कानेपोखरी, ४ असोज । मोरङको कानेपोखरी गाउँपालिकाले विभिन्न नौ शीर्षकको बजेट कटौति गर्ने निर्णय गरेको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा झण्डै पाँच करोड मूल्य बराबरको भौतिक पूर्वाधार,प्रविधि र जिन्सी सामान क्षति भएपछि पालिकाले बिहीबार १९ औं विशेष गाउँसभा मार्फत खर्च कटौतिको निर्णय गरेको हो । बैठकले विभिन्न वडा कार्यालयहरू र शाखाले तय गरेका लक्षित कार्यक्रमहरू,खेल सामग्री वितरण र छात्रवृति कार्यक्रममा विनियोजित बजेट कटौति गर्ने निर्णय गरेको छ । यस्तै विभिन्न जात जातिको संस्कृति प्रवद्र्धनमा विनियोजित रकम,वडा स्तरीय चालु खर्चका लागि विनियोजित पाँच लाखसम्मका कार्यक्रम, पालिका भरिका पाँच लाख सम्मका…
Read MoreCategory: प्रदेश
तेलिखाेलामा ७० वर्षीय पुरुषको शव फेला
लेटाङ, लेटाङ नगरपालिका–८ का अन्दाजी ७० वर्षीय खड्ग बहादुर कामी तेली खोलामा आज मृत अवस्थामा फेला परेका छन् । स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ । प्रहरीका अनुसार मृतकको मृत्युको कारणबारे यकिन भइसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
Read Moreकटहरियामा १५० युवा बिधार्थीलाई मानसिक स्वास्थ्य तालिम
सञ्जय मिश्रा रौतहट, ३ असोज। रौतहटको कटहरिया नगरपालिकामा १५० जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम दिइएको छ। हालै देशभर जेन जी आन्दोलनका कारण उत्पन्न भएको सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक प्रभावलाई ध्यानमा राख्दै यो तालिमको आयोजना गरिएको हो। तालिम नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा, लायन्स क्लब अफ जनकपुर मिथिला सिटीको सहकार्य तथा कटहरिया नगरपालिका वडा ४ का अध्यक्ष चन्दन कुशवाहाको पहलमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थी युवाहरुलाई तनाव व्यवस्थापन, मानसिक सन्तुलन कायम राख्ने तरिका, सामाजिक जिम्मेवारी, र सकारात्मक सोच विकास गर्ने विषयमा प्रशिक्षण दिइएको तालिम संयोजकहरूले बताएका छन्। हालै…
Read Moreजेनजी आन्दोलनमा रौतहटमा २० करोड बढीको क्षती
सञ्जय मिश्रा रौतहट, ३ असोज। जेनजी आन्दोलनको क्रममा रौतहट जिल्लामा भएको हिंसात्मक प्रदर्शनले २० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। गत २४ गतेको देशव्यापी आन्दोलनसँगै रौतहटमा समेत उग्र आन्दोलन भई सरकारी संरचना, स्थानीय तहका कार्यालय, प्रहरी युनिट तथा जनप्रतिनिधिका घरसमेत क्षतिग्रस्त भएका छन्। जिल्ला प्रशासन कार्यालय गौरका अनुसार आन्दोलनकारीहरूले जिल्लाभर ६ वटा स्थानीय तहका कार्यालय र दर्जनौं सरकारी संरचना ध्वस्त पारेका छन्। चन्द्रपुर नगरपालिका — करिब ३ करोड मौलापुर नगरपालिका — ५ करोड कटहरिया नगरपालिका — १ करोड फतुवा विजयपुर नगरपालिका — ३ करोड ५० लाख…
Read Moreसिमामा उच्च सतर्कता अपनाउन सशष्त्र डिआईजी ढकालको निर्देशन
सञ्जय मिश्रा रौतहट, २ असोज । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति डिआईजी कृष्ण ढकालले सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। बुधबार प्रस्तावित सीमा सुरक्षा गुल्म गौरको निरीक्षण गर्दै उनले सीमाबाट हुने अवैध ओसारपसार, चोरी–तस्करी तथा लागुऔषध कारोबारलाई पूर्णरूपमा नियन्त्रण गर्न आदेश दिएका हुन्। जेनजी आन्दोलनपछि जिल्लाको शान्ति–सुरक्षाको अवस्था बुझ्न तथा सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन उनी रौतहट पुगेका थिए। डिआईजी ढकालले गौरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको नवनिर्मित भवन चाँडै उद्घाटन गरिने जानकारी समेत दिएका छन्। उनले सीमाक्षेत्रमा हुने सक्ने अवैध गतिविधिको सूक्ष्म निगरानी…
Read Moreरौतहटमा सुशासन प्रर्बद्वनका लागि १९ बुदेँ प्रतिबद्वता
रौतहट, असोज २ । रौतहट स्थित पालिकाहरुमा बढ्दो भ्रष्टाचार अनियमितता नियन्त्रण गर्न स्थानीय प्रशासनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि १९ बुँदे निर्णय गरेको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी विनोद सिडियो कुमार खड्काको अध्यक्षतामा जिल्लास्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थितिमा बसेको समन्वय बैठकले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि १९ बुँदे निर्णय गरेको हो। बैठकले “सुशासनमा हाम्रो प्रतिबद्धता, भ्रष्टाचार बिरुद्ध हाम्रो कटिबद्धता” अभियानलाई प्रभावकारी बनाउन विभिन्न ठोस कदम चाल्ने सहमति जनाएको छ । निर्णयअनुसार अबदेखि कार्यालय बाहिर वा जिल्लाबाहिर काम गर्ने क्रममा सरकारी इन्धन,…
Read Moreसाहसी ईनेस्पेक्टर, जसले जोगाए प्रहरी चौंकी
सञ्जय मिश्रा रौतहट, १ असोज। जेन जी आन्दोलनले देशभर अराजक परिस्थिति निम्त्याउँदा राजधानी सिंहदरबारदेखि जिल्लास्तरका सरकारी धरोहरहरू जलेर खरानी भए। रौतहटमा मात्रै दर्जनौँ सरकारी कार्यालय जलाइए, प्रहरी कार्यालय आक्रमणमा परे, सदरमुकाम गौर कारागारबाट सयौँ कैदी फरार भए। तर यही अराजक परिस्थितिमा एउटा प्रहरी कार्यालय भने एक इन्स्पेक्टरको साहस र रणनीतिकै कारण जोगियो। उनी हुन्— नेपाल प्रहरीका इन्स्पेक्टर सुरेन्द्र यादव, जो इलाका प्रहरी कार्यालय (ईप्रका) बिजयपुरमा कार्यरत छन्। यादवको सुझबुझ, सौहार्दपूर्ण तरिकाले आन्दोलनकारीसँग संवाद गर्ने क्षमता र अन्तिम क्षणसम्म पनि नहारेको दृढताले बिजयपुर प्रहरी कार्यालयलाई जोगाउन सम्भव भएको हो।…
Read Moreमोरङ्गमा आन्दोलनको असर वडा कार्यालय देखी प्रहरी कार्यालय सम्ममा क्षती
मोरङ्ग, १ असोज । जेन जी आन्दोलनका क्रममा मोरङ जिल्लामा विभिन्न सरकारी, गैरसरकारी र निजी भवनहरूमा ठूलो क्षति पुगेको छ। ताजा विवरणअनुसार जिल्लाभर एक सय पचास भन्दा बढी संरचना प्रत्यक्ष प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङले दिएको तथ्याङ्कअनुसार, संघीय कार्यालय ७३ मध्ये २१ वटा क्षतिग्रस्त भएका छन् भने २२ वटा आंशिक रूपमा प्रभावित भएका छन्। त्यस्तै, प्रदेश सरकारअन्तर्गतका कार्यालय ३९ मध्ये १४ वटा क्षतिको सूचीमा परेका छन्। स्थानीय तहका संरचनामा पनि ठूलो क्षति भएको छ। मोरङका १७ वटा पालिकाभवनमध्ये १० वटा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १५९ वडा…
Read Moreजाँते ज्यामिरेको सडक अवरुद्ध, जनजीवन कष्टकर
मोरङ, १ असोज । लेटाङ नगरपालिका–८ स्थित जाँते ज्यामिरे मुख्य सडकमा गएको ठूलो पहिरोका कारण यातायात पूर्णरूपमा ठप्प भएको छ। सडक अबरुद्ध भएपछि एम्बुलेन्ससहित अत्यावश्यक सवारी साधन चल्न नसक्दा स्थानीयवासीलाई उपचार, बजार आपूर्ति र दैनिक आवतजावतमा ठूलो समस्या भएको छ। अचानक पहिरो खस्दा पैदलयात्रीहरू समेत जोखिममा पर्न थालेका छन्। बिरामीलाई अस्पताल लैजान कठिनाई भएको छ भने विद्यालय जाने विद्यार्थी र बजार आवतजावत गर्ने स्थानीयवासीलाई हिँडडुलमै बाधा उत्पन्न भएको छ। यो सडक कालोपत्रेका लागि ठेक्का आह्वान भएता पनि बजेट सुनिश्चित नभएको भन्दै निर्माण कम्पनिले काम लथालिङ छाडेर गुमनाम भएको छ। यस अवस्थालाई…
Read Moreनुनथर महादेवस्थान अब्यवस्थित बन्दै, भक्तजन निराश
सञ्जय मिश्र, रौतहट २२ भदौ ।हिन्दूहरूको आस्थाको केन्द्र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा अवस्थित नुनथर महादेव मन्दिर पछिल्ला दिनमा अव्यवस्था, अनियमितता र आपराधिक गतिविधिका कारण विवादमा परेको छ। मधेश प्रदेश देखी सीमावर्ती भारतीय भक्तजनहरूको धार्मिक आस्था र श्रद्धाको केन्द्र मानिने यो मन्दिरमा खुलेआम मासु काट्ने कार्य देखि कर असुलीसम्मका गतिविधि भइरहेको भक्तजनहरूले आरोप लगाएका छन्। नुनथर महादेव स्थानमा हरेक वर्ष साउन र भदौ महिनामा हजारौँ बोलबम भक्तजन बागमती नदीबाट जल ल्याई भगवान् शिवको मूर्तिमा अर्पण गर्दै पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। त्यतिमात्र नभई मन्दिर छेउमै रहेको बागमती नदीबाट हजारौँ भक्तजनहरुले जल…
Read More