प्रतिनिधिसभा निर्वाचन नजिकिँदै, मकवानपुरमा चुनावी सरगर्मी बढ्दै, राप्रपा उम्मेदवार थोकर घरदैलो अभियानमा सक्रिय

मकवानपुर । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चुनावी माहोल तातिँदै गएको छ । उम्मेदवारहरू रणनीति निर्माण, टोल–टोल भ्रमण तथा मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त देखिएका छन् । यसैक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रामबहादुर थोकरले आफ्नै शैलीमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । विभिन्न समूह परिचालन गर्दै निर्वाचन क्षेत्रमा सक्रिय बनेका थोकर जनताको सेवक बन्ने उद्देश्यसहित घरदैलो कार्यक्रममा केन्द्रित छन् । थोकरको सचिवालयका अनुसार उनी बिहानदेखि साँझसम्म मतदाताकै घरआँगनमा पुगेर आफ्ना विचार, नीति तथा योजनाबारे जानकारी…

Read More

लहानमा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पण

सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् । मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताए । कार्यक्रमका क्रममा उनले सहिदहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै सहिदको सपना पूरा गर्न इमानदार राजनीति, सुशासन र न्याय आवश्यक रहेको धारणा व्यक्त गरे । उनी यसअघि आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी…

Read More

छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी दिनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने बताएका छन् । जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद सदस्य पद गुमाउनुपरेको बताए । उनले भने, ‘चितवनबासीले मलाई सबैभन्दा धेरै भोट दिएर संसदमा पठाएका थिए तर छलछाम गरेर संसदबाट निकालियो । हिजो म सबैभन्दा धेरै भोट ल्याउने सांसद थिएँ, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौं ।’ आफूमाथि निरन्तर मुद्दा…

Read More

बालेनले लिए रविको हातबाट झापा–५ को टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन साहले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । सोमबार जनकपुरमा आयोजित चुनावी सभाको क्रममा सभापति रवि लामिछानेको हातबाट बालेनले टिकट लिएका हुन् । बालेनले जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन समेत गरेका थिए । बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका हुन् ।

Read More

रौतहट–१ मा चुनावी सरगर्मी : माधव नेपाल र गुप्ताबीच प्रतिस्पर्धा हुने

रौतहट । आगामी निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी बढेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताबीच यसपटक पनि चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेकपा एमालेले रौतहट–१ मा अजयकुमार गुप्तालाई नै उम्मेदवार बनाउने निर्णय गरेसँगै यी दुई नेताबीचको पुरानै प्रतिस्पर्धी दोहोरिने भएको हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यस क्षेत्रमा नेपाल र गुप्ताबीच कडा प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा माधवकुमार नेपाल ३३ हजार ५ सय २२ मत प्राप्त गरी विजयी भएका थिए…

Read More

धनुषाको कुन निर्वाचन क्षेत्रमा कति उम्मेदवार ?

जनकपुर । प्रतिनिधिसभा अन्तर्गतको निर्वाचनमा धनुषा जिल्लाबाट जम्मा मतदाता ५ लाख १४ हजार ५ सय ७१ जना रहेका छन् । जनकपुरधाममा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै धनुषा क्षेत्र नं.३ का निर्वाचन अधिकृत शुभाष राउत पुरीले धनुषा जिल्लाभरिका निर्वाचन क्षेत्रहरु बारे जानकारी गराएका छन् । उनका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा जिल्लामा ४ वटा निर्वाचन क्षेत्र रहेको छ । क्षेत्र नं.१ को निर्वाचन कार्यालय धनुषाधाममा रहेको छ भने निर्वाचन अधिकृत मनोज बराल रहेका छन् । यस क्षेत्रमा कुल १ लाख २६ हजार ४० जना मतदाता रहेका…

Read More

जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु

जनकपुर । मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यस्थित सहर बनाउने उद्देश्यका साथ पहल सुरु गरेको छ । यसका लागि मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको अध्यक्षतामा आज (शुक्रबार) जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको संयुक्त उपस्थितिमा बैठक बसि विशेष छलफल गरिएको छ । बैठकमा जनकपुरधामको सरसफाइ, ट्राफिक व्यवस्थापन तथा धार्मिक स्थल र प्रदेश भवनको सुरक्षा सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरिएको छ । बैठकले सबै निकायसँग समन्वय गरी वृहत सरसफाइ अभियान सञ्चालन गर्ने,…

Read More

माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को

बाँके । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा बाँकेको बैजनाथ गाउँपालिका–३ सुतैहिया गाउँमा ३६ गाउँका थारु समुदायको सहभागितामा भव्य सांस्कृतिक नाच प्रस्तुत गरिएको छ । परम्परागत वेशभूषा, लोकधुन र सामूहिक नृत्यमार्फत थारु समुदायको मौलिक संस्कार, संस्कृति र ऐतिहासिक पहिचान झल्काइएको थियो । थारु समुदायका लागि माघे सङ्क्रान्ति वर्षकै प्रमुख पर्व मानिन्छ । यो पर्व सामाजिक एकता, पारिवारिक मेलमिलाप र सांस्कृतिक चेतनासँग गहिरो रूपमा जोडिएको छ । सो अवसरमा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्मले ढोल, मादल र झ्यालीको तालमा नाच प्रस्तुत गर्दै सदियौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको…

Read More

इटहरीमा घुम्ती साहित्य उत्सव, गरियो कितावहरुको चर्चा

विराटनगर । कोशी प्रदेशको एक केन्द्र सुनसरीको इटहरीमा शनिबार कवि, लेखक र पाठकहरू एकैठाउँ भेला भएका छन् । लेखक, पाठक र सिर्जनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘फाइनप्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव’ आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । पूर्वका पाठकलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त उत्सवमा फाइनप्रिन्ट प्रकाशनबाट प्रकाशित ६ वटा कृतिमाथि संवाद गरिएको जनाइएको छ । महानायक राजेश हमालको आत्मकथात्मक कृति ‘युगदेखि युगसम्म’ माथि कवि मनु मञ्जिलले संवाद सञ्चालन गरेका थिए । संवादमा हमालको जीवन, प्रेम, कला, समय र सार्वजनिक व्यक्तित्वभित्रको निजी यात्रामाथि चर्चा गरिएको छ । त्यस्तै, २०८१…

Read More

जनकपुरधाममा गगन थापाको पुतला दहन

जनकपुर । जनकपुरधाममा नेपाली कांग्रेसका नेता गगन थापाको पुतला दहन गरिएको छ । नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधि पक्षधरका नेता तथा कार्यकर्ताहरुले मंगलबार साँझ जनकपुरधाममा गगन थापा विरुद्ध नारावाजी गर्नुका साथै पुतला दहनसमेत गरेका छन् । उनीहरुले गगन थापा मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा जनकपुरधामको पिडारी चोक ठप्प बनेको थियो । दुबै तर्फबाट आवत जावत गर्ने सवारी साधनहरु बन्द भएको थियो । नेता नीधिमाथि सञ्चालित रुपमा केही व्यक्तिहरुले आज दुव्र्यवहार गरेकोले त्यस्ता व्यक्तिहरुको विरुद्धमा आज जनकपुरधामका नीधि पक्षधर कांग्रेसका नेता कार्यकर्ताहरुले विरोध…

Read More