जनकपुर । सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवको छैठौं दिन मंगलबार माता सीताको स्वयमवरका साथै शुभ विवाह सम्पन्न भएको छ । मंगलबार अबेर रातीसम्म जनकपुरधामको ऐतिहासीक जानकी मन्दिर प्राङ्गनमा लाखौं श्रद्धालुभक्तजनको भीडका बीच माता सीता र भगवान रामको मैथिली परम्परा अनुसार विवाह सम्पन्न भएको छ । दुलही झैं सजाइएको जानकी मन्दिरमा भारत, नेपालका लाखौं श्रद्धालुभक्तजनको उपस्थिती रहेको थियो । विभिन्न देखिका पर्यटकहरुको पनि घुँईचो लागेको थियो । मंगलबार दिँउसो बाह्रविघा मैदानमा माता सीताको स्वयम्वर गरिएको थियो । सो बेला हेलिकप्टरमार्फत बाह्रविघा मैदान, जानकी मन्दिर र राममन्दिरमा पुष्पवृष्टि गरिएको थियो । आज…
Read MoreCategory: मधेश
सिरहामा ’लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियान’ सुरु, हिंसा अन्त्यका लागि सबैको ऐक्यबद्धता आवश्यक
सिराहा । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्टिूय नाराका साथ आजबाट सिराहा जिल्लाभर ‘लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियान’ सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मानव अधिकार दिवस)सम्म मनाइने यो अभियानको पहिलो दिन सिराहामा विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरि मनाइएको हो । सिरहाको सदरमुकाम सिरहामा आयोजित र्यालीमा नगरपालिकाका नगरप्रमुख डा नबिन कुमार यादव, उपप्रमुख बबिता साह, सिरहाका प्रमुख जिल्ला अधिकारी, पहरी उपरीक्षकलगायत बिभिन्न संघसंस्था र नागरिक समाजका सयौं ब्यक्तिहरूको उपस्थिति रहेको थियो । सिरहा नगर परिक्रमापछि नगर सभाहलमा अन्तरक्रियात्मक कार्यक्रम…
Read Moreरौतहटमा परिवारकै सदस्यद्वारा महिलाको बिभत्स हत्या, घरभित्र गाडिएको अवस्थामा शव फेला
सर्लाही । रौतहटको वृन्दावन नगरपालिका-९ भुसाहामा २५ वर्षीया महिलाको आफ्नै घरभित्र खाडल खनेर गाडिएको अवस्थामा शव फेला परेको छ । भुसाहा निवासी तरीमा खातुनलाई सोमबार राति परिवारका सदस्यहरूले मिलेमतोमा हत्यागरी घरको भुस राख्ने स्थानमा पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थलमा पुगेर खाडल खनेर पुरिएको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकका पति शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा हाल साउदी अरबमा रहेका छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका अन्य…
Read Moreचन्द्रपुरबाट हातहतियार सहित एक युवक पक्राउ
रौतहट । रौतहट सशस्त्र प्रहरीले हातहतियार सहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी वल,नेपाल सुरक्षा बेश सन्तपुरको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो। चन्द्रपुर नगरपालिका वाड नं. ४ देउराली चोकबाट मकवानपुरको हेटौडा उ.म.न.पा. वडा नं.१३ पदमपोखरी वस्ने २२ बर्षिय सुमन आचार्यलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक राजेन्द्र बहादुर बस्नेतले बताए । उनका अनुसार पक्राउ परेका आचार्यको साथबाट ९ मि.मि. ब्राउनिङ पेस्तोलको म्याग्जिन एक थान, अर्को एक थान म्याग्जिन,बाल राउण्ड १३ गोटा,खुकुरी एक थान, मोवाईल एक थान, बैकको एटिम एक…
Read Moreविवाहपञ्चमी महोत्सव : तेस्रो दिन धनुष यज्ञ सम्पन्न
काठमाडौं । सप्ताहव्यापी रुपमा मनाईने सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन धनुष यज्ञ सम्पन्न भएको छ । शनिबार साँझ जनकपुरधामको ऐतिहासिक बाह्रविघा मैदानमा भगवान रामका प्रतीक किशोरले धनुष तोडेका छन् । त्रेतायुगमा मिथिला राजा जनकले आफ्नी छोरी जानकीको विवाहका लागि धनुष यज्ञ गरेको स्मरणमा विवाहपञ्चमीको तेस्रो दिन धनुष यज्ञ मनाइन्छ । त्रेता युगमा राजा जनकले आफ्नी छोरी सीतासँग विवाह गर्नेले शिवको धनुषमा प्रत्यन्चा चढाउन सक्नु पर्ने प्रण लिएका थिए । सो सभामा सहभागी भएका कुनै राजाले प्रत्यन्चा चढाउन नसकेपछि भगवान रामले प्रत्यन्चा चढाएर धनुषलाई तीन टुक्रा पारेका थिए । त्यसपछि मात्रै…
Read Moreसिमरा घटनाः प्रशासन र जेनजी समूह बिच सहमति
रौतहट । बाराको सिमरा घटनामा प्रशासन र जेनजी समूह बिच तिन मौखिक तीन विषयमा सहमति भएको छ । जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने लगायत तीन वटा विषयमा छलफल गरि सहमति भएको हो । सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबीचको छलफल सकरात्मक भएपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बाराका अध्यक्ष सम्राट उपाध्यायले बताए । उनले पक्राउ पर्न बाकीँ रहेकालाइ नियन्त्रणमा लिएर निष्पक्ष कार्वाहीको माग गर्दै ३ दिनसम्म पर्खने बताएका छन्। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले फरार…
Read Moreसर्लाहीमा पानीको बाल्टिनमा डुबेर १५ महिने बालकको मृत्यु
सर्लाही । सर्लाहीमा पानीको बाल्टिनमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका – ७, भगवानपुर निवासी ललिता देवीका १५ महिने बालक आर्यन कुमार महतो रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ललिताले बालटिनमा कपडा धोई सुकाउन गएको समयमा आर्यन खेल्ने क्रममा उक्त बाल्टिनमा रहेको पानीमा डुबेका थिए। बालकलाई तत्काल उपचारका लागि अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Read Moreसप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गतको दोस्रो दिन फूलवारी लीला सम्पन्
जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सवको दोस्रो दिन (शुक्रबार) फूलबारी लीला सम्पन्न भएको छ । जनकपुरधामको जानकी मन्दिर छेउमै रहेको विवाहमण्डप प्राङ्गनमा फूलवारी लीला गरिएको छ । त्रेता यूगमा मिथिला नरेश शिरध्वज राजर्षि जनकको प्रतिज्ञा अनुसार आयोजना गरिएको धनुषयज्ञमा मर्यादा पुरुषोत्तम भगवान् राम गुरू वशिष्टसँगै जनकपुरधाम आएको बेलामा जनक दुलारी माता सीतासँग फूलवारीमा सर्वप्रथम भेट भएको सम्झनामा फूलबारी लिला गरिन्छ । हजारौंको सख्यामा फूलवारी लीला हेर्न आएका श्रद्धालुभक्तजनहरुले सिया बोलको नारा लगाउँदा वातावरण सियामय भएको थियो । शनिबार(भोली) विवाहपञ्चमी महोत्सवको तेस्रो दिन जनकपुरधामको ऐतिहासिक बाह्र विघा मैदानमा धनुष…
Read Moreविवाहपञ्चमीका लागि जनकपुरधाममा धुमधामका साथ तयारी हुँदै
जनकपुर । जनकपुरधामसहित पौराणिक मिथिलाञ्चल क्षेत्रमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ । जनकपुरधामको जानकी मन्दिर र बाह्रविघा मैदान, राममन्दिर, विवाह मण्डपलगायतका स्थानहरुमा दिन रात सरसफाई, सजावट, स्टेज निर्माणका कार्यहरु भइरहेको छ । बिहीबार (भोली) देखि सुरु हुनलागेको सात दिने विवाहपञ्चमी महोत्सवको तयारीका लागि जनकपुरधामका सम्पूर्ण निकायहरु सक्रिय रुपमा काम गरिरहेका छन् । जानकी मन्दिरले अगुवाई गर्दै आएको विवाहपञ्चमी महोत्सवका लागि प्रत्येक वर्ष झै यस वर्ष पनि विभिन्न समितिहरु गठन गरिएको छ । हरेक समितिलाई छुट्टाछुट्टै जिम्मेवारीहरु टोकिएको छ । भारतको अयोध्याबाट आउने बाराती,…
Read Moreमधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
जनकपुर । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । गत बिहीबार मधेश प्रदेशका ७ राजनीतिक दलका ६४ जना सांसदहरुले सभामुख मण्डलमाथि महाभियोग दर्ता गरिएको थियो । महाभियोग माथि आज बसेको प्रदेश सभाको बैठकमा छलफल पश्चात मत विभाजन गरिएकोमा महाभियोग प्रस्तावको पक्षमा ७६ सांसदले मत दिएका थिए भने महाभियोगको विपक्षमा सून्य मत परेको थियो । आजको बैठकमा कुल उपस्थित सांसदहरुको संख्या ७८ रहेको थियो । उपसभामुख बबिता राउत इसरले प्रदेश सभा कार्य सञ्चालन नियमावली अनुसार उक्त संख्या प्रदेश सभाको दुई तिहाई रहेकोले सभामुख मण्डल पदमुक्त भएको जानकारी गराइन…
Read More