ओखलढुंगामा एमाले उम्मेदवार अस्मितालाई समर्थन गर्दै सिताराम गुरुङले पार्टी छाडे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङले ओखलढुंगामा नेकपा एमालेका उम्मेदवार अस्मिता थापालाई समर्थन जनाउँदै केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् । नेकपाबाट ओखलढुंगाको उम्मेदवार बनाइएका अम्बिरबाबु गुरुङलाई सहयोग गर्न नसक्ने भन्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन् । रुम्जाटार गाविसका पूर्वअध्यक्ष समेत रहेका गुरुङ अम्बिरबाबु समूहसँग कुरा नमिलेर नेकपामा प्रवेश गरेका थिए । नेकपा केन्द्रीय सदस्यको सपथ लिएर जिल्लाको जिम्मेवारीमा गएका गुरुङले अन्तिममा अम्बिरले नै एमाले छाडेर टिकट पाएपछि असहमति जनाएका हुन् । जुन प्रवृतिविरुद्ध लड्न नसकेर एमाले छाडे उसैले टिकट पाएपछि आफू नेकपामा बस्न नसकेको भनाइ…

Read More

बाँकेमा आठ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइने

काठमाडौं । बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यही माघ २५ देखि फागुन ४ गतेसम्म लगाइने सो खोप राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा २६ गतेदेखि मात्रै लगाउन सुरु गरिने छ । जिल्लामा विद्यालय जाने छ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कुल आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाइने भएको हो । राप्तीसोनारी गाउँपालिकामा ७२०, कोहलपुर नगरपालिकामा एक हजार ७०६, बैजनाथ गाउँपालिकामा ८८०, एक हजार १९, जानकी गाँउपालिकामा ६७२, नेपालगन्ज उपमहानगरपालिकामा दुई हजार ४२४, डुडुवा गाउँपालिकामा…

Read More

पूर्वराजदूत डा.अर्जुन कार्कीलाई जिताउन संखुवासभामा धमाधम चुनाव परिचालन कमिटी गठन

संखुवासभा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट संखुवासभाका उम्मेदवार पूर्वराजदूत डा.अर्जुन कार्की चुनावी दौडमा छन् । डा.कार्कीलाई विजयी गराउन विभिन्न नगरपालिकाहरुले चुनाव परिचालन कमिटी विस्तार गर्न थालेका छन् । हालै एमाले खाँदबारी नगर कमिटीको निर्वाचन केन्द्रित विस्तारित बैठकमार्फत ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरेको छ । एमाले पुर्वस्थायी कमिटी सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख एवम केन्द्रीय सदस्य राजेन्द्र प्रसाद गौतमको प्रमुख आथित्यता चुनाव परिचालन कमिटी बनाइएको हो । नगर कमिटी अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य तथा सङ्खुवासभा निर्वाचन परिचालन…

Read More

फागुन २१ नजिकिँदै गर्दा मकवानपुर–१ र २ मा चुनावी तापक्रम बढ्दो

हेटौँडा । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर जिल्लाका दुई निर्वाचन क्षेत्र अहिले पुनः मतदानको तयारीमा छन्। यसअघि वि.सं. २०७९ मा सम्पन्न भएको निर्वाचनका परिणामले यहाँको राजनीतिक वातावरणलाई स्पष्ट पारेको छ। मकवानपुर–२ बाट नेकपा (एमाले)का महेश कुमार वर्तौला ३४,९५० मतसहित विजयी भएका थिए, उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले ३०,४३२ मत प्राप्त गरेका थिए। अन्य उम्मेदवारहरूले भने तुलनात्मक रूपमा कम मत पाएका थिए। साना दल र स्वतन्त्र उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली १२,०५९ मतसहित, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजन मैनाली २,१९६ मतसहित, नेकपा…

Read More

मकवानपुर–१ मा अनुभवी र नयाँ अनुहारबीच रोचक चुनावी भिडन्त

मकवानपुर | आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा अनुभवी राजनीतिज्ञदेखि पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रिएका नयाँ अनुहारसम्मको रोचक भिडन्त हुने देखिएको छ। २३ जनाले उम्मेदवारी दर्ता गराए पनि वास्तविक प्रतिस्पर्धा भने केही सीमित उम्मेदवार र राजनीतिक धारबीच केन्द्रित हुँदै गएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यस क्षेत्रका मुख्य खेलाडीका रूपमा देखिएका छन्। यद्यपि उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टीका उम्मेदवारहरूको पनि उपस्थिति रहे पनि चुनावी नतिजालाई निर्णायक रूपमा प्रभावित गर्ने प्रतिस्पर्धा…

Read More

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै, मकवानपुरमा चुनावी सरगर्मी बढ्दै, राप्रपा उम्मेदवार थोकर घरदैलो अभियानमा सक्रिय

मकवानपुर । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चुनावी माहोल तातिँदै गएको छ । उम्मेदवारहरू रणनीति निर्माण, टोल–टोल भ्रमण तथा मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त देखिएका छन् । यसैक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रामबहादुर थोकरले आफ्नै शैलीमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । विभिन्न समूह परिचालन गर्दै निर्वाचन क्षेत्रमा सक्रिय बनेका थोकर जनताको सेवक बन्ने उद्देश्यसहित घरदैलो कार्यक्रममा केन्द्रित छन् । थोकरको सचिवालयका अनुसार उनी बिहानदेखि साँझसम्म मतदाताकै घरआँगनमा पुगेर आफ्ना विचार, नीति तथा योजनाबारे जानकारी…

Read More

लहानमा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पण

सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् । मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताए । कार्यक्रमका क्रममा उनले सहिदहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै सहिदको सपना पूरा गर्न इमानदार राजनीति, सुशासन र न्याय आवश्यक रहेको धारणा व्यक्त गरे । उनी यसअघि आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी…

Read More

छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी दिनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने बताएका छन् । जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद सदस्य पद गुमाउनुपरेको बताए । उनले भने, ‘चितवनबासीले मलाई सबैभन्दा धेरै भोट दिएर संसदमा पठाएका थिए तर छलछाम गरेर संसदबाट निकालियो । हिजो म सबैभन्दा धेरै भोट ल्याउने सांसद थिएँ, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौं ।’ आफूमाथि निरन्तर मुद्दा…

Read More

बालेनले लिए रविको हातबाट झापा–५ को टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन साहले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । सोमबार जनकपुरमा आयोजित चुनावी सभाको क्रममा सभापति रवि लामिछानेको हातबाट बालेनले टिकट लिएका हुन् । बालेनले जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन समेत गरेका थिए । बालेनले आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका हुन् ।

Read More

रौतहट–१ मा चुनावी सरगर्मी : माधव नेपाल र गुप्ताबीच प्रतिस्पर्धा हुने

रौतहट । आगामी निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी बढेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताबीच यसपटक पनि चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेकपा एमालेले रौतहट–१ मा अजयकुमार गुप्तालाई नै उम्मेदवार बनाउने निर्णय गरेसँगै यी दुई नेताबीचको पुरानै प्रतिस्पर्धी दोहोरिने भएको हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यस क्षेत्रमा नेपाल र गुप्ताबीच कडा प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा माधवकुमार नेपाल ३३ हजार ५ सय २२ मत प्राप्त गरी विजयी भएका थिए…

Read More