जनकपुर । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि नेकपा एमालेका त्रिलोकी प्रसादले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावमा शारदा देवी थापा रहेकी छन् भने समर्थकमा जयचन्द्र प्रसाद पटेल रहेका छन् । यसअघि जसपाका राम अशिष यादवले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सभामुख पदका लागि जम्मा दुई जनाको उम्मेदवारी परेको छ । भोलि १ बजे बस्ने मधेस प्रदेश सभाको बैठकमा सभामुख पदको लागि निर्वाचन पनि हुनेछ ।
Read MoreCategory: मधेश
रौतहट सहित मधेशमा चिसोको कहर, जनजिवन प्रभावित
रौतहट । रौतहट सहित मधेशका जिल्लामा दुई दिन देखिको बाक्लो हुस्सु तथा शितलहरका कारण अत्यधिक चिसो बढेको छ । विगत केहि दिनको तुलनामा मधेशमा शुक्रबार र शनिबार अत्यधिक जाडो बढेको हो । बिहीबारसम्म पारिलो घाम लागेको भएपनि दुई दिन देखि हुस्सु तथा शितलहरका कारण चिसो बढेको गरुडाका स्थानीय पवन उपध्याले बताए । उनका अनुसार बिहानैदेखि हुस्सु लाग्नुका साथै पानी परेजस्तै लगातार शित खसेको छ । शितलहर सहितको चिसो बढेपछि स्थानीयहरु आगो तापेर बस्न थालेको उनको भनाइ छ । चिसो स्याँठ (पश्चिमी हावा) चल्ने हुँदा जाडोले जनजीवन नराम्रोसंग प्रभाबित भएको उनले…
Read Moreधनुषामा ३ करोडको लागतमा बायो प्लास्टिक उद्योग सञ्चालनमा
जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा– १ मा पहिलो बायो प्लास्टिक उद्योग सञ्चालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले सोमबार उक्त उद्योगको उद्घाटन गरेका छन् । उद्योगको मेसिनरी पार्टसमा मात्रै ३ करोड लगानि गरिएको उद्योगका सञ्चालक लक्ष्मी महासेठले जानकारी दिए । उनले वातावरण प्रदुषण कम गर्न यस उद्योगबाट उत्पादन हुने प्लास्टिकका झोलाले ठूलो भूमिका निर्वाह गर्ने बताए । उनले अन्य प्लास्टिकको झोलाको तुलनामा यस उद्योगबाट उत्पादन हुने झोला खुला ठाउँमा राख्दा वा प्रयोग गरेर पानी अथवा भुँईसँग सम्पर्कमा आएपछि स्वतः ९० दिनमा डिकम्पोज हुने बताए । उनले यस…
Read Moreसर्लाहीमा गाँजासहित एक जना पक्राउ
सर्लाही । सर्लाहीमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्लाको पर्सा गाउँपालिका – १ मा प्रतिबन्धित लागुऔषध गाँजा लुकाइ छिपाइ राखिएको अवस्थामा एक जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गएराती पर्सा गाउँपालिका – १ स्थित रामसिरिठ मण्डलको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको घरभित्र बाँस र माटोले बनेको खाना पकाउने भान्छा घरको टाटीमा लुकाइछिपाइ राखिएको निलो तथा रातो प्लास्टिकले बेरेको एक पोका प्रतिबन्धित लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १ किलो ८००…
Read Moreबाबा बैजुनाथ चिनी मिलले २० लाख क्विन्टल उखु क्रसिङ गर्ने
रौतहट । रौतहटमा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिज (चिनी मिल) ले यस बर्ष २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गत वर्ष पौने १३ लाख क्विन्टल उखु क्रसिङ गरेको यो मिलले यस वर्ष १८ देखि २० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्य राखेको हो । दैनिक २० हजार क्विन्टल उखु क्रसिङ क्षमता रहेकोमा यस वर्ष त्यसलाई बढाएर २५ हजार क्विन्टल पु¥याइएकाले लक्ष्य अनुसार उखु क्रसिङ हुने मिल संचालक बैजु प्रसाद बाबराले बताए । उनका अनुसार डोंगाको पूजा गरिसकेकाले अबको एक हप्तापछि मिलबाट उखु क्रसिङ हुनेछ…
Read Moreसर्लाहीको उखु खेतीमा भीषण आगलागी
सर्लाही । सर्लाहीको उखु खेतीमा भीषण आगलागी भएको छ । जिल्लाको गोडैता नगरपालिका – ४, रोहुवा सोमबार दिउँसो उखुबालीमा भीषण आगलागी भएको हो। आगलागीबाट करिव ५० बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको उखुबाली पूर्ण रूपमा नष्ट भएको अनुमान गरिएको नगर प्रमुख देबेन्द्र यादवले बताए । प्रारम्भिक अनुमान अनुसार यस आगलागीबाट करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगलागी विद्युतको तार सर्ट भएर भएको थियो। स्थानीय किसान मुना चौँधरीको उखु खेतबाट सुरु भएको आगलागीले दर्जनौँ किसानको उखु बाली जलेर नष्ट भएको हो। आगलागीबाट भएको क्षतिको विवरण…
Read Moreमधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने
सर्लाही । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका यादवले सरकारको औपचारिक स्थायित्वका लागि विश्वासको मत लिन लागेका हुन् । सात राजनीतिक दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् ।कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका गरी ७७ जना सांसदको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका छन् । विश्वासको मत अघि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन्। हाल सरकारमा मुख्यमन्त्री यादवसहित जनमत पार्टीका महेश प्रसाद यादव,…
Read Moreरिक्त दरबन्दीको माग फाराम नपठाउँदा पदपूर्ति रोकियो : मधेश प्रदेश लोक सेवा आयोग अध्यक्ष यादव
जनकपुर । मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष शिवराम यादवले सरकारी निकाय र मन्त्रायलहरुले रिक्त दरबन्दिको माग फारम पठाउने नगरेको गुनासो गरेका छन् । सोमबार आयोगको जनकपुरधामस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले मधेश प्रदेश सरकारको निहितमा रहेका सरकारी निकाय, संघसंस्था, स्वास्थ्य विभाग, मन्त्रालयहरुले रिक्त रहेका दरबन्दिको पदपूर्तीका लागि आयोगमा माग फारम नै नपठाउने गरेको जानकारी दिएका छन् । उनले केही दिन अघि स्वास्थ्यकर्मीहरुको एक समूहले आयोगको कार्यालय अगाडि आएर प्रदेश लोक सेवा आयोग मुर्दावादको नारा लगाएको बताए । उनले सो समूहलाई कार्यालयमै बोलाएर किन नारा लगाएको भनेर प्रश्न गर्दा…
Read Moreधनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जनकपुर । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । नगर प्रमुख गोइतसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले जनाए अनुसार नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन विरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका…
Read Moreराम मन्दिरबाट पुछारीको भार जानकी मन्दिर पठाइयो
जनकपुर । जनकपुरधामको राम मन्दिरबाट जानकी मन्दिरमा पुछारीको भार पठाइएको छ । साताव्यापी सीता राम विवाह महोत्सव अन्तर्गत जनकपुरधाममा सम्पन्न प्रतिकात्मक सीता राम विवाह सन्दर्भमा बिहीबार अयोध्याको प्रतिनिधित्व गर्ने राममन्दिरबाट वैवाहिक सम्बन्धको प्रगाढता एवम हर्ष स्वरुप जानकी मन्दिरमा माता सीतालाई पुछारीको भार पठाइएको छ । मिथिला संस्कृति अनुसार विवाह भएपछि ससुराली पक्षबाट आएको पुछारीको भारलाई जनमानसमा कोशेलीको रुपमा वितरण गर्ने परम्परा अनुरुप जानकी मन्दिरबाट पनि राम मन्दिरबाट पठाइएको कोशेलीहरु वितरण गरिने परम्परा रहेको छ । पुछारीमा विभिन्न परिकार, मिठाई, दही, फलफूल एवम माता सीताका लागि वस्त्रहरु दिईने गरिन्छ । पुछारीको…
Read More