काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता उल्लङ्घन हुनसक्ने घटनाबारे सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुनसक्ने अनलाइन गतिविधिप्रति चेतावनी दिएको छ । कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ,‘फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथ मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य भएको हुँदा यो सूचना जारी भए पश्चात् कोही कसैबाट यस…
Read MoreCategory: प्रदेश
मोरङ–६ मा चुनावी सरगर्मी : शेखरको पुनरागमन र ढकालको दाबीमा रास्वपाले लगाउला ब्रेक ?
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ को राजनीतिक तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । परम्परागत रूपमा ठूला दलको प्रभाव रहेको यो क्षेत्रमा यसपटक नयाँ शक्ति र पुराना अनुहारबीच रोचक प्रतिस्पर्धा देखिने संकेत देखिएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला विजयी भएको यही क्षेत्रमा उनी पुनः चुनावी मैदानमा उत्रिएका छन् । कोइराला यतिबेला नियमित घरदैलो अभियानमा छन् । टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफूलाई फेरि एकपटक जनमतको कसीमा राखेका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र…
Read Moreमन्थलीमा दूध सङ्कलन केन्द्र स्थापना, किसानको दूध बिक्रीको समस्या समाधान
रामेछाप । रामेछापको मन्थली नगरपालिका–२ का किसानहरूका लागि अब आफूले उत्पादन गरेको दूध बिक्री गर्ने चिन्ता हटेको छ । उत्पादन भएको दूध बिक्री नहुँदा आयआर्जनबाट वञ्चित हुँदै आएका किसानले अब जति दूध उत्पादन गरे पनि आफ्नै गाउँमा सहज रूपमा बिक्री गर्न पाउने भएका छन् । मन्थली नगरपालिका–२ को धारापानीमा कृष्णप्रिया फर्म तथा दूध डेरी काठमाडौंले दूध सङ्कलन केन्द्र स्थापना गरेपछि किसानको दूध गाउँमै सङ्कलन हुन थालेको हो । डेरीले गाउँमा खपत हुने दूध गाउँमै बिक्री गर्ने र अतिरिक्त दूध काठमाडौं लैजाने व्यवस्था मिलाएको जनाएको छ । सञ्चालकका अनुसार उक्त क्षेत्रमा…
Read Moreदेउराली–जनता फर्मास्यूटिकल्सले चितवनमा ४७५ करोडको नयाँ औषधि उद्योग स्थापना गर्ने
काठमाडौं । स्वदेशमै अत्यावश्यक औषधि उत्पादन गर्दै आएको अग्रणी औषधि उद्योग देउराली–जनता फर्मास्यूटिकल्स प्रा. लि. ले चितवनको भरतपुरमा अत्याधुनिक नयाँ औषधि कारखाना निर्माण गर्ने निर्णय गरेको छ । कम्पनीले उक्त परियोजनामा ४७५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ । कम्पनीको ३५ औं वार्षिकउत्सवको अवसरमा मंगलबार जारी गरिएको प्रेस वक्तव्य मार्फत कम्पनीले यस्तो जानकारी दिएको हो । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने यो नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजना पूरा भएपछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने बताइएको छ । नयाँ उद्योग सञ्चालनमा…
Read Moreकाँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको कार सर्लाहीमा दुर्घटना : एक जनाको मृत्यु, तिन जना घाईते
सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर बुधबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार काँकडभिट्टाबाट बुटवलतर्फ गइरहेको लु ३ च ५४७२ नम्बरको कार ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलको तेस्रो कज्वेमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको छ। दुर्घटनाको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले कारमा सवार चारै जनालाई उद्धार गरी उपचारका लागि बर्दिवास पु¥याएको थियो। गम्भीर घाइते शुभमको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब…
Read Moreमधेश प्रदेश सभाको ८ वर्ष पूरा
जनकपुर । मधेश प्रदेश सभा स्थापना भएको ८ वर्ष पूरा भएको छ । आज मधेश प्रदेश सभामा ८ औं वार्षिकोत्सव मनाउने कार्यक्रम रहेको छ । ८ वर्षको अवधिमा मधेस प्रदेशसभामा कुल ३ सय ६५ बैठक बसेको छ । प्रदेशसभा सचिवालयका अनुसार पहिलो कार्यकालका ५ वर्षमा ९ अधिवेशनमार्फत २ सय २६ बैठक बसेका थियो भने दोस्रो कार्यकालमा हालसम्म १ सय ३९ बैठक बसिसकेको छ । पहिलो कार्यकालमा ५५ विधेयक पारित भई ऐन बनेका थिए भने दोस्रो कार्यकालमा संशोधनसहित २२ विधेयक दर्ता हुँदा १५ वटा पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।…
Read More‘सफल बैंकर’को इतिहास बोकेका भरतराज ढकाललाई स्याङ्जा १ परीक्षा
स्याङ्जा । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलका क्रियाशील नेतादेखि पत्रकार, कलाकार, बैंकर तथा उद्यमीदेखि सामाजिक अभियन्ता समेत चुनावी दौडमा निस्किएका छ । जेनजी आन्दोलनपछि बदलिएको मनोभावनालाई प्रतिनिधित्व गर्ने दाबी गर्दै उम्मेदवारहरु चुनावी दौडधुपमा छन् । बैंक तथा वित्तिय क्षेत्रमा लामो समय विताएका भरतराज ढकाललाई पनि चुनावी दौडधुपले व्यस्त गराएको छ । स्याङ्जा जिल्लाको क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उनी कृषि अर्थतन्त्रको सुधारलाई मुख्य लक्ष्य बनाएर मतदाता भेटिरहेका छन् । ‘दैनिक कार्यतालिका बनाएरै भेटघाटमा व्यस्त छु, फरक अनुभव पनि गरिरहेको छु ।…
Read Moreबाजुराको कोल्टी अस्पतालमा नियमित सिजेरियन शल्यक्रिया प्रभावकारी बन्दै
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–१ मा रहेको कोल्टी आधारभूत अस्पतालमा हाल नियमित रूपमा सिजेरियन शल्यक्रिया (सी–सेक्शन) हुँदै आएको छ । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी प्रदान गरिएको यो सेवा प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ । दुर्गम क्षेत्रका गर्भवती महिलालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको कोल्टी अस्पतालमा नियमित सिजेरियन शल्यक्रिया सफलतापूर्वक हुन थालेपछि यहाँका आमाहरूले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता हट्दै गएको छ । पहिले सामान्य उपचारसमेत सहज रूपमा नहुने यस अस्पतालमा अहिले भने गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । अस्पताल दुर्गम क्षेत्रका नागरिकको सेवामा निरन्तर…
Read Moreमधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा
जनकपुर । मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २१ गत्ते (भोलि) मनाउन लागिएको आठौं वार्षिकोत्सव कार्यक्रमका निम्ती मधेश प्रदेश सभाका सम्पूर्ण कर्मचारीहरु व्यस्त देखिएका छन् । यस तीन दिन विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाउने तय भएको मा हिजो (सोमबार) मधेश प्रदेश सभा परिसरको सरसफाई एवम वृक्षारोपन कार्यक्रम गरिएको थियो । त्यस्तै आज प्रदेश सभाका सांसद र कर्मचारीहरुबीच चेस, ब्याडमिन्टन र म्युजिकल चेयर लगायतका खेलहरुको प्रतिस्पर्धा हुने प्रदेश सभाद्वारा जारी तालिकामा उल्लेख रहेको छ । त्यस्तै आजै प्रदेश सभाको तर्फबाट जनकपुरधामस्थित मानव सेवा आश्रम, वृद्धा…
Read Moreसपनाको लड्डु बाँड्न कैलाली–४ आएको होइन, काम गरेर देखाउँछु : गोरख बहादुर बिष्ट ‘आनन्द’
गोरखबहादुर बिष्ट ‘आनन्द’ नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवी बनाएका बिष्ट चार दशक लामो समयदेखि कांग्रेसमा आवद्ध छन् । उनले कांग्रेसको पूर्वआमन्त्रित केन्द्रीय सदस्य रहनुका साथै नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति भएर काम गरिसकेका छन्। डोटीमा जन्मिएका बिष्ट अध्ययनको सिलसिलामा कैलाली पुगेका थिए। उनीपछि अध्ययनकै लागि भारत, काठमाडौं हुँदै अमेरिका पुगे। तर, जहाँ पुगेपनि बिष्टले मातृभूमि नेपाल र जन्मभूमि सुदूरपश्चिप्रतिको ममता कहिले मारेनन्। उनले भूकम्प, कोरोना महामारी, बाढी–पहिरो जस्ता विभिन्न असहज अवस्थामा थुप्रै सहयोग गरेका छन्। जन्मभूमि डोटीमा एम्बुलेन्स प्रदान गरेका छन्। विभिन्न विद्यालयमा सहयोग गर्नुका…
Read More