सञ्जय मिश्रा रौतहट, ५ असोज । रौतहट स्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। भारतीय सिमाना संग जोडिएको ईशनाथ नगरपालिका–८ मोतिपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३-०१-०२२ च १८६१ बाट ३३४ केजी गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले राति करिब ८ बजे चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजु कार्कीले बताएका छन्। मोतिपुरबाट जटहरातर्फ गइरहेको उक्त पिकअप गाडीमा…
Read MoreCategory: मधेश
अनुसन्धान नै नगरी ३ जना बिरूद्व कर्तब्य ज्यानको मुद्वा लगाएको आरोप
सञ्जय मिश्रा रौतहट, ४ असोज। रौतहटको कटहरिया नगरपालिका–५ का ५२ वर्षीय रामचन्द्र दास सरभंग र उनकी श्रीमती पुकारी देवी सरभंगले आफ्ना तीनजना निर्दोष छोरालाई प्रहरीको मिलेमतोमा अनाहकमा कर्तव्य ज्यान मुद्दा लगाएर फसाएको गम्भीर आरोप लगाएका छन्। शनिवार गौरमा पत्रकार सम्मेलन गरी पीडित परिवारले इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीमाथि राजनीतिक तथा आर्थिक चलखेलको आधारमा घटनाको मुख्य दोषीलाई उम्काएर निर्दोष दलित परिवारका ३ छोरा माथि कर्तब्य ज्यान मुद्दा दर्ता गरेको दाबी गरेका हुन्। राजनीतिक पूर्वाग्रह राखेर गाउँकै केही मानिसले ३ जना छोरा माथी हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडामा…
Read Moreकटहरियामा १५० युवा बिधार्थीलाई मानसिक स्वास्थ्य तालिम
सञ्जय मिश्रा रौतहट, ३ असोज। रौतहटको कटहरिया नगरपालिकामा १५० जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम दिइएको छ। हालै देशभर जेन जी आन्दोलनका कारण उत्पन्न भएको सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक प्रभावलाई ध्यानमा राख्दै यो तालिमको आयोजना गरिएको हो। तालिम नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा, लायन्स क्लब अफ जनकपुर मिथिला सिटीको सहकार्य तथा कटहरिया नगरपालिका वडा ४ का अध्यक्ष चन्दन कुशवाहाको पहलमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थी युवाहरुलाई तनाव व्यवस्थापन, मानसिक सन्तुलन कायम राख्ने तरिका, सामाजिक जिम्मेवारी, र सकारात्मक सोच विकास गर्ने विषयमा प्रशिक्षण दिइएको तालिम संयोजकहरूले बताएका छन्। हालै…
Read Moreजेनजी आन्दोलनमा रौतहटमा २० करोड बढीको क्षती
सञ्जय मिश्रा रौतहट, ३ असोज। जेनजी आन्दोलनको क्रममा रौतहट जिल्लामा भएको हिंसात्मक प्रदर्शनले २० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। गत २४ गतेको देशव्यापी आन्दोलनसँगै रौतहटमा समेत उग्र आन्दोलन भई सरकारी संरचना, स्थानीय तहका कार्यालय, प्रहरी युनिट तथा जनप्रतिनिधिका घरसमेत क्षतिग्रस्त भएका छन्। जिल्ला प्रशासन कार्यालय गौरका अनुसार आन्दोलनकारीहरूले जिल्लाभर ६ वटा स्थानीय तहका कार्यालय र दर्जनौं सरकारी संरचना ध्वस्त पारेका छन्। चन्द्रपुर नगरपालिका — करिब ३ करोड मौलापुर नगरपालिका — ५ करोड कटहरिया नगरपालिका — १ करोड फतुवा विजयपुर नगरपालिका — ३ करोड ५० लाख…
Read Moreसिमामा उच्च सतर्कता अपनाउन सशष्त्र डिआईजी ढकालको निर्देशन
सञ्जय मिश्रा रौतहट, २ असोज । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति डिआईजी कृष्ण ढकालले सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। बुधबार प्रस्तावित सीमा सुरक्षा गुल्म गौरको निरीक्षण गर्दै उनले सीमाबाट हुने अवैध ओसारपसार, चोरी–तस्करी तथा लागुऔषध कारोबारलाई पूर्णरूपमा नियन्त्रण गर्न आदेश दिएका हुन्। जेनजी आन्दोलनपछि जिल्लाको शान्ति–सुरक्षाको अवस्था बुझ्न तथा सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन उनी रौतहट पुगेका थिए। डिआईजी ढकालले गौरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको नवनिर्मित भवन चाँडै उद्घाटन गरिने जानकारी समेत दिएका छन्। उनले सीमाक्षेत्रमा हुने सक्ने अवैध गतिविधिको सूक्ष्म निगरानी…
Read Moreरौतहटमा सुशासन प्रर्बद्वनका लागि १९ बुदेँ प्रतिबद्वता
रौतहट, असोज २ । रौतहट स्थित पालिकाहरुमा बढ्दो भ्रष्टाचार अनियमितता नियन्त्रण गर्न स्थानीय प्रशासनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि १९ बुँदे निर्णय गरेको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी विनोद सिडियो कुमार खड्काको अध्यक्षतामा जिल्लास्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थितिमा बसेको समन्वय बैठकले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि १९ बुँदे निर्णय गरेको हो। बैठकले “सुशासनमा हाम्रो प्रतिबद्धता, भ्रष्टाचार बिरुद्ध हाम्रो कटिबद्धता” अभियानलाई प्रभावकारी बनाउन विभिन्न ठोस कदम चाल्ने सहमति जनाएको छ । निर्णयअनुसार अबदेखि कार्यालय बाहिर वा जिल्लाबाहिर काम गर्ने क्रममा सरकारी इन्धन,…
Read Moreसाहसी ईनेस्पेक्टर, जसले जोगाए प्रहरी चौंकी
सञ्जय मिश्रा रौतहट, १ असोज। जेन जी आन्दोलनले देशभर अराजक परिस्थिति निम्त्याउँदा राजधानी सिंहदरबारदेखि जिल्लास्तरका सरकारी धरोहरहरू जलेर खरानी भए। रौतहटमा मात्रै दर्जनौँ सरकारी कार्यालय जलाइए, प्रहरी कार्यालय आक्रमणमा परे, सदरमुकाम गौर कारागारबाट सयौँ कैदी फरार भए। तर यही अराजक परिस्थितिमा एउटा प्रहरी कार्यालय भने एक इन्स्पेक्टरको साहस र रणनीतिकै कारण जोगियो। उनी हुन्— नेपाल प्रहरीका इन्स्पेक्टर सुरेन्द्र यादव, जो इलाका प्रहरी कार्यालय (ईप्रका) बिजयपुरमा कार्यरत छन्। यादवको सुझबुझ, सौहार्दपूर्ण तरिकाले आन्दोलनकारीसँग संवाद गर्ने क्षमता र अन्तिम क्षणसम्म पनि नहारेको दृढताले बिजयपुर प्रहरी कार्यालयलाई जोगाउन सम्भव भएको हो।…
Read Moreनुनथर महादेवस्थान अब्यवस्थित बन्दै, भक्तजन निराश
सञ्जय मिश्र, रौतहट २२ भदौ ।हिन्दूहरूको आस्थाको केन्द्र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा अवस्थित नुनथर महादेव मन्दिर पछिल्ला दिनमा अव्यवस्था, अनियमितता र आपराधिक गतिविधिका कारण विवादमा परेको छ। मधेश प्रदेश देखी सीमावर्ती भारतीय भक्तजनहरूको धार्मिक आस्था र श्रद्धाको केन्द्र मानिने यो मन्दिरमा खुलेआम मासु काट्ने कार्य देखि कर असुलीसम्मका गतिविधि भइरहेको भक्तजनहरूले आरोप लगाएका छन्। नुनथर महादेव स्थानमा हरेक वर्ष साउन र भदौ महिनामा हजारौँ बोलबम भक्तजन बागमती नदीबाट जल ल्याई भगवान् शिवको मूर्तिमा अर्पण गर्दै पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। त्यतिमात्र नभई मन्दिर छेउमै रहेको बागमती नदीबाट हजारौँ भक्तजनहरुले जल…
Read Moreठाकुुराम क्याम्पसमा नक्कली परिक्षार्थी प्रकरण, कांग्रेस सभापति पुत्र पक्राउ
सञ्जय मिश्रा पर्सा,२२ भदौ देशकै पुरानो र प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक ठाकुरराम बहुमुखी क्याम्पसमा परीक्षामा धाँधली भएको घटना सार्वजनिक भएको छ। स्नातकोत्तर (एम.ए) दोस्रो वर्षको राजनीतिक शास्त्र विषयको मौका परीक्षामा नेपाली कांग्रेस पर्सा क्षेत्र २ का क्षेत्रीय सभापति मोहम्मद शाहबुद्दीन अन्सारीको नाममा उनका छोरा मोहम्मद अफताब अन्सारी परीक्षामा सहभागी हुँदा पक्राउ परेका हुन्। घटना कसरी भयो? परीक्षामा आफैं उपस्थित हुनुपर्ने व्यक्तिको सट्टा अर्कै व्यक्ति देखिएपछि परीक्षापाल समितिले तत्काल प्रहरीलाई खबर गर्यो। क्याम्पस प्रमुख मोहन प्रसाद यादवले यसबारे जानकारी दिँदै भने, “म नयाँ क्याम्पस प्रमुख भएकाले सबै परीक्षार्थीको प्रोफाइलबारे अपडेटमा छैन,…
Read Moreबारामा च्याउ टिप्न गएका व्यक्तिमाथि बाघको आक्रमण, एक जनाको मृत्यु
इन्दीप कोइराला बारा, २२ भदौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित सिमरामा आइतबार बिहान भएको बाघको बआक्रमणमा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५८ वर्षीय छेवाङ्ग लामा रहेका छन । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार लामा बिहान करिब ७ बजे च्याउ टिप्न प्रगतिशील सामुदायिक वनतर्फ गएका बेला बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट गम्भीर घाइते भएका लामाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घाँस काट्न गएका अन्य स्थानीयले घटनास्थलमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी…
Read More