मुगुका २८ केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन बाँकी

मुगु । मुगुमा २८ मतदान केन्द्रका मतपेटिका सदरमुकाम गमगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन बाँकी रहेको छ । मुगुका कुल ७० मतदान केन्द्रमध्ये ४२ केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको र २८ वटा मतदान केन्द्रको मत पेटिका सदरमुकाममा पुग्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए । उनका अनुसार २८ मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छैन । मतपेटिकासहित निर्वाचन टोली हिडिसकेको बताए । उनका अनुसार खत्याड गाउँपालिकामा १९, सोरु गाउँपालिका १, मुगुम कार्मारोङ गाउँपालिका ८ वटा मतदात केन्द्र गरेर २८ वटा…

Read More

दैलेख १ मा नेपाली कांग्रेसको प्रारम्भिक अग्रता

सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बरको प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले प्रारम्भिक अग्रता लिएकी छन् । यहाँको १ हजार ६४० मत गणना हुँदा नेपाली कांग्रेसकी उम्मेदवार थापाले झिनो ५५ मतको अन्तरले अग्रता लिएकी छन् । थापाले ६ सय चार मत ल्याउँदा नेकपा एमालेका रवीन्द्र शर्माले ५ सय ४९ मत ल्याएका छन् । तेस्रोमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले ३ सय ३२ र नेकपाका अमर बहादुर थापाले ३३ मत ल्याएका छन् ।

Read More

धनुषा ३ मा रास्वपाको अग्रता, कांग्रेस दोस्रो

धनुषा । धनुषाको क्षेत्र नं.३ मा रास्वपाले अग्रता लिइएको छ । रास्वपाका उम्मेदवार मनिष झाले ८ हजार ४४१ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले हालसम्म २ हजार ९९० मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा १ हजार ४३८ मत प्राप्त गरेकी छन् ।

Read More

सुर्खेत र दैलेखमा मतगणना सुरु, कालिकोटमा नेकपा र जुम्लामा राप्रपाको अग्रता

सुर्खेत । सुर्खेतका दुबै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक बसेर मतगणना सुरु भएको छ भने क्षेत्र नम्बर एकमा सर्वदलीय बैठक बसीरहको छ । एक लाख २७ हजार मतदाता रहेको सुर्खेत २ मा ७३ हजार मत खसेको छ । दैलेखका दुबै निर्वाचन क्षेत्रमा पनि मतगणना सुरु भएको छ भने सल्यान, जाजरकोट र रुकुम पश्चिममा केही बेरमा मतगणना हुने तयारी भइरहेको छ । मुगुमा भोलि मात्र मतगगणना सुरु गरिने छ । हुम्ला र डोल्पामा हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याईदै छ । मतगणना सुरु…

Read More

रौतहट—४ मतगणना अपडेटः रास्वपाका गणेश पौडेलको भारी अग्रता, कांग्रेस र एमाले निकै पछाडि

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट ४ मा ३,०६९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ। रास्वपाका उम्मेदवार गणेश पौडेल १९०८ मतका साथ आफ्ना प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएका छन् । गणेश पौडेल (रास्वपा) १९०८ मत अग्रता, देवप्रसाद तिमल्सिना (नेपाली कांग्रेस) ५३६ मत, रामकुमार भट्टराई (नेकपा) ३७८ मत, रामजी साह (नेकपा एमाले) ६० मत, राजकुमार दास तत्मा (जसपा) १२ मत, राम कल्याण राउत (जनमत पार्टी)् ९ मत,ऋषि राज धमला (आम जनता पार्टी) ६ मत प्राप्त गरेका छन् । पछिल्लो नतिजा अनुसार रास्वपाका पौडेलले नेपाली कांग्रेसका…

Read More

जुम्लामा राप्रपाको अग्रता, नेकपाले पछ्याउँदै

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ । राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो । तीनसय मत गणना हुँदा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीले १०३ मत प्राप्त गरेको छ । यहाँ राप्रपाका नरेश भण्डारी उम्मेदवार छन् । नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत ल्याउँदा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत प्राप्त गरेको छ ।

Read More

जुम्लामा मतगणना सुरु, राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

सुर्खेत । जुम्लामा मत गणना सुरु भएको छ । पहिलो दुई सय मत गणना हुँदा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहिले अग्रता लिएका छन् । ८८ मत ल्याएर ज्ञानेन्द्र शाहिले अग्रता लिँदा ७४ मतसहित नेकपाका नरेश भणडारीले पछ्याईरहेका छन् । नेपाली काँग्रेसका दीपबहाखुर शाहिले १९ मत ल्याउदा नेकपा एमालेले १६ मत ल्याएको छ ।

Read More

रौतहट-४ मतगणना अपडेटः रास्वपाका गणेश पौडेलको भारी अग्रता, कांग्रेस र एमाले निकै पछाडि

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट ४ मा ३,०६९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती अग्रतालाई कायमै राखेको छ । रास्वपाका उम्मेदवार गणेश पौडेल १९०८ मतका साथ आफ्ना प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएका छन् । गणेश पौडेल (रास्वपा) १९०८ मत अग्रता, देवप्रसाद तिमल्सिना (नेपाली कांग्रेस) ५३६ मत, रामकुमार भट्टराई (नेकपा) ३७८ मत, रामजी साह (नेकपा एमाले) ६० मत, राजकुमार दास तत्मा (जसपा) १२ मत, राम कल्याण राउत (जनमत पार्टी) ९ मत,ऋषि राज धमला (आम जनता पार्टी) ६ मत प्राप्त गरेका छन् । पछिल्लो नतिजा अनुसार रास्वपाका पौडेलले नेपाली…

Read More

कालिकोटमा नेकपाको अग्रता

सुर्खेत । कालिकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्। दुई पालिका पुरै र नरहरीनाथ गाउँपालिकाको चार वडाको मत गणना गर्दा नेकपाका उम्मेदवार शाहीले अग्रता लिएका छन् । शाहीले तीन हजार ३९ ले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका नगेन्द्र शाहीले पछ्याएका छन् । उनले दुई हजार एक सय ६५ मत पाएका छन् । एक हजार नौ सय ९६ मतसहित नेपाली काँग्रेसका हर्षबहादुर वम तेस्रो स्थानमा रहेका छन् । नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड चौथो स्थानमा रहेका छन् ।

Read More

रामेछापका सबै मतपेटिका सदरमुकाम मन्थली आइपुगे, सर्वदलीय बैठकपछि मतगणना सुरु हुने

रामेछाप । रामेछाप जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम मन्थलीमा सङ्कलन गरिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्म जिल्लाभरका सबै मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मन्थली ल्याइपु¥याइएको हो । जिल्लाका ९६ मतदानस्थल अन्तर्गत रहेका २ सय ३० मतदान केन्द्रबाट सङ्कलन गरिएका मतपेटिका सदरमुकाम ल्याइएपछि अब मतगणनाको प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ । कार्यालयका अनुसार मतपेटिका संकलनको काम पूरा भएसँगै आज बिहान ९ बजे सर्वदलीय बैठक बोलाइएको छ । उक्त बैठकमा मतगणनासम्बन्धी प्रक्रिया, सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापनका विषयमा छलफल गरिने जनाइएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि…

Read More