फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडा नजिक शनिबार विहान गाडी दुर्घटना भएको छ । तमोर कोरिटोर अन्तर्गत पर्ने रानीगाउँको कात्तिकेमा बोलरो गाडी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार भीम बाँस्कोटाले जानकारी दिए । घाईतेहरुको उपचारको लागि धरानतर्फ पठाईएको छ । यात्रुहरुको विवरण आइसकेको छैन् । घट्ना स्थलमा प्रहरी पुग्न ढिला भएपनि स्थानीयले घाइतेहरुलाई उद्धार गरी धरानतर्फ पठाएको उनले जानकारी दिए । स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका थिए । जिल्ला प्रहरी कार्यालय…
Read MoreCategory: प्रदेश
बाजुराको रैथाने बाली कोदोको माग बढ्दा उत्पादन भने घट्दै
बाजुरा । बाजुरामा उत्पादित अर्गानिक रैथाने बाली कोदोको माग बढेको छ । पछिल्लो समय बाजुरामा उत्पादित कोदोको माग देशका ठुला शहरमा बढ्न थालेको हो । यहाँका ९ वटै स्थानीय तहमा उत्पादित कोदो देशका ठुला शहर काठमाडौं, नेपालगञ्ज, धनगढी, बुटवललगायतका शहरमा बढ्दै गएको पाइन्छ । पौष्टिकता र पर्यावरणीय हिसाबले निकै महत्वपूर्ण मानिएको कोदोको माग बढेपनि उत्पादन भने घट्दै गएको छ । पछिल्लो समय नयाँ प्रविधिको विकाससँगै मानिसहरु आयातित बस्तुहरुमा भर पर्ने हुँदा कोदोको उत्पादन घट्दै गएको हो । मानिसहरु विलासि जीवन जिउँने भएका कारण परिश्रम गरेर काम गर्ने प्रवृत्ति हराएकोले कोदो…
Read Moreसर्लाहीमा भारि बर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले असोज १७ देखि २० गतेसम्म मनसुनजन्य भारी वर्षा हुने पूर्वानुमान रहेकाले जिल्लाभर बाढी, डुबान र पहिरोको जोखिम बढ्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले शुक्रबार एक सूचना जारि गर्दै जिल्लावासीलाई अविरल वर्षाको कारणले जोखिम बढ्ने देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। प्रशासनले १७ देखि २० गतेसम्म भारि वर्षाको सम्भावना रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ । सम्भावित विपदजन्य घटनाबाट हुन् सक्ने क्षति न्यूनीकरणका लागि क्विक रेस्पोन्स टिम र इन्सिडेन्ट रिस्पोन्स टिम तयारी अवस्थामा राखिएको पनि जानकारी प्रशासनले दिएको…
Read Moreवीरगन्जमा २७ वर्षीय युवकको शव फेला, दुर्घटनामा मृत्यु भएको अनुमान
वीरगन्ज, १७ असोज । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका-३ जयमंगलापुरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान गाउँपालिकाको टिहुनी झलमहिया-भिष्ण सडकखण्डमा अवस्थित वडा कार्यालयभन्दा करिब सय मिटर पश्चिमतर्फको पुलनजिकै जयमंगलापुरका २७ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार कानुले चलाएको भारतीय नम्बर प्लेट ( १२७३) रहेको मोटरसाइकल पुलबाट पोखरीमा खस्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । मोटरसाइकल शव नजिकै फेला परेको र मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको कारण मृत्यु दुर्घटनाबाट भएको हुन…
Read Moreरामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु
रामेछाप । रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा बिहीबार ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा १ अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका–४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते अवस्थामा उद्धार गरी रामेछाप अस्पताल पु¥याइएका घिसिङको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
Read Moreबाजुरामा दुई पक्षबीच झडप, तीन जना घाइते
बाजुरा । बाजुरामा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका २ स्थित गाउँमा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका हुन् । रातिको समय करिब १ बजेतिर भएको झडपमा परेर त्रिवेणी नगरपालिका ३ का १८ वर्षीय मनोज साउँद, २२ वर्षीय दिनेश साउँद र १६ वर्षीय तपेश साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मनोज साउँदको घाँटी, निधार र दाँहिने हातमा चोट लागेको छ भने दिनेश साउँदको घाँटी र बाँया पाखुरामा चोट लागेको छ । त्यस्तै…
Read Moreअरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक
रामेछाप । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । जिल्लामा बाढी, पहिरो, डुबान र चट्याङजस्ता विपद् जोखिम बढ्ने भएकाले जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि विभिन्न निर्णय गरेको हो । निर्णयअनुसार असोज १७ गतेदेखि २० गतेसम्म अरनिको राजमार्ग लगायत जिल्लका मुख्य र सहायक राजमार्गमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका सवारी भने…
Read Moreसमाजसेवीदेखि जनप्रतिनिधिसम्मको श्रमदानमा सहभागिता
मोरङ, ५ असोज । नागरिक समाज लेटाङले सञ्चालन गर्दै आएको साप्ताहिक श्रमदान अभियान शनिबार तेस्रो हप्तामा प्रवेश गरेको छ। अभियानमा समाजसेवी, स्थानीयवासीदेखि वडाअध्यक्षसम्मको उल्लेखनीय सहभागिताले सामुदायिक सहकार्य र जिम्मेवारीबोधलाई झल्काएको छ। श्रमदान अन्तर्गत लेटाङ–४ गङ्गे चोकस्थित तिनकुने पार्कमा सरसफाइ गरिएको थियो। सहभागीहरूले झरेका पात, पतिङर र प्लास्टिकजन्य पदार्थ संकलन गरी व्यवस्थापन गरेपछि पार्क थप आकर्षक बनेको छ। स्थानीय युवादेखि समाजका वरिष्ठ नागरिकसम्मको सक्रियता देखिएको थियो। “श्रमदान अभियानले सरसफाइ मात्र होइन, समाजलाई एकजुट गराउने शक्ति बोकेको छ,” स्वतन्त्र नागरिक समाजका अध्यक्ष ललिल बहादुर लिम्बुले बताउनुभयो। उहाँले प्रत्येक सातामा सहभागिता बढ्दै गएको र…
Read Moreकाउली बोकेको पिकअपमा ३३४ केजी गाँजा
सञ्जय मिश्रा रौतहट, ५ असोज । रौतहट स्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। भारतीय सिमाना संग जोडिएको ईशनाथ नगरपालिका–८ मोतिपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३-०१-०२२ च १८६१ बाट ३३४ केजी गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले राति करिब ८ बजे चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजु कार्कीले बताएका छन्। मोतिपुरबाट जटहरातर्फ गइरहेको उक्त पिकअप गाडीमा…
Read Moreअनुसन्धान नै नगरी ३ जना बिरूद्व कर्तब्य ज्यानको मुद्वा लगाएको आरोप
सञ्जय मिश्रा रौतहट, ४ असोज। रौतहटको कटहरिया नगरपालिका–५ का ५२ वर्षीय रामचन्द्र दास सरभंग र उनकी श्रीमती पुकारी देवी सरभंगले आफ्ना तीनजना निर्दोष छोरालाई प्रहरीको मिलेमतोमा अनाहकमा कर्तव्य ज्यान मुद्दा लगाएर फसाएको गम्भीर आरोप लगाएका छन्। शनिवार गौरमा पत्रकार सम्मेलन गरी पीडित परिवारले इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीमाथि राजनीतिक तथा आर्थिक चलखेलको आधारमा घटनाको मुख्य दोषीलाई उम्काएर निर्दोष दलित परिवारका ३ छोरा माथि कर्तब्य ज्यान मुद्दा दर्ता गरेको दाबी गरेका हुन्। राजनीतिक पूर्वाग्रह राखेर गाउँकै केही मानिसले ३ जना छोरा माथी हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडामा…
Read More