्र।०१-०२८ च ७१९४ नम्बरको बोलेरो गाडी बागमती नदी तर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बागमती नदीमा जमेको फिज (बरफ) बीचबाट गाडी पार गर्दै गर्दा पछाडिको चक्का ढुङ्गामा अड्किएपछि गाडी चिप्लिएर नदीमै भासिएको थियो । घटनाबारे मंसिर ६ गते दिउँसो करिब १२ बजे सूचना प्राप्त भएपछि प्रहरी चौकी सिस्नेरीबाट टोली खटिएको थियो । गाडी नदीको पानीमा डुबेको अवस्थामा फेला…
Read Moreराप्रपा मकवानपुर क्षेत्र नं. १ मा पदाधिकारी बाँडफाँड, अध्यक्ष थापाद्वारा हिन्दू राज्य–राजसंस्थाको माग
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नम्बर १ ले नयाँ पदाधिकारी चयन गर्दै कार्यसमितिको जिम्मेवारी औपचारिक रूपमा बाँडफाँड गरेको छ । राप्रपा जिल्ला पार्टी कार्यालय मकवानपुरमा बसेको बैठकले अध्यक्ष उमेश थापाको नेतृत्वमा क्षेत्रीय कार्यसमितिको संरचना पूर्णता दिएको हो। बैठकमा पार्टीभित्र संगठन सुदृढीकरण, आगामी राजनीतिक गतिविधि तथा क्षेत्रीय नीतिगत तयारीसम्बन्धी विषयमा पनि छलफल गरिएको थियो । बैठकको निर्णयअनुसार क्षेत्र नम्बर १ का पदाधिकारीहरू यसप्रकार छन्, अध्यक्षमा उमेश थापा, वरिष्ठ उपाध्यक्षमा मुरारी पौडेल, उपाध्यक्षमा भीमाकुमारी स्याङ्बो, सचिवमा संगीन श्रेष्ठ, कोषाध्यक्षमा विकास दुलाल र सह–सचिवमा मनोज मोक्तान जिम्मेवारीमा चयन गरिएको छ।…
Read Moreनेपाली कांग्रेस मकवानपुरद्वारा महाधिवेशन समयमै गराउन माग
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले पार्टीको विधानअनुसार महाधिवेशन निर्धारित समयमा नै सम्पन्न गर्न माग गरेको छ । शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत जिल्ला नेतृत्वले पार्टी केन्द्रीय समितिसमक्ष मङ्सिर भित्र महाधिवेशन गर्न आवश्यक तयारी तत्काल अघि बढाउन आग्रह गरेको हो । जिल्लास्तरका पदाधिकारी र कार्यकर्ताको उपस्थिति रहेको पत्रकार सम्मेलनमा नेतृत्वले हालको ढिलाइले संगठनात्मक गतिशीलता कमजोर हुने जनाउँदै समयमै महाधिवेशन सम्पन्न हुनु लोकतान्त्रिक संस्कारको अनिवार्य प्रक्रिया भएको टिप्पणी गरियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मकवानपुरका अध्यक्ष बुद्ध लामाले पार्टीको आन्तरिक लोकतान्त्रिक परम्परा जोगाउन, नेतृत्वको स्वाभाविक हस्तान्तरण सुनिश्चित गर्न र संगठनलाई व्यवस्थित रूपमा…
Read Moreहेटौंडा सडक विस्तार योजना कार्यान्वयनतर्फ, स्थानीय तह र केन्द्रबीच सहमति
हेटौंडा । लामो समयदेखि अधुरो र अलपत्र अवस्थामा रहेको हेटौंडा बजार क्षेत्रको सडक विस्तार प्रक्रिया फेरि एकपटक तीव्र गतिमा अघि बढ्ने संकेत देखिएको छ । हेटौंडाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँगको विस्तृत छलफल पछि शहरी विकास तथा पूर्वाधार मन्त्री कुलमान घिसिङले दिएको निर्देशनपछि सडक डिभिजन कार्यालय हेटौंडाले सडक सीमा खाली गराउने सूचना जारी गर्ने अन्तिम तयारी पूरा गरेको छ । छलफलमा सहभागी प्रतिनिधिहरूले दशकौँदेखि थन्किएको सडक विस्तार, अव्यवस्थित संरचना र त्यसका कारण स्थानीयले भोग्दै आएका कठिनाइबारे विस्तृतरूपमा चिन्ता व्यक्त गरेका थिए । बैठकमा मन्त्री घिसिङले हेटौंडाको मुख्य व्यापारिक मार्गलाई…
Read Moreकान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बिरगञ्जबाट काठमाडौंतर्फ औषधि लोड गरी गइरहेको ना ३ ख ३१९२ नम्बरको ट्रक आज बिहान करिब ५ बजेको समयमा अचानक ब्रेकफेल भई अनियन्त्रित रुपमा सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय, ठिंगन मकवानपुरले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रमुख प्रहरी निरीक्षक रमाकान्त प्रसाद यादवको कमाण्डमा ट्राफिक प्रहरी सहितको टोली खटिएको थियो। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परेका बारा जिल्ला, जितपुर–सिमरा उपमहानगरपालिका–१ निवासी ४० वर्षीय चालक विनोद माझी सकुशल प्रहरी…
Read More